दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
मोहन ढकाल
केही दिन अगाडीदेखि नै एक आत्मिय मित्रले बेलुका कतै भेटेर छलफल गरौँन भनेका कारण बल्ल आज साइत जुरेको थियो । म र साथी हाम्रो सबै काम सकेर बेलुका ८ बजे तिर विराटनगरको बसपार्क पछाडी रहेको एक रेष्टुरेन्टमा गयौँ । साथी पनि आफ्नै काममा ब्यस्त भएको हुनाले आत्मिय मित्र भएपनि भेट नभएको १५/२० दिन भइसकेको थियो । साथी पनि ब्यस्त भएको र हामी पनि ब्यस्त भएका कारण भेट हुन पाएको थिएन ।
रेष्टुरेन्ट भित्र पसेर साथीसँग कुरा गर्दै एक टेवलमा बस्यौँ । विराटनगरको गर्मी त सबैलाई थाहा नै छ । रेष्टुरेन्टको वेटर आएर मेन्यु देखाएपछि साथीले तीन प्लेट खसीको भुटन र फुच्चे गोर्खा वियर तीनवटा मगायो । बिचमा साथीसँग कामको विषयमा सामान्य गफ गर्दै एकछिन बस्यौँ । वेटरले वियर ल्याइसकेपछि तीनवटा वियर चेयर्स गर्यौँ । विशेष गरेर कुनै चाडपर्व र कहिलेकाँही साथिसँगको भेटघाटमा मात्रै खाने गरेका थियौँ । त्यो दिन पनि त्यस्तै भयो । अन्दाजी साढे ९ बजीसकेको थियो । त्यही बिचमा अरू एकएक वटा हाफ वियर हामीले थपिसकेका थियौँ । लगभग १० बजे हामी रेष्टुरेन्टबाट बाहिरियौँ । बाहिर निक्लेर एकछिन साथीसँग गफगाफ भयो । नेपालमा रोजगारीको अवसर नभएका कारण साथीले विदेश जाने कुरा गर्दै थियो । एक महिना भित्रमा उ विदेश जाने रहेछ । साथीको कोठा उतै भएका कारण उ आफ्नो कोठा तर्फ लाग्यो । हामी रेष्टुरेन्टबाट बाइक स्टार्ट गरेर बरगाछी तिर हिड्यौँ ।
०००००००००००
प्रहरीसँगको जम्काभेट
रेष्टुरेन्ट बाट बाहिर निक्लेर एकछिन कुरा गर्दा साढे १० बजिसकेको थियो । बाइक स्टार्ट गरेर हामी हाइवेमा आयौँ । हामी महेन्द्र चोक पुगेका थियौँ । संयोगवस् दुईजना साथीसँग भेट भयो । त्यहाँबाट चारैजना दुईवटा बाइकमा बरगाछी तर्फ लागियो । तर उनीहरू बिचमा एकछिन रोकिए । हामी सरासरी अगाडी बढियो । रातको समयमा बाटो खुल्ला भएका कारण हामी ७० देखि ७५ को स्पिडमा थियौँ । त्यहीमाथि बुलेट बाइक । नकुदाउने कुरै भएन । महेन्द्र चोकबाट थोरै अगाडी आइसकेपछि वडा प्रहरी कार्यालयको गाडी विस्तारै अगाडी बढीरहेको थियो । हाम्रो बाइक देखेर प्रहरीको भेनबाटै एक प्रहरीले अपशब्द प्रयोग गर्दै गाली गरे । ‘ओई साले मर्लास है ।’ हामी उसको वास्ता नगरि अगाडी बढ्यौँ । बिचमा पछाडी आउने साथीले फोन गर्यो । र पर्खिन भन्यो । हामीले भृकुटी चोकमा बाइक साइट लगायौँ । प्रहरीको भेन अगाडी थियो । हामीले बाइक रोक्नासाथ प्रहरीहरू भेनबाट ओर्लिए र हामी तर्फ आए । भेनबाट फिल्मि शैलीमा उत्रिएका प्रहरीहरूले हामीमाथी अपशब्द प्रयोग गर्दै मोटरसाइकलको चाबी खोसे । गोजी, झोला खानतलास गर्न थाले । हामीलाई यताउता धकेल्न थाले । साथीहरूको पर्खाइमा रहेका हामी चुपचाप नै थियौँ । एम सिंह नाम गरेको एक प्रहरीले जथाभावी गालि गर्दै मेरो झोला जवरजस्ति तान्यो । मैले किन झोला खोस्नु भएको भनेर भनेँ । साला धेरै बोल्छस भनेर मलाई लात्तिले हान्यो । र म सडकमा लडेँ । जसका कारण मेरो दुबै हातमा चोट लाग्यो ।
तर उनीहरूले अपशब्द प्रयोग गर्दै दुव्र्यबहार गर्न छाडेनन् । नत हामीले कुनै गल्ति नै गरेका थियौँ । समाचार लेख्ने हाम्रो हातमा हतकडी लगाइयो । मानौँ हामीले कुनै ठुलो अपराध नै गरेका थियौँ । ‘हामीले वियर खाएका छौँ । हाम्रो गाडी नियन्त्रणमा लिनुहोस् भनेर माफी माग्दा पनि उनिहरूले अपशब्द बोल्न छाडेनन् ।’
हामीलाई अपहरण शैलीमा हतारहतार भेनमा हालेर वडा प्रहरी कार्यालय (क) तर्फ लाग्यो । साथीहरू त्यहाँ आइपुगेका थिएनन् । साथीहरूले हामीलाई फोन गरिरहेका थिए । तर, हामीलाई फोन उठाउन नदिएर प्रहरी जवानले हाम्रो मोवाइल प्रहरी भेनमा चढाउँन नपाउँदै खोसिसकेका थिए । हामीलाई वडा प्रहरी कार्यालय (क) पुर्याइयो । साथीले पनि थाहा पाएर केही समयपछि त्यहाँ आइपुगे । त्यहाँ पुगेका हाम्रा साथीलाई पनि प्रहरीले दुब्र्यबहार गरे । लाग्थ्यो उनीहरूले हामीलाई नियोचित रूपमा फसाउन खोजिरहेकका छन् । जुन भेनमा इन्सपेक्टर पनि थिए ।
प्रहरीले हामीलाई लागुऔषध प्रयोग गर्छन भन्ने आरोप समेत लगाउन भ्याए । र वडा प्रहरी कार्यालय पुगेका हाम्रा साथिहरूले मेडिकल गराउन प्रहरीलाई दवाव दिए । यहाँबाट प्रहरीले कुनै निर्दोश ब्यक्तिलाई फसाउन चाहे भने जसरी पनि फसाउन सक्ने रहेछन् भन्ने प्रमाण सुरक्षित भयो । वडा प्रहरी कार्यालयबाट हामीलाई छाड्न खोजिएको थियो । तर हामीले मानेनौँ । प्रहरीले हामीलाई हातपात गरेर चोट लागेका कारण हामी फर्किन मानेनौँ । कुनै गल्ति बिना हामीलाई भेनमा हालेर वडा प्रहरी कार्यालय पुर्याइएको थियो । हामीले दुईदुई वटा वियर खाएका थियौँ, तर प्रहरीको दादागिरी शैली र क्रुर ब्यबहार प्रति हामीलाई थप केही जान्ने कौतुहलता जाग्यो ।
ऐन र कानुनको बिस्तृत ब्याख्या अर्को स्टोरीमा गरौँला । मादक पदार्थ सेवन गरी सवारी चलाउने नागरिकलाई सम्झाइबुझाई मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र भएको ब्यक्तिलाई जिम्मा लगाई घर पठाउने प्रहरीको दायित्व हुन्छ । तर प्रहरीले अपहरण शैलिमा गरेको दुव्र्यबहार प्रति हामीलाई थप रहस्य जान्ने उत्सुकता सहित प्रहरी हिरासत मै बस्ने निर्णय गरियो ।
