निरिह प्रशासन, बोर्डर खुल्ला छ हजुर !

निरिह प्रशासन, बोर्डर खुल्ला छ हजुर !

 राष्ट्रिय डेली

कटवाल दिपक

समय बेलुकाको ५ बजे । स्थान बिराटनगर १७ ईस्लामपुर । दुई पत्रकार बोर्डर रिपोर्टिङका क्रममा जाँदा मान्छेको आवतजावत निक्कै बाक्लो देखिन्छ । सुरक्षामा बसेका प्रहरीहरू आफ्नै धुनमा मस्त छन् । साइकल लिएर आउने देखि बाइक कार लिएर आउनेहरूको उपस्थिति बाक्लो छ ।

बिशेष गरी लागुऔषध प्रयोगकर्ताहरूको बाक्लो उपस्थिति हुने गर्छ उक्त क्षेत्रमा । आफ्नो परिचय गोप्य राखेका कारण पत्रकार आएको जानकारी प्रहरीले पाएको थिएन । लगेर बाइक प्रहरीको अगाडी रोक्यै । एक प्रहरीले ठुलो स्वरमा बाइक पर राखेर पारी जानेभा जा भने । उनको परिचय थियो एलपी बस्नेत । धेरै जसो भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालतर्फ आइरहेका थिए ।

भारतमा मदिरा निशेधित भएयता हरेक साँझ नेपालमा मदिरा खान आउनेको लर्को लाग्ने गरेको छ । तर, प्रहरी प्रशासनले रोक्ने काम गरेको देखिदैन । मौन छ प्रहरी प्रशासन । प्रहरीलाई केहि नभनी कोसी अनलाइनकर्मी मोहन ढकाल र म त्याहाँबाट दरैया बार्डर तिर लाग्छौँ । दरैयाको अवस्था पनि उस्तै थियो ।

एक एक कप चियाखाइसके पश्चात मैले झोलाबाट क्यामेरा निकालेर फोटो र भिडिया खिचेँ र आफ्नो आइडी कार्ड लगाँए । असई जी ंपी भट्टराई हत्तारिएर हामी छेउ आएर भिडियो र फोटो डिलिट गर्न दवावदिए । हामीले डिलिट नगर्ने भनेपछी उनले दुईतिन जनालाई फोन घुमाए ।

उनले कसलाई फोन लगाए त्यो हामीले पत्तालगाउन सकेनाँै । बोर्डर रिर्पाेटिङमा जाँदा प्रहरीलाई जानकारी गराएर आउनुपर्छ भनेर भट्टराई कड्किए । केही बेर पश्चात हामी त्याहाँबाट हिड्यौँ । कति लाचार छ मेरो देशको प्रहरी प्रशासन ।

सडकमा बिहान बेलुकाको छाक टार्न थोरै तरकारी बेच्न बसेका गरिवहरूको तरकारी फालिदिन्छ तर सिमानामा भईरहेको तस्करी देख्दैन । खाद्यान्नमा भईरहेको तस्करी देख्दैन, सुन तस्करी देख्दैन । सानो चियापसल खोलेकोे देख्छ तर लागुपदार्थ दुव्र्यशनी खुलेआम बोर्डर बोर्डर वारपार गरेको देख्दैन ।

मेरो देशमा गरिवहरूलाई चुल्लो बाल्न गाह्रो छ । तर, माफियाहरू यस आरामका साथ हिड्छन् । कानुन र नियम मेरा देशका गरिवहरूलाई मात्र लाग्छ । डि.आइ.जी अरुण कुमार विसीले कार्यालय हाजिर भएपछि भन्नुभएको छ, ‘तस्करी नियन्त्रण गर्छु भनेर ।’ यँहाबाट बुझ्न सकिन्छ नाकामा पहिले तस्करी कतिहुदो रहेछ भनेर ।

आशा छ तस्करी निमुर्ल हुनेछ । नाकामा पत्रकार रिपोर्टिङमा जाँदा केहिबेर टाइट हुन्छ तर फेरी उस्तै । नाकामा गएका अन्य पत्रकार प्रहरीसँगै बसेर चियाखाएर आँउछन् तर तस्करी देख्दैनन् । आज मेरो देशको पत्रकारीता क्षेत्रमामात्र १०० प्रतिशत सुधार हुने हो भने अन्य क्षेत्र आफैँ सुधार हुने थिए ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...