दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा पहिलो चरणमा तीन लाखले खोप लगाएको जानकारी दिएका छन् । सोमबारबाट सुरु भएको प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनमा सम्बोधन क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
सरकारले कार्यान्वयन गर्न सकिने, यथार्थपरक बजेट ल्याउने उनले बताए । उनले चालु आर्थिक वर्षको बजेट अनुमान भन्दा फरक परेको, कार्यान्वयन गर्न नसकेको, आन्तरिक ऋण उठाउन असफल भएको र त्यसले प्रदेशको वित्तीय अनुशासन खलबलिएको भन्दै बजेट कार्यान्यवयन हुन नसक्नुको कारण मन्त्रालयका पूर्व अर्थमन्त्री भएको आरोप लगाए ।
प्रदेश नै ड्यामेज हुने अवस्थामा पुगेको दावी गर्दै उहाँले धेरै मिहेनत गरेर बल्ल ट्रयाकमा फर्काएको, वित्तीय अनुशासनको अवस्था कमजोर रहेको बताए । यद्यपि उनले सरकारको प्रमुख नेतृत्व भएको नाताले कमजोरीको जिम्मा आफूले लिने पनि बताए । चालु वर्षको अन्तिमसम्ममा प्रदेश सरकारको संचित कोषमा एक रुपैयाँ पनि बचत हुने अवस्था नहरेकोले नयाँ कार्यक्रमहरु राख्न नसक्ने टिप्पणी गरे ।
मुख्यमन्त्री राईले स्रोत अभावका कारण आगामी वर्ष सरकारले नयाँ कार्यक्रमहरु प्रस्ताव नगर्ने भएका कार्यक्रमहरुलाई सम्पन्न हुने गरी बजेट ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।
उनले प्रदेशको नामाकरण गर्न दलहरुबीच समझदारी आवश्यक रहेको भन्दै नामाकरण हुन नसक्नुको दोष सबै सांसदहरुले बराबरी लिनुपर्ने जिकिर गरे ।
कुनै दल विशेष, सरकार वा सभामुखका कारणले प्रदेशको नामाकरण हुन नसकेको होइन भन्दै उनले सबै मिलेर नामाकरण गर्नुपर्ने बताए ।
प्रदेश सरकारले ठूलो संख्यामा वहुवर्षे योजनाहरु अघि बढाएको र त्यसो गरेर कमजोरी भएको अनुभूति आफुहरुले नगरेको भन्दै उनले ति योजनाहरु अगाडि नबढाएको भए बजेट खर्च हुने अवस्था नहुने तर्फ पनि हेर्नु पर्ने बताए ।
उनले विकास निर्माणको काम धमाधम भइरहेको भन्दै त्यसलाई स्वभाविक गतिमा अघि बढाउने बताए ।
प्रदेश सरकार जनताको सुरक्षाका निम्ति खोप ल्याउने पहलमा जुटेको र प्राथमिकतामा राखेको, प्रदेशमा पहिलो चरणमा ३ लाख जना भन्दा धेरैले खोप लगाएको र दोश्रो चरणको खोप ५२ हजार जनाले लगाइसकेको मुख्यमन्त्री राईले जानकारी दिए ।
प्रदेश १ का लागि दोश्रो चरणका लागि मात्र दुई लाख ५० हजार डोज खोप आवश्यक परेको तर कोभिसिल्ड तत्काल आउने सम्भावना नरहेकोले छलफल जारी रहेको जानकारी ए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...