दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर, असार २ । आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । घरेलु टोली अमेरिकाले जितका लागि प्रश्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो । नेपालका लागि आरिफ सेखले अर्धशतकीय पारी खेले । उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । आरिफले ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट भएभने सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रन बनाएर रन आउट भएका थिए । त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट भए । नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाए भने सागर ढकाल १ रनमा अविजित रहे । कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सकेनन् । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र अलि खानले समान ३÷३ विकेट लिए भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १÷१ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले आरोन जोन्स ४३, सैटेजा मुक्कामल्लले ३६ रन बनाएका थिए । नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिए । खेलमा पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दिप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताउनु भयो । उहाँले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताउनु भयो । कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताउनु भयो । कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने बताउनु भयो । आगमी खेलमा थप चुनौती रहेको भन्दै उहाँले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताउनु भयो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...