कवि लोचन रिजालको खण्डकाव्य भोगाइ सार्वजनिक

कवि लोचन रिजालको खण्डकाव्य भोगाइ सार्वजनिक

 राष्ट्रिय डेली

 

विराटनगर । छन्द वाटिका नेपाल विराटनगरद्रारा वरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा आयोजित एक भव्य कार्यक्रमममा कवि लोचन रिजालको खण्डकाव्य भोगाइ सार्वजनिक भएको छ। छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल विशिष्ट अतिथि गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली,अग्रज साहित्यकार बलराम पोखरेल एवम् साहित्यकार हरि कट्टेल र लेखक पत्नीले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कृति उपर समीक्षक बाबुराम पोखरेलले समीक्षात्मक टिप्पणी गरे ।कृति उपर टिप्पणी गर्दै उनले यो खण्डकाव्य प्रेम र राष्ट्रवादलाई केन्द्रमा राखेर लेखेको पाइएको बताए । त्यस्तै समालोचक प्राध्यापक कविराज पोखरेलले काव्य कथाले हाम्रो समाज बोलेको बताए भने प्राज्ञ खेम नेपालीले यो काव्य सुकुम्वासी पात्रको पीडालाई अनुभूत गर्दै आएको बताए । समालोचक हरि कट्टेलले कृतिका बारे आफ्नो मन्तव्य राख्दै भने यो काव्य आकारमा लघु काव्य भए पनि आख्यान प्रस्तुतीका हिसाबले पूर्ण खण्डकाव्य बनेको छ । उनले भने यो सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक सामाजिक खण्डकाव्य हो । उनले छन्दमा लेखिएको यो खण्डकाव्य पढ्दा कविको लेखनीसँग आफू निकै प्रभावित भएको पनि बताए ।

प्राज्ञ विवश पोखरेलले प्रमुख अतिथिको मन्तव्य राख्दै राम्रा कथा लेख्ने लोचन रिजाल अब कवितामा पनि स्थापित हुँदै गएको बताए । समारोहमा बलराम पोखरेल , गङ्गा सुवेदी एवम् केशु विरहीले सर्जकलाई कृतिगत सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सुनसरी र मोरङका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।खण्डकाव्य भोगाइ कविको छैठौ कृति हो र काव्यलाई छन्द वाटिका नेपालले प्रकाशनमा ल्याएको हो । साहित्यकार निर्मला कोइरालाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिरन्जीबी काफ्लेले गरेका थिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...