०००००००००००
प्रहरीले गर्ने मेडिकल र सेटिङ
ठूलै अपराधी झैँ पक्राउ परेका हामीलाई प्रहरीले स्वास्थ्य परिक्षणको नाममा आधारातमा एकाएक कोसी अस्पतालको इमरजेन्सीमा पुर्याइयो । अस्पतालको इमरजेन्सीमा रहेका एप्रोन र आइडी कार्ड रहित एक ब्यक्तिलाई मेडिकल रिपोर्ट बनाउन प्रहरीले लगाउने रहेछ । हामी हाम्रो स्वास्थ्य परिक्षण कति बेला हुन्छ भन्ने जिज्ञासामा थियौँ । तर हामीलाई बिना चेकजाँच अत्यधिक मापसे सेवन गरेको रिपोर्ट बनाइयो ।
त्यहाँ एकजनाले प्रहरीले जेजे भन्यो त्यही गरिदिँदा रहेछन् । उनी डाक्टर हो वा अरु कुनै चिकित्सकीय ब्यक्ति हुन थाहा थिएन । जबकि उनीहरूले हामीमा कुनै परीक्षण नै गराएनन् । त्यहाँ पुर्याइएपछि सम्पुर्ण प्रक्रिया पुरा गरेर चेकजाँच पछि रिपोर्ट तयार गरिनुपथ्र्यो । तर त्यस्तो भएन । प्रहरी र अस्पतालको सेटिङकै आधारमा प्रहरीले जे–जे भन्यो त्यही अस्पतालले दिने रिपोर्टमा बन्दो रहेछ । हामीलाई केही संकोच फिल भयो । कतै हामीलाई ठूलै अपराध वा लागुऔषधको केसमा त प्रहरीले फसाउँदैन भन्ने हामीमा त्रास उब्जियो ।
प्रहरीले यस्तो अवस्थामा आफ्नो बर्चस्व उच्च राख्नका लागि जे पनि आरोप लगाइ निर्दोश ब्यक्तिलाई फसाउन सक्ने रहेछन् । अस्पतालका कर्मचारी र प्रहरीको यो मिलेमत्तो देखेर हालसम्म प्रहरीको भाषामा बोलिने र गरिने ‘मेडिकल रिपोर्ट’ कतिसम्म सहि छ भन्ने कुराको यथार्य चेकजाँच नै नगरी कोसी अस्पतालमा रहेका कर्मचारीले मेडिकल रिपोर्टमा गरेको हस्ताक्षरले नै प्रमाणित गर्यो ।
‘यसअर्थ नेपाल प्रहरीले स्वास्थ्य चेकजाँचको नाममा गरिने र बनाइने रिपोर्टमा सुधार गर्न आवश्यक छ ।’
मापसेको रिपोर्ट बनाएर हामीलाई पुनः प्रहरी भेनमा हालियो र हामीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा लगियो । हामीसँगै अन्य तिन जनालाई पनि भेनमा राखिएको थियो । जसमध्ये दुईजना भारतीय नागरिक र एकजना विराटनगरकै थिए ।
०००००००००००००
‘नखाए पनि तिर्नै पर्ने सय रुपैँयाको उसिनेको चामल र लौकाको झोल’
मनभित्र अन्योलता, आफन्तसँग प्रहरीले बढाइदिएको दुरी र हिरासत भित्रै मारिन्छौँ की भन्ने डरत्रासको बीचमा झिसमिसेबाटै कोही आफन्त आउने प्रतिक्षा हाम्रो थियो । प्रहरीले बनाएको नियम परिवर्तन गर्ने सामथ्र्य कसैमा नहुँदा कार्यलय समय कुर्नुपर्ने बाध्यता आफ्नै थियो । रातभरीको दौडधुप र अनिधोका कारणले बिहानै पेटपुजा गर्न आवश्यक थियो । पैसा हुनेले हिरासत भित्रै सुर्तीजन्य पदार्थ र मासुभात प्रहरी कै सेटिङमा भित्रै खान मिल्दो रहेछ । तर त्रसित रहेका निम्न