दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । पृथ्वीमा हाल ८ ग्रामदेखि ८० किलोग्रामसम्म तौल भएका विभिन्न प्रजातिका मुसाहरु पाइन्छन् । तर कुनै समय पहिले यस्तो थियो जब मुसाको सरीर खच्चडको जत्रै हुन्थ्यो र तौल पनि साढे ४ सय केजी भन्दा बढी हुन्थ्यो ।
वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययन अनुसार प्राचीनकालमा मुसाको आकार खच्चड जत्रो हुन्थ्यो । जसको वजन ४ सय ५३ किलो सम्म रहेको वैज्ञानिकहरुको दाबी छ ।पृथ्वीमा हाल सबैभन्दा ठूलो मुसा केपीबारा हो, जुन ८० किलोसम्म तौलको हुन्छ । झ्वाट्ट हेर्दा यो मुसा र घोडाको ठिमाहा जस्तै देखिन्छ ।

पुुरातत्वविदहरुले पहिले एउटा बिसन जातको साँढेको वजन र आकार बराबरको मुसाको अवेशष पत्ता लगाएका थिए, जसको वजन करीब ९०७ किलोग्राम थियो । त्यसलाई जोसेफोआर्टिगेसिया मोनेसी नाम दिइएको थियो ।तर हालैको अध्ययनले भने इतिहासमा त्यति ठूलो मुसा नभएको र उक्त अवशेष एक दुर्लभ घटना भएको बताएका छन् । प्राचीन समयमा पृथ्वीमा पाइने सबैभन्दा ठूलो मुसा भनेकै खच्चड आकारको र अधिकतम ४ सय ५३ भएको शोधकर्ताहरुको भनाइ छ ।
केस वेस्टर्न रिजर्भ विश्वविद्यालयका पुरातत्वविद रसेल एंगलम्यानका अनुसार साँढे आकारको मुसा भनिएपनि त्यसको एकिन मापनको कुनै विधि छैन । यद्यपि यसको लातार जाँच चलिरहेको बताइएको छ । सही आकार तथा वजन पत्ता लगाउन मुस्किल भएको हुँदा रसेलको टोलीले नयाँ विधि पत्ता लगायो ।
रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित रिपोर्ट अनुसार रसेलले फोबेरोमिस, जोसेफोआर्टिगेसिया लगायतका विभिन्न प्राचीन मुसाका आकारको मापन गरे । त्यस क्रममा प्राचीन मुसाको आकार वास्तवमा साँढे भन्दा सानो र वजन पनि कम रहेको पुष्टि भयो ।
तर प्राचीन मुसा वर्तमान मुसाको प्रजाति भन्दा धेरै ठूलो हुन्थ्यो । जुन वर्तमानका कतिपय ठूला स्तनधारी जीवभन्दा पनि ठूला हुन्थे । २० देखि ८० लाख वर्ष पहिले यी मुसा दक्षिण अमेरिकाको वेटल्याण्डस्मा घुम्दथे ।
उरुग्वेस्थित रिपब्लिक युनिभर्सिटीका पुरातत्वविद अर्नेस्टो ब्लांकोले सन् २००८ मा जोसेफोआर्टिगेसिया प्रजातिको मुसाको खप्परको हड्डी फेला पारेका थिए । उक्त मुसाको बंगारा अहिलेको बाघको भन्दा ३ गुणा ठूलो र बलियो थियो । उक्त मुसाले आफ्नो दाँतले ढुंगा पनि फुटाउँथ्यो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...