दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई वरिष्ठ स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजित विशेष समारोहबीच ‘कवि टेकनाथ–शिवाकुमारी अधिकारी स्मृति साहित्य संस्कृति पुरस्कार’ समर्पण गर्दै महाकाव्यकार सोमराज अभय र अग्रज कवि प्रल्हाद पोखरेललाई जनही १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कारका संस्थापक डिल्लीराम अधिकारी, भवानी अधिकारी तथा गोकुल अधिकारीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्थापक अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिक रूपमा साहित्य, भाषा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्रष्टालाई सम्मान गर्दै आएको जनाएको छ । यस्तो निजी पहलले साहित्यिक क्षेत्रको संस्थागत विकास र नयाँ पुस्तालाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भण्डारीले पण्डित टेकनाथ अधिकारीलाई नेपाली भाषा र संस्कृतिका प्रकाण्ड विद्वानका रूपमा स्मरण गर्दै उनको योगदान अनुपम रहेको बताए । उनले यस्तो व्यक्तित्वको नाममा स्थापित पुरस्कारले योग्य स्रष्टालाई सम्मान गर्दा यसको गरिमा अझ उचो भएको उल्लेख गरे ।
साहित्यकार प्रा।डा। हरिहर भण्डारीले सम्मानित स्रष्टा सोमराज अभयको योगदानमाथि प्रकाश पार्दै उनको काव्ययात्रा नेपाली महाकाव्य परम्परामा महत्वपूर्ण रहेको बताए । त्यस्तै कवि भेषराज पोखरेलले प्रल्हाद पोखरेलको सिर्जनात्मक यात्रालाई स्मरण गर्दै प्रतिष्ठानले सही व्यक्तिको छनोट गरेको धारणा राखे ।
कार्यक्रममा अग्रज साहित्यकार खेम नेपाली, बलराम पोखरेल, गंगा सुवेदी, कवि तथा पत्रकार मीनकुमार नवोदित, कवि निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले साहित्यिक गतिविधिलाई निरन्तरता दिन निजी तथा संस्थागत सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
पछिल्लो समय स्थानीय तह र निजी क्षेत्रबाट यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमले साहित्यिक वातावरण सुदृढ बनाउन योगदान पु¥याइरहेको छ । प्रतिष्ठानले आगामी वर्षहरूमा पुरस्कारको दायरा विस्तार गर्दै युवा स्रष्टालाई समेत प्रोत्साहन गर्ने योजना बनाएको जनाएको छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...