विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

 राष्ट्रिय डेली

विराटनगर / विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।
विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगरको पहिचान के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट ६ वटा महानगरमध्ये सबैभन्दा पुछारमा पुगेको छ,” उनले भने, “वास्तवमा भन्नुपर्दा विराटनगरको पहिचान के हो त ?, विराटनगरको पहिचान झल्किने किसिमको योजनासहित बजेट ल्याउनुपर्छ । त्यो पहिचान झल्किने आर्ट ग्यालरी पनि हुनसक्छ र ल्याएका योजना कार्यान्वयन पनि हुनुपर्छ ।” विश्वका हरेक ठूला सहरमा आर्ट ग्यालरी हुने उनको भनाइ थियो । सहरको स्तर कस्तो छ भनेर त्यहाँ हुने आर्ट ग्यालरी, सांस्कृतिक संग्राहलय, पुस्तकालयले प्रस्ट हुने श्रेष्ठले बताए । उनले महानगरको अनावश्यक खर्च घटाउन सुझाव दिए । उनले प्रशासनिक खर्चलाई कम गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । त्यस्तै बुद्धिजीवी तारानाथ निरौलाले भौतिक निर्माणसँगै खानेपानी, सरसफाईमा बजेटले ध्यान दिनुपर्ने सुझाव दिए । निरौलाले २० वर्षपछिको विराटनगर कस्तो हुने भनेर खाका तयार पानुपर्नेमा जोड दिए ।
मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले करको दर घटाएर दायरा बढाउनुपर्नेमा जोड दिए । “व्यापार व्यवसायमा मात्रै होइन, अन्य धेरै क्षेत्र करको दायरामा आएका छैनन्,” साहले थपे, “मलाई लाग्छ, वकिल, चार्टर एकाउन्टेनहरू पनि करको दायरामा नआएको हुन सक्छ उनीहरू सबैलाई दायरामा ल्याउनुपर्छ ।”
उनले लोप हुन लागेका व्यवसायलाई नगद अनुदान दिएर संरक्षण गर्न महानगरसित आग्रह गरे । “माटोको भाँडा र बाँसबाट विभिन्न वस्तु बनाउनेहरू पलायन हुँदै गइरहेका छन्,” उनले भने, “उनीहरूलाई केही अनुदान दिएर पनि संरक्षण गर्नुपर्छ । उनीहरूसँगै हाम्रो नेपालको कला, संस्कृति पनि लोप हुँदै गएको छ ।” होटल व्यवसायीहरूले निश्चित क्षेत्र तोकेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिए । सहभागी अधिकांशले सडक, खानेपानी, सरसफाईसँगै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट ल्याउन सुझाव दिएका थिए । वीरेन्द्र सभागृह छेउको इको फनपार्क सञ्चालनमा नआएकोमा सहभागीहरूले गुनासोसमेत गरेका थिए ।
सहभागीहरूको सुझाव सुनेपछि मेयर नागेश कोइरालाले विराटनगरवासीकै हितमा बजेट आउने बताए । उनले विगतमा सुरु भएका अधुरा कामलाई निरन्तरता दिँदै नयाँ योजनाका साथ बजेट आउने उल्लेख गरे । “तपाईंहरूबाट अत्यन्तै राम्रा सुझावहरू आएका छन्,” कोइरालाले भने, “यिनै सुझावहरूलाई समेटेर हामी बजेट ल्याउनेछौं । इको फनपार्कको सम्बन्धनमा भोलि–पर्सि नै हामी मिटिङ राखेर सञ्चालनमा ल्याउँछौं ।” उपमेयर शिल्पा कार्कीले सहभागीहरूबाट आएका सुझावलाई आत्मसाथ गरेर बजेट ल्याउने प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सहभागीहरूबाट महत्वपूर्ण सुझाव आएको बताउँदै बजेट निर्माण गर्दा सुझावहरूलाई समेट्ने बताए । छलफलमा नागरिक समाज, उद्योगी, व्यवसायी, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...