विराटनगर, १५ असार । आज १८ औँ धान दिवस मनाइँदै छ । प्रदेश १ का विभिन्न स्थानहरूमा रोपाइँ गर्दैै धान दिवस मनाइएको हो ।
प्रदेश नं १ मा हालसम्म १८.६ प्रतिशत रोपाइँ सकिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ का प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीका अनुसार हालसम्म १४ जिल्ला रहेको प्रदेशको पहाडी क्षेत्रमा २८ र तराईमा १४ प्रतिशत धान रोपाइँ सकिएको छ ।
गतवर्षको तुलनामा यसवर्ष धेरै रोपाइँ भएको उनले बताए । गत वर्ष असार १५ सम्ममा २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो अवधिमा यस वर्ष छ प्रतिशत बढेर २८ प्रतिशत रोपाइँ भइसकेको उनले बताए ।
उनका अनुसार मोरङमा ८३ हजार तीन सय हेक्टर धान लगाउने क्षेत्रफल रहेपनि ९ हजार ९ सय ९६ हेक्टरमा धान रोपिएको छ । प्रदेश १ मा उच्च पहाडतर्फ १६.६३ प्रतिशत, मध्य पहाडतर्फ २८.६ प्रतिशत सकिएको छ भने तराईतर्फ १४.१८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...
विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...
काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...
विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...
काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...
विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...
विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...
विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...
विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।