दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
आदरणीय मेयर साब,
बिराटनगर महानगरपालिका
मेयर साब हरपलको सम्झना । मैले मात्र हैन अहिले सिङ्गो महानगरका जनताले तपाईँलाई सम्झिरहेका छन् । हिजो चुनावी मैदानमा एमालेलाई भोट हाल्नेले होस् अथवा गाई या मसालमा भोट हाल्नेले होस्, हरेक विराटनगर वासीले मैले जस्तै तपाईँलाई सम्झिरहेका छन् ।
मेयर साब अहिलेको अवस्था सामान्य छैन । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुका हातमुख जोर्नेहरूको रासन सक्किएको छ । हो तपाईँले रातदिन गरिरहनु भएको छ । आफुले प्रयोग गर्ने गाडी समेत संक्रमितलाई हस्पिटल पुर्याउन सजिलो होस भनेर दिनुभएको छ । ब्याक्तिहरूका घर घरमा अक्सिजन सिलिन्डर लिएर पुग्नुभएको छ । हिजो चुनावी मैदानमा तपाईं उत्रीदै गर्दा भिम पराजुलिले जित्नु पर्छ विराटनगरले पक्कै प्रगति गर्छ भन्ने युवा म पनि हुँ । अहिले हरेक विराटनगर वासीको आसा भरोसा तपाईं नै हो ।
तर, तपाईँसँग केही प्रस्न गर्न मन लागेको छ । मेयर साब विराटनगर १९ का मुसहर बस्तिका जनता तपाईँका हुन कि होइनन ? १७ नं. वडाका मुस्लिम सामुदायका जनता तपाईँका हुन कि होइनन ? सामान्य अवस्था हुँदा समेत आर्थिक चपेटामा परेका ती जनताले अहिले सम्म राहत किन पाएनन ? तपाईं क–कस्को घरमा अक्सिजन सिलिन्डर बोकेर पुगिरहनु भएको छ ? जनताकोमा कि तपाईँका कार्यकर्ता को मा ?
मेयर साब दिनभरी तातो घाममा निधार बाट पसिना चुहाएर ठेला चलाएर दैनिक गुजारा गर्ने मजदुरहरूको घरमा चुल्हो बलेको छ कि छैन ? हिजो चुनाबमा सुर्य, मसाल र गाई चिन्हमा भोट हाल्ने जनताको घरमा अक्सिजन सिलिन्डर बोकेर तपाईं जानुभएको छ कि छैन ? यस्ता प्रश्नहरू म जस्ता धेरैको मनमा अहिले कुदिरहेको छ ।
मेयर साब अहिले जनतालाई आकाशे पुल र भ्यु टावर चाहिएको छैन । अहिले जनता भोकबाट बाच्न चाहान्छन । त्यँहा छुट्याइएको बजेटले अहिले जनता बचाउनुस । अहिले पार्टी र कार्यकर्ता हेर्ने दिन हैन तपाईं अक्सिजन सिलिन्डर बोकेर चाहे एमाले कार्यकर्ता होस या राप्रपा कार्यकर्ता या समाजवादी सबैकोमा जान आवश्यक छ । सबै नगरवासी तपाईँका जनता हुन् । यो विषम परिस्थितिमा सबैले तपाईँलाई सम्झिरहेका छन् । सबैलाई तपाईँको आवश्यकता छ । अहिले तपाईँले आफन्त र कार्यकर्ता नहेर्नुहोला । सबै नगरवासीलाई उत्तिकै प्रथमिकतामा राखेर काम गर्नुस् । म जस्ता हजाराँ युवा भोलि तपाईँको पक्षमा हुने छन् । भोलिका दिनमा फेरि चुनाब आउदा चाहे जुन पार्टिका कार्यकर्ता वा व्यक्तीले तपाईँको आवश्यकताको महसुस गरून् । अहिले महामारीमा जनतालाई रोग र भोकबाट बचाउनुहोस् । सँधै जनताले तपाईँको जय जयकार गर्नेछ्न र सम्झिरहने छन् ।
कटवाल दिपक, विराटनगर
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...