वर्गका नागरिकहरूले प्रहरीले दिने नाममात्रको लौकाको झोल र उसिनेको चामलको भात खानुपर्ने बाध्यता हुँदो रहेछ । हिटलर शैलीमा बिहान करिब नौ बजे तिर प्रहरीले सबैलाई लाइनमा लाग्न निर्देशन गरे । बाहिरबाट दिएको थाल लिएर थुनुवाहरू वाथरुममा गएर थाल सफा गर्न थाले । वाथरुममा पनि पानी नभएका कारण समस्या । भनेको बेला पानी नआउने । कसैले थाल सफा गर्न भ्याउँथे त कसैले भ्याउँदैन थे । ठूलो भाँडोमा खाना आयो । गेट खोलिदिए । अनि थुनुवाले पालैपालो खाना लिन थाले ।
यत्तिकैमा एउटा थुनुवाले भन्यो, ‘सँधै लौकामा हालेको झोल र उसिनेको चामलको भात आउँछ । खाएपनि नखाएपनि एक छाकको एक सय रुपैँया बुझाउनै पर्छ । कति थुनुवाहरू त तीनचार दिनसम्म नखाई बस्छन्, तर पनि प्रहरीलाई पैसा बुझाउनै पर्छ । खाना समेत राम्रो हुँदैन । नखाउँ भने भोकै बस्नुपर्छ, यहाँ त मानवता समेत हराइसकेको छ । केही बोल्यो भने कि भाटा कि मनपरी गाली खानुपर्छ ।’ उसले यसो भन्दै गर्दा हामीलाई भने डिएसपीसापले बोलाउनुभएको छ भन्दै एक प्रहरी आएर लिएर गए ।
०००००००००००००
प्रहरी हिरासतको १३ नम्बर कोठा…..
प्रहरीको दबदबाहट र अपहरण शैलीले हामीलाई प्रहरीले के गर्दैछ भन्ने विषयमा थप जान्ने कौतुहलता जाग्यो । र एउटा तितो अनुभव पनि भयो । यसमा पछुताउनुपर्ने हामीमा कुनै कारण छैन ।
हामी दुई जनालाई भिन्नाभिन्नै वार्डमा राखियो । भित्र कोही एकआपसमा गफ गर्दै थिए, कोही वार्ड बाहिर राखिएको टेलिभिजनमा कुनै कार्यक्रम हेर्दै थिए । कोही सुत्ने तरखरमा थिए । तर सुत्न सक्ने अवस्था नै थिएन । एक त गर्मी । त्यसमाथी पनि उँडुसको रजाँई । हिरासत भित्रका केही थुनुवा बेलाबेलामा गएर वाथरुममा चुरोट उँडाउने गर्थे ।
एकजनाको भित्र पसेको केही समय पछि पहिलादेखि नै रहेको एक थुनुवाले नाकमा हान्यो । उसको नाकबाट रगत बग्न थाल्यो । रगत बग्न थालेपछि उसलाई अर्कै वार्डमा पठाइयो । नाकमा हान्नेलाई बाहिर घुँडा टेकेर बस्न लगाइयो । भित्र पुरानो हुँदै गएकाले नयाँ आउनेलाई यस्तै गर्दा रहेछन् ।
एकछिनमा उसलाई पहिलाकै ठाउँमा राखियो । हामी दुवै जना फरक फरक वार्डमा रहेका कारण एकलाई अर्कोको तनाव लाग्नु स्वभाविक नै थियो । किनभने सँगै भित्र गएको एकजनाको भित्रपुग्नासाथ केही पहिलादेखि बसेको थुनुवाले नाकमा हानेको थियो ।
यो सब हुँदा झण्डै १ बज्न लागेको थियो । भित्र कोही लागुऔषधको त कोही चोरीको आरोपमा थुनिएका थिए । उनीहरू मध्ये कोही खुसी नै देखिन्थे त कोही निराश पनि देखिन्थे । पुरानो हुँदै गएपछि भित्रको हैकम जमाउन पाउँदा सायद उनीहरू खुसी भएका होलान । भित्र दुःख भएर पनि हिरासत भित्र के हुन्छ भन्ने कौतुहलता हामीमा जिवितै थियो ।
