असारे विकास : बजेट बग्दैछ यही हिलोमा

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

 राष्ट्रिय डेली

भोजपुर, १४ असार । आर्थिक वर्ष सकिनै लागेको छ । नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ । बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ । नागरिकलाई सुविधाको नाममा सास्ती मिलेको छ ।

०७६र७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्डको ठेक्का सम्झौतामा ढिलाइ भएपछि काम अपुरो बन्यो । १ करोड ८ लाख लागतमा काम सक्ने ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार दोस्रो साताबाट मात्र पर्खाल लगाउने काम थाल्दा काम आधाअधुरोमा रोकियो । विगतमा झैं असार लाग्दा भोजपुर सदरमुकाम र दिङ्ला जोड्ने ३८ किलोमिटर सडकखण्ड फेरि बिग्रिएको छ ।

ठेकेदार र ठेकेदार कम्पनीले गुणस्तरीय स्तरोन्नति काम नगर्दा सर्वसाधारण सास्तीमा छन । किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्म जोडिने उक्त सडकखण्ड वर्षात लागेसँगै हिलाम्मे हुनाले सवारीसाधन ठप्प हुन्छ । असारे झरीमा दिङ्ला कुलुङ सडकखण्डमा केही वर्षअघि लगाएको ग्याबिन भत्काएर ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम अलपत्र पारेपछि पहिरोका कारण अहिले उक्त सडकखण्ड अवरुद्ध छ। ठेकेदारलाई पर्खाल लगाउने काम गर्न पटक–पटक ताकेता गरे पनि अटेर गर्दा पहिरोको जोखिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए ।

सडकलाई विकासको प्राथमिकतामा राखेर बर्सेनि सडकमा करोडौं बजेट छुट्टिन्छ। तीनै तहका सरकारको पहिलो पारदर्शी विकास नै सडकलाई लिने प्रवृत्ति छ । बर्सेनि बजेटको आकार बढाइन्छ। स्थानीय वडातहसम्म भौतिक पूर्वाधार निर्माण भन्दै सडक खोल्ने, खन्ने र स्तरोन्नति गर्न लाखौंको बजेट लगाइन्छ । भेलसरी बग्ने बजेटले विकास समेट्नुभन्दा प्राकृतिक संरचना बिगार्ने काम गरिरहेको सरोकारवालाहरू सुनाउँछन्। हिउँदभर काममा ढिलासुस्ती र विभिन्न बाहनाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले विकृति फैलाएको छ। असार मसान्तको चटारो, भुक्तानी सक्ने हतारो र बजेट फ्रिज हुने डरको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय हर्कराज राई बताउँछन ।

बर्खे झरिमा त्रिपाल ओडेर असारे विकासलाई दिगोपना दिने प्रवृत्तिले जनताले समस्या भोग्नुपरेको छ । नयाँ आर्थिक वर्ष सुरु हुनभन्दा महिना अघिदेखि हतारहतार गरेर कामदार र कमसल सामान ढुवानीको जोहो गरी भुक्तानी निकासा लिने प्रवृत्तिले गुणस्तरहीन र कमसल काम हुन्छ । असार मसान्तको समयावधिमा योजनाको चटारोले स्थानीय तहहरूको पनि अनुगमन फितलो हुने क्रमले बर्सेनि बजेटको दुरुपयोग बढेको स्थानीय शम्भु वालाहाङ राईको बुझाइ छ ।

बजेटको दुरुपयोग बढेको बताउँदै युवा अगुवा संग्राम किराँत भन्छन्, ‘असारे विकास दिगोविकास पनि होइन । सुविधाजनक प्रत्याभूति पनि होइन । यो त ठेकेदार र कमिसनमा लठिभद्र कर्मचारीको गोजी भर्ने विकास मात्र हो ।’

सडकमा बर्सेनि दोहोरो बजेट

सडक स्तरोन्नतिका नाममा बर्सेनि बजेट दोहोरिने क्रम धेरै छ । असंख्य साना कच्चीसडक योजनामा डुप्लिकेसनको पनि कमी छैन । एउटै सडकमा बर्सेनि दोहोरिने बजेटले स्थायित्वको नाममा दुरुपयोग मात्र बढाएको छ । सदरमुकाम जोड्ने मानेभञ्ज्याङ रानीबास सडकका लागि ०७५र७६ मा ७५ लाख बजेट पास भयो। तर, असार मसान्तसम्म कामले गति लिन सकेन । आधाजसो बजेट फ्रिज भयो। ०७६र७७ मा पनि प्रदेश सरकारले स्तरोन्नति गर्न भन्दै सोही सडकलाई ५० लाख छुट्ट्याइयो ।

त्यस्तै ५० लाख लागतको सेतीबगर–रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडकखण्डको ७५ प्रतिशत बजेटको मात्रै काम भयो। सोही सडकलाई स्तरोन्नति गर्ने भन्दै ०७७र७८ मा पनि ५० लाख छुट्टियो। तर, चालू आर्थिक वर्षको असार पहिलो सातामात्रै काम सुरु गरिएको उक्त सडकखण्ड हिलाम्मे र अलपत्र बनेको छ।

यस्तै चालू आर्थिक वर्षमा मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिङ्ला सडकखण्डका लागि प्रदेश सरकारले १९ करोड २३ लाख बजेट छुट्ट्याएको छ । संघीय बजेटको सशर्त अनुदानबाट भोजपुर मानेभञ्ज्याङ रानीबास घोरेटार सडकलाई ४ करोड १ लाख र खैराङ पात्लेपानी हसनपुर सडकमा १ करोड ५९ लाख बजेट परेको छ । प्रदेशले ०७६र७७ मा प्रादेशिक विशेष सडक निर्माणमा २ करोड ८० लाख छुट्ट्याएको छ । जसका लागि प्रदेशले ०७५र७६ मा पनि सोहि सडक निर्माणको डीपीआर तयार गर्ने शीर्षकमा ५० लाख बजेट छुट्ट्याएको थियो ।

असारे विकासको गुणस्तरहीन सडकको कामले सर्वसाधरण बढी मारमा छन्। असार लागेसँगै हतारोमा भुक्तानी र बजेट फ्रिज हुने डरले जथाभावी सडक खोल्ने, एकचोटी खोलेपछि बेवास्ता गर्ने प्रवृत्तिले पनि सडकमा गुणस्तर नभएको स्थानीय समाजसेवी नवीन प्रधानको ठम्याइ छ । उनी भन्छन्, ‘सडकको नाममा बजेट छुट्ट्याइन्छ तर बजेट अनुसारको इस्टिमेट, प्राविधिक चेकजाँच बिनै जथाभावी सडक खोलिनाले पनि सडक राम्रो नभएको हो । पैसा सिध्याउनै मात्र सडक खनिएको छ।’ (यो समाचार अन्नपुर्ण पोष्टमा प्रदीपचन्द्र राईले लेखेका छन् ।)

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...