दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।
संघीय सरकारबाट कोशी अस्पतालमा नियुक्ति हुने मेडिकल सुपरिटेन्डेन्ट र महालेखाद्वारा नियुक्ति हुने लेखाअधिकृतको मिलोमतोबाट पछिल्लो समय एक करोडभन्दा बढीको आर्थिक अनियमितता भएको पाइएको छ । कोशी अस्पतालको संरचना निर्माणका लागि संघीय सरकारले करोडौँ रकमको बजेट विनियोजन गरेसँगै पछिल्लो समय अस्पताल परिसरमा रहेका पुराना संरचनाहरू भत्काएर पुनर्निर्माणको कामले अग्रता लिइरहेको छ । तर निर्माण काममा रहेका ठेकेदार कम्पनी र कोशी अस्पतालका लेखा अधिकृतदेखि मेडिकल सुपरिटेन्डेन्टकै संलग्नतामा निर्माण कम्पनीलाई ठेक्का कबुलअनुसारको निर्माणसम्पन्न नभई भुक्तानी दिन थालेपछि अस्पतालभित्र संस्थागतरूपमा मौलाएको भ्रष्टाचारको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय निर्माणसम्पन्न भएर स्वास्थ्य मन्त्री विरोध खतिवडाले उद्घाटन समेत गर्न भ्याइसकेको प्रसूति वार्ड भवन समेत हाल विवादमा तानिएको छ ।
ठेक्का सम्झौताअनुसार प्रसूति वार्डमा निर्माण हुनुपर्ने संमरचना नै नबन्दै हतार–हतारमा हस्तान्तरण गराएर उद्घाटन भएपछि अहिले बिरामीलाई आवश्यक पर्ने सुविधा समेत दिन नसकेको सोही अस्पतालमा कार्यरत कर्मचारीको आरोप छ । उक्त प्रसूति वार्डसँगै मेडिकल वार्डको दोस्रो तला भवन निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनी जेबी कन्स्ट्रक्सन र बीजी कन्स्ट्रक्सनले सम्झौताअनुसारको भवन निर्माण नगरी हतार हतारमा फेरि मेडिकल वार्डको दोस्रो तल्लाको नयाँ भवन हस्तारण गर्ने तयारी गरेको छ । दुवै भवन निर्माणका लागि संघीय सरकारले छ करोड बजेट छुट्ट्याएको थियो । भवन पनि गुणस्तरहीन बनेको स्रोतको भनाइ छ । भवन निर्माणका समयमा निर्माण कम्पनीले प्रयोग गरेका इँटा ल्याबमा परीक्षण गर्न लैजाने क्रममा बाटोबाटै हराएको कारण इँटाको परीक्षण नगरी ठेकेदार कम्पनीले कमसल गुणस्तरको इँटा प्रयोग गरेको दाबी स्रोतले गरेको छ । यही घटनाबाट पनि अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनी र कर्मचारीका बीचमा कस्तो लेनदेन भएको छ भन्ने अनुमान गर्न सकिने दाबी कर्मचारीस्रोतले गरेको छ ।
कोशी अस्पतालमा निर्माण हुँदै गरेको नयाँ मेडिकल भवनको दोस्रो तलाका ठेकेदार कम्पनीले दुई पटकसम्म निर्माण अवधि थप गरिसक्दा पनि निर्माणसम्पन्न हुन नसकेको भवनलाई अहिले हतार–हतारमा हस्तान्तरण गर्ने चलखेल हुन थालेपछि त्यहाँ हुँदै आएको संस्थागत भ्रष्टाचार बाहिर आएको हो । छ महिना अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने मेडिकल वार्डको दोस्रो तल्लाको भवनमा प्रयोग भएका धारादेखि भवनमा ए ग्रेडको रङ्ग प्रयोग गर्ने भनी सम्झौता गरेको ठेकेदारले सी ग्रेडको रङ्ग प्रयोग गरेको छ ।
अस्पतालका लेखाअधिकृत राजेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलको मिलेमतोमा नै निर्माण सम्पन्न नै हुन नपाई हतार–हतारमा ठेकेदार कम्पनीबाट अस्पतालको स्वामित्वमा भवन ल्याउने चाँजोपाजो मिलाउन थालेपछि ठेकेदार कम्पनीसहित कार्यालयप्रमुख खरेल र लेखाअधिकृत सुवेदी अहिले विवादमा तानिएका छन् । नयाँ निर्माण भएको मेडिकल वार्डको दोस्रो तला भवनमा आउजाउ गर्नका लागि निर्माण हुने लिफ्टमा प्रयोग गरिने सामग्री उच्चकोटी र गुणस्तरीय हाल्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनीले गुणस्तरहीन लिफ्टका सामग्री ढुवानी गरी प्रयोग गर्न थालेपछि लिफ्ट निर्माणमा पनि लाखौँको भ्रष्टाचार भएको स्रोतको दाबी छ । आर्थिक दैनिकबाट
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...