प्रहरीले अपशब्द मात्रै बोल्थे । त्यत्तिकैमा एक थुनुवा बोल्यो । खाने पानी छैन सर । उताबाट प्रहरीको जवाफ आयो, ‘छैन, चुप लागेर बस मु…. । अब भोली बिहान खानु ।’ उसलाई प्यास लागेको थियो । बिहानसम्म कुर्न सक्ने अवस्था पनि थिएन । उसले वाथरुममा गएर पानी थाप्न खोज्यो । तर त्यहाँपनि लगातार पानी नआउँदो रहेछ । थुनुवाले पानी पिउन समेत लामो समय पर्खिनुपर्ने रहेछ । पानी पनि आफैँले किनेर खानुपर्ने । तर समयमा नपाउने । माग्दा अपशब्दमा गाली खानुपर्ने ।
रातभर निदाउन सक्ने अवस्था थिएन । हामी मात्र हैन, त्यहाँ भएका कोही पनि निदाउन सक्दैन थिए । एउटै वार्डमा २०÷२५ जना थियौँ । कोही उठेर यताउता गरिरहेका थिए । कोही हिरासतको रेखदेख गर्ने प्रहरीसँग गफ गरिरहेका थिए ।
हामीसँगै गएको एकजनाले त्यहाँको पुरानो अर्थात केही दिनदेखि त्यहाँ बसिरहेको थुनुवालाई सोध्यो, ‘यहाँको लुगा धुन नपाइने रहेछ ? कति बर्षदेखि नधुएको जस्तै गन्हाइरहेको छ त ?’
केही दिनदेखि त्यहाँ बसेको थुनुवाले जवाफ दिन्छ, ‘यो पनि पाइएको छ । यस विषयमा बोल्यो भने यहि लुगा पनि ओछ्याउन पाउँदैनौ भन्छन् । भुँइमै सुत्नुपर्ने हुन्छ भन्ने डरले हामी पनि चुप बस्छौँ । म आउँदा पुराना साथीलाई सोध्दा भन्थे । धुन दिँदैनन् । यस्तै गन्हाउनेमा नै रातदिन बिताउनु पर्छ । हामीले पनि यो लुगा धुन मिल्दैन भनेर सोध्दा प्रहरीले गाली गर्छ ।’
‘यसअघि पनि हामी जिल्ला प्रहरी कार्यालय आउनेजाने गरिरहेकै थियौँ । रिपोर्टिङको क्रममा । बाहिरी वातावरण यति राम्रो छ । एसपी, डिएसपी बस्ने र अन्य कार्यकक्षहरू पनि राम्रा छन् ।’ तर हिरासत वार्ड भित्रको रहस्यमय अवस्था देखेर उसले बोल्दा बोल्दै मैले सोधेँ, ‘भित्र उँडुसको रजाँइ छ ? सुत्न पनि समस्या छ । जहिल्यै यस्तै हो ? यस विषयमा दुःख पोख्नु भएको छैन ।’
मैले बोली नसक्दै उसले भने, ‘भन्न त हामीले पनि भनेकै हो । दुःख पोखेकै छौँ । पहिलाका थुनुवाले पनि भनेकै होलान् । उल्टै थर्काउँछन् । तलाईँ भाटा चाहिएको हो भन्छन् । अनि कसरी भन्नु बारम्बार । भनेको कसैले सुन्ने भएपो । पानी माग्दा त समयमा पाईँदैन । यहाँ त बाहिरबाट नै उँडुस ल्याएर छाडिदिन्छन भन्थे साथिहरू । हो रहेछ । नभए यत्रा उँडुस कसरी हुन्थे यहाँ ।’
उसले भनेजस्तै हामीले पनि त्यहाँको ताजा अवस्था अनुभव गर्नुका साथै केही कुराहरू पत्ता लगाइयो । हामी मात्र हैन त्यहाँका अन्य थुनुवा उँडुसको टोकाइ र गन्हाउने कम्बलका कारण निदाउन सक्दैनन् । लाइन बारम्बार जाने । बाहिर राखिएको पंखाबाट हावा राम्ररी भित्रसम्म नपुग्ने ।
