तमिलनाडुमा ‘थलापति’को पार्टी टीभीकेको उदय

तमिलनाडुमा ‘थलापति’को पार्टी टीभीकेको उदय

 राष्ट्रिय डेली

 

विराटनगर । दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता जोसेफ विजय थलापति विजयले राजनीतिमा प्रवेश गरेको छोटो समयमै तमिलनाडु विधानसभा चुनावमा अप्रत्याशित प्रभाव देखाएका छन्। उनको नेतृत्वमा स्थापित तमिलागा वेट्री कडगम टीभीकेले प्रारम्भिक मतगणनामा प्रमुख दलहरूलाई पछि पार्दै नयाँ शक्ति केन्द्रको रूपमा उदाएको संकेत दिएको छ।

हालसम्मको ट्रेन्डअनुसार टीभीके १०४ सिटमा अग्रता लिँदै सत्तारुढ द्रविड मुनेत्र कडगम डीएमकेलाई स्पष्ट रूपमा पछाडि पारेको छ। मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको डीएमके करिब ६० भन्दा बढी सिटमा सीमित देखिएको छ भने विपक्षी एआईएडीएमके पनि प्रतिस्पर्धामा उक्लिएको छ।

विजय स्वयं पेराम्बुर निर्वाचन क्षेत्रबाट आफ्ना निकटतम प्रतिस्पर्धी आरडी शेखरभन्दा करिब तीन हजार मतले अघि देखिएका छन्। चलचित्रबाट व्यापक लोकप्रियता कमाएका विजयको प्रभाव तमिलनाडु बाहिर हिन्दी भाषी क्षेत्रमा समेत फैलिएको छ।

एग्जिट पोलहरूले राम्रो प्रदर्शनको संकेत दिए पनि वास्तविक परिणाम अपेक्षाभन्दा अझै सशक्त देखिनुले राजनीतिक वृत्तमा चासो बढाएको छ।

चलचित्रदेखि राजनीति असामान्य यात्रा

बाल कलाकारका रूपमा अभिनय सुरु गरेका विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनका पिता एस.ए चन्द्रशेखर चर्चित निर्देशक र आमा शोभा गायिका हुन्। पारिवारिक पृष्ठभूमिकै कारण सानैदेखि चलचित्रमा सक्रिय भएका विजयले ‘नालैया थिरपु’ १९९२ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका थिए।

प्रारम्भिक चरणमा सामान्य व्यावसायिक चलचित्रमा सीमित देखिएका उनी समयसँगै ‘मास हिरो’का रूपमा स्थापित भए। ‘गिल्ली’, ‘कथी’, ‘थेरी’, ‘मेर्सल’ र ‘बिगिल’ जस्ता चलचित्रहरूले उनलाई दक्षिण भारतीय सिनेमाको शीर्ष स्थानमा पुर्‍याए।

सिनेमा त्याग, सत्ता लक्ष्य

राजनीतिमा पूर्णकालीन रूपमा सक्रिय हुन विजयले आफ्नो सफल अभिनय करिअर त्याग्ने घोषणा गरिसकेका छन्। ‘थलापति ६९’ लाई अन्तिम चलचित्र बनाउने निर्णयसँगै उनले आफूलाई समाजसेवामा समर्पित गर्ने बताएका छन्।

हालको चुनावी ट्रेन्डले निरन्तरता पाएमा विजय तमिलनाडुको सत्तामा नयाँ अध्याय लेख्ने नेताका रूपमा उदाउन सक्ने विश्लेषण भइरहेको छ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...