१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

 राष्ट्रिय डेली

विराटनगर । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार आर्थिक वर्ष २०८२।८३ को १० महिनामा रेमिट्यान्स ४१।२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशतले बढेको थियो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ बैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु१६५ अर्ब ३० करोड रहेको थियो ।

बैशाख मसान्तसम्मको अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ३,३५,५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,२६,३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,०५,६१० र २,८०,३१४ रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरको एभरेष्ट कलेजले गर्यो कक्षा–११ का विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत...

अर्पण स्कुलको आयोजनामा शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने

  विराटनगर । अर्पण स्कुलको आयोजनामा यहि जेष्ठ ३० गते शनिबार प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको छ । अर्पण स्कुल विराटनगर ४ को आयोजनामा प्रथम अर्पण फ्युचर स्टार फुटसल टुर्नामेन्ट हुने भएको...

तोलाको १० हजारले घट्यो सुनको मुल्य

विराटनगर । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । आज बुधबार सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१...

१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

विराटनगर । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार आर्थिक वर्ष २०८२।८३ को १० महिनामा रेमिट्यान्स ४१।२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले...

स्थापनाको पहिलो बर्षमै मार्टसमा आकर्षण, ७३७ जना विद्यार्थीलाई भव्य स्वागत र अभिमुखीकरण

  विराटनगर । विराटनगरमा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टस मेमोरियल प्लस टुले नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आज आइतबार आयोजित विशेष समारोहका बीच...

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिन्छ: रवि लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता फलदायी रहेको दुवै पक्षले बताएका छन्। भारत भ्रमणका क्रममा करिब एक घण्टा लामो भेटपछि लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै...

भारतबाट सामान ल्याउने यात्रुलाई ठूलो राहत : ५०० रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने

  विराटनगर । अबदेखि भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको निजी प्रयोगका सामान ल्याउँदा कुनै पनि भन्सार महसुल तिर्नु नपर्ने भएको छ । सरकारले यसअघिको झन्झटिलो नियममा संशोधन गर्दै भन्सार छुटको सीमा बढाएको हो ।...

रोमाञ्चक सडेन डेथमा हात्तिमुढालाई हराउँदै गोल्डेन स्टार फाइनलमा

मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी फाइनलमा प्रवेश गरेको छ । बुधबार नडियाटोकको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हात्तिमुढा स्पोर्टिङ एकेडेमी, हात्तिमुढा, मोरङलाई सडन...

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई पोखरिया माविको अभिमुखिकरण

विराटनगर । विराटनगर–३ मा अवस्थित पोखरिया माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गराएको छ । विराटनगरस्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका ४ सय विद्यार्थीहरुलाई स्वागत गर्दै...

सामान्य अंकले बढ्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ । शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको...

स्वागत संगै उत्कृष्ट विद्यार्थीहरुलाई नेताचोक मोडल एकेडेमीले गर्यो सम्मान

  विराटनगर । ग्रामथान- ६ नेताचोकमा अवस्थित नेताचोक मोडल एकेडेमी स्कुलले पुरस्कार वितरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले आज एक समारोह विच नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा विभिन्न विद्यामा उत्कृष्टहुने विद्यार्थीहरुलाई...

मौसम पूर्वानुमान : पहाडमा वर्षाको सम्भावना, तराईमा गर्मी

  विराटनगर । उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको संयुक्त प्रभावले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल छाउन थालेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी र बागमती...