त्यसै क्रममा साथीले त्यहाँ केहीदिन अघिदेखि बसेको थुनुवालाई सोधे । प्रहरीले कहाँ लगेर पिट्छन् ? हामीले धेरै यस्ता घटना पनि सुनेका छौँ । हिरासतमा प्रहरीको यातना र कुटाइका कारण मृत्यु । यसै कारणले पनि मलाई यो कुरा बुझ्न मन लाग्यो र उसलाई सोधेँ ।
उसले पनि तत्कालै जवाफ दिँदै भन्यो, ‘कसैलाई यातना दिनुपर्यो या पिट्नु पर्यो भने १३ नम्बर.. । हामीसँगै आएका साथीलाई लगेर यातना दिने र पिट्ने गरेका छन् । पहिला त यँही पनि पिट्थे अरे । अहिले सिसिटिभी भएका कारण यहाँ पिट्दैनन् । मनपरी गाली गर्छन् । पिट्नका लागि १३ नम्बर लान्छन् ।’
‘२०÷२५ जनाले एउटा चर्पी र वाथरुममा लाइन लागेर छिर्नुपर्ने । त्यसमाथी वाथरुममा पानी पनि नआउने । एकछिन आयोभने एकछिनमा नआउने । डियुटीमा भएका प्रहरीलाई भन्दा एकछिनमा आउँछ भन्दै झर्किन्छन् । त्यहिपनि अपशब्दमा’ अर्को थुनुवाले सुनाए । उनले पुनः थपे, ‘प्रहरीले यत्ति मात्र भन्दैन् । पिटाई चाहिएको हो । यहाँ पिट्न मिल्दैन । पिटाई चाहिएको हो भने आइज १३ नम्बर ।’
०००००००००००
पैसा भए……..
भित्र भएका थुनुवासँग प्रहरीले पैसा लिएर चुरोट, सुर्ती, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ ल्याइदिने गर्दा रहेछन् । आएका थुनुवाहरूले प्रहरीलाई पैसा बुझाउन सके प्रहरीले पनि उनीहरूलाई राम्रो ब्यवहार गर्दा रहेछन् । पैसा बुझाउन नसक्नेलाई प्रहरीले गर्ने ब्यबहार छुट्टै । प्रहरीले छाडा शब्द भन्दा नबोल्ने । बिहान हिरासत भित्र चुरोटको गन्ध आयो । बाहिरबाट त थुनुवाले लग्न सम्भव पनि छैन । कुन वार्डकाले चुरोट सल्काएका हुन त्यो त थाहा भएन । प्रहरीले पनि कुन मु…..चुरोट सल्कायो भन्दै यताउता गरे । खै कसलाई संकेत गर्दै हिँजो पनि देखेको थिएँ पख जाँ… भन्दै प्रहरी बोले । साथीले एकजना थुनुवालाई सोधे । भित्र कसले चुरोट ल्याइदिन्छ ? उनले भने, ‘पैसा भए यँही उभिएका प्रहरीले चुरोट, खैनी, गुट्खा भित्रै ल्याइदिन्छन् ।’
०००००००००००००
डिएसपीको कार्कीको दादागिरी
प्रहरीको हिरासत कक्ष भनेको कुनै जेल हैन । तर सामान्य मापसेमा या अन्य कुनै सामान्य गल्ति गरेर या नगरेर पक्राउ परेका एक वा सो भन्दा बढी नागरिकहरूलाई देशै ध्वस्त पार्छन जस्तै गरेर फरक–फरक हिरासतमा छुट्याएर राखिन्छ । अनि सुरु हुन्छ प्रहरीको नागरिकमाथि दम्भ र पावरको खेल । अनि त्यही हिरासत जेल भन्दा कमको हुँदैन । शक्ति र पावरमा भएका ब्यक्तिहरूको हिरासत भित्रनै रबैया फरक शैलीको हुन्छ । प्रहरीले गर्ने ब्यवहार र सत्कार नै फरक हुन्छ । तर सामान्य नागरिकलाई गल्ति बिनै सार्वजनिक मुद्धा ठोक्नेदेखि लिएर ठूलै केसमा फसाउने धम्की दिन्छन् । अझ बोले १३ नम्बर कोठाको कुराहामीले अघि बोल्यौँ ।
