चिनियाँ खोपको वास्तविकता के हो ?

चिनियाँ खोपको वास्तविकता के हो ?

 राष्ट्रिय डेली

निरज कुमार झा

नेपालका डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षाैं बिताएर आफ्नो खेत जग्गाको हेरचाह गर्न घर फर्के । आफ्नो उमेरका पचासौं दशकका दुई शिक्षित नेपाली युवाहरू वीचमा काठमाडौंका सबै साँघुरो गल्लीहरू औंलाको टुप्पोमा थाहा गन्न सक्ने क्षमता बाहेक केही समानता छैन ।

जीवनका विभिन्न दृष्टिकोणहरूको बावजुद तिनीहरू ‘विश्वसनीयता’ को उच्च स्तरमा विश्वास गर्दछन् र उनीहरूका लागि धोखाधडीको कुनै ठाउँ छैन आफ्नो जीवनमा । हामी किन उनीहरूको बारेमा कुरा गर्दैछौं ? यतिबेला आधा विश्व अझै पनि कोरोना महामारीको दोस्रो छालको विरूद्ध संघर्ष गरिरहेको छ ।

यद्यपि हामी घातक उत्परिवर्ती भाइरसलाई सम्बोधन गर्न विभिन्न तरिका र विधिमा छलफल नगरी आगामी सम्भावित जोखिम र द्वन्द्वको निरुपणसहित न्याय गर्न सक्दैनौं । अहिले विश्वमा अर्थव्यवस्था चकनाचुर पार्दै र अनावश्यक दबाबसहित सार्वजनिक स्वास्थ्य प्रणालीलाई चलाउँदैछ ।

यो मिल्दो कुरा हो कि जब हामी कोरोनाको बारेमा कुरा गर्छाैं, सबैको आँखा चीनतर्फ फर्कन्छ । विनाशकारी निरन्तर उत्परिवर्तन भइरहने भाइरसको पूर्वनिर्धारित जन्मभूमि र यसकोे गर्भमा यो भाइरसको उत्पतिको कथा लुकेको सबैको मान्यता छ । सन् २०२० भरि नै निरन्तर संसारभरिकै सञ्चार क्षेत्र र नागरिकबाट आलोचना भएपछि चीनले कोविड–१९ विरुद्धको खोप सहयोगमार्फत धेरै भन्दा धेरै देशहरुमा पुग्न आफ्नो छबिलाई उजिल्याउन कोशिस गरिरहेको छ ।

यो खोप शुरु गर्ने चीन पहिलो राष्ट्र थियो भन्ने तथ्यलाई पक्कै पनि इन्कार गरिएको छैन । २०२० को बीचमा लगभग एक वर्ष अगाडि कोविड–१९ विरुद्धको खोप व्यावसायिक रूपमा सञ्चालन गरियो । यद्यपि कम्युनिष्ट देश चीनले कमजोर साझेदार देशहरूलाई खोप आपूर्ति र सडक निर्माणलाई लिएर विवादास्पद समस्या पैदा भयो । यो विषालु बेल्ट र रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरूको स्वार्थसँग गाँसिएको छ । उदाहरणको लागि पूर्वीय र मध्य यूरोपेली देशहरूमा प्रभुत्व विस्तारका लागि यो सब गरिँदैछ भने नेपाल, श्रीलंका र बंगलादेशमा स्पष्ट रूपमा सबै रणनीतिक लाभका लागि ।

मौलिक प्रश्न भनेको चिनियाँ खोपहरूको प्रभावकारिता, क्षमता र सुरक्षासँग सम्बन्धित छ । पारदर्शी सहकर्मी समूह वा क्लिनिकल परीक्षण डाटाको संस्थागत छानबिन सुनिश्चित नभई विश्वासको पूर्ण प्रत्याभूति हुन्न । कोभिड–१९ विरुद्धका खोप लगायत सबै प्रकारका खोपको विकास एक कडा मेहनतको साथ गरिने कष्टसाध्य प्रक्रिया हो । यसका लागि पर्याप्त समय, पैसा र संसाधनहरूको लगानीको आवश्यकता पर्छ ।