हामीलाई बिहानै छाडिदिने तरखरमा थिए प्रहरीहरू । तर हिजो वडामा पुगेका साथिहरू एकाबिहानै जिल्ला प्रहरी कार्यालय पुगेर हातपात गर्ने प्रहरीलाई कारबाही हुनुपर्छ भनेर अडान लिन थाले । त्यसपछि हामीपनि छुट्न मानेनौँ ।
बिहानको सवा ९ जति बजिसकेको थियो । फरक फरक वार्डमा रहेका हामीलाई बाहिर बोलाईयो । र प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्की भएठाउँमा लगियो । डिएसपीको कार्यकक्षमा हामीलाई छाडेर एक प्रहरी बाहिर निक्लिए । हामीलाई थाहा थियो हामीले केही अपराध गरेका छैनौँ । हाम्रो गल्ति पनि केही छैन ।
रातभरीको अनिदो । त्यमाथी भोकै । केही थकान महशुस भइरहेको थियो । छेउमा भएको सोफामा बस्न खोज्यौँ । तर उनले रुखो शैलीमा हकारे । उनले झर्किदैँ भने, ‘तँलाई मैले बस् भनेको छु, यहाँ अगाडी उभ्भि जा.. । पालैपालो भन के भएको थियो हिजो ।’ हामीले सबै कुरा सुनायौँ । उनले हाम्रै गल्ति देखाउने प्रयास गरिरहेका थिए । उनको ब्यबहार अनुसार उनी एक नागरिकको सुरक्षामा खटिएका प्रहरी हैनन् । उनले बर्दीको खोल ओडेर एक गुण्डाको जस्तो ब्यबहार देखाए । कार्की जस्ता प्रहरीका कारण आज निर्दोश जनता पनि अपराधी भएर हिरासतमा थुनिएका छन् । हाम्रो कुरा सुनेपछि पुनः हामीलाई हिरासत भित्र नै लगियो ।
०००००००००००००
बर्दीको दम्भमा पसाउने खेल……….
तर यत्ति चाँही थाहा पाईयो । बर्दीको दम्भ देखाउनेहरूले विनाकारण जो–कोहीलाई पनि फसाउन सक्नेरहेछन् । लगभग १२ घण्टा पछि हामी त्यहाँबाट निक्लियौं । प्रहरीले हाम्रै गल्ति देखाउने प्रपञ्च समेत रचेको थियो । तर त्यो असफल भयो । जसले हामीलाई अमानवीय ब्यबहार देखाएका थिए । उनीहरूले माफि मागे । हामीले त्यो पनि अस्विकार गरेका थियौँ । तर सबैको सल्लाह अनुसार हामीले स्विकार गरेका हौँ ।
हाम्रो एकरातको अनुभवले पनि हिरासत भित्र मानव अधिकार हनन्का घटना धेरै हुँदा रहेछन् भन्ने थाहा पाइयो । हिरासतमा सबै अपराध गरेर गएका पनि हुँदैनन् । हिरासतमा त अनुसन्धानका लागि राखिएको हुन्छ । तर प्रहरीले बर्दीको दम्भमा दादागिरी देखाउँदो रहेछ । सम्बन्धित पक्षले हिरासतमा अनुगमन गर्न आवश्यक छ । साथै मानवअधिकार आयोगले पनि हिरासत भित्र भएको मानव अधिकार हनन्को विरुद्धमा छिटोभन्दा छिटो छानविन गर्न आवश्यक छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...