यसका लागि फरक उमेर, लिंग, बिरामी प्रोफाइललाई केन्द्रमा राख्नुपर्छ भने देशीय, क्षेत्रीय, जातीय र अन्य समयबद्ध विविधताको परीक्षणसँग सम्बन्ध हुँदैन । कुनै पनि खोप विकासको पारिस्थितिक प्रणालीको आधारशिला स्पष्ट पारदर्शितापूर्ण, वैज्ञानिक समुदायबाट परीक्षण, तथ्यको विस्तृत प्रसार वा छानबिन सहितको हुनुपर्छ । साथै सम्भावित र अव्यक्त दुष्प्रभावहरूको बारेमा विचार गरिएको हुनुपर्छ ।

चिनियाँ खोपको मामलामा माथि उल्लेखित प्रमुख आधाररू हराइरहेका छन् र महत्वपूर्ण कुरा भनेको चीनका अधिकारीहरूले गोप्यताका पर्दाहरू भित्र खोप विकास चरणहरूलाई सुदृढ गर्दै, प्राप्तकर्ता देशहरूसँग क्लिनिकल परीक्षण रिपोर्टहरू साझेदारी गर्न इन्कार गर्दै छन् । यी सबै गुप्त योजनाहरू जसले सार्वजनिक स्वास्थ्य सेवाको लागि पनि डर र शंकालाई बढावा दिन्छन् । फलस्वरूप विश्वासको घाटा बढाउँदै जाँदा कुनै पनि नयाँ खोपले खोपको सम्बन्धमा शंकास्पद र रूढिवादी सोचनै हावी भएर आउँछ ।

अर्काे महत्वपूर्ण कुरा भनेको कोरोना भाइरस महामारी विरुद्ध काम गर्ने चिनियाँ स्वास्थ्य सेवा उत्पादनहरूको दक्षता र प्रभावकारिताको विगतको कीर्तिमान पनि उत्साहजनक भएको छैन । भाइरसले संसारमा विपत्ति ल्याइसके पछि चिनियाँ टेस्ट किटहरूको प्रभावकारिताका सम्बन्धमा नराम्रा खबर बाहिर आएका थिए । स्पेनले लाखौं टेस्ट किट फिर्ता पठाए किनकि ती किटहरू दोषपूर्ण प्रमाणित भए । त्यस्तै चेक गणतन्त्रमा चीनले पठाएको ८० प्रतिशत परीक्षण किटहरू दोषपूर्ण भए । चलनचल्तीको उखानै छ ‘एक पटक टोकाइ दुई पटक लाज’ ।

चिनियाँ खोपहरू कतिपय देशहरूले दबाबमा स्वीकार गरेका छन्, धेरै जसो उदार पश्चिमी लोकतन्त्र अझै पनि चिनियाँ खोपको उपयोगका बारे निर्णय लिनमा सुस्त छन् र ढिलाढाला गरिरहेका छन् । अहिलेसम्म चीनले आफूले उत्पादन गरेको खोपको प्रभावकारिता र हुनसक्ने दुष्प्रभावको बारेमा आम जनमानसमा भएको शंका निवारण गर्न असफल भएको छ । हालसम्म चीनले क्लिनिकल परीक्षण प्रक्रियाको महत्वपूर्ण चरणहरू पूरा नगर्ने, चरणहरु नाघेर जाने र छिटो नियामक अनुमोदनका लागि कानूनको प्रक्रियालाई रोक्ने क्रममा छोटो परिक्रमण गर्ने जस्ता काम गरिरहेको छ ।

चाखलाग्दो कुरा यो छ कि चिनियाँ सञ्चारक्षेत्र चिनियाँ खोपहरूको आफ्नै अनुमानित र काल्पनिक कथाहरू रचना गर्दै चिनियाँ खोपको प्रभावकारिताको विज्ञापन गर्दै घमण्डसहित रमाइरहेका छन् । उनीहरु विश्वका सबैभन्दा प्रसिद्ध फार्मास्यूटिकल कम्पनीहरूले बनाएको खोपको प्रभावकारितालाई पनि कम आँक्न र आम जनमानसमा भ्रम छर्न राज्य प्रायोजित प्रचारको जाल बिछ्याइरहेका छन् ।

यतिबेला धेरैजसो विश्वव्यापी सञ्चारक्षेत्र लगातार कसरी चिनियाँ खोपको प्रभावकारिता संसारमा सबैभन्दा कम छ भनेर संसारले नै सुन्ने गरी बताइरहेका छन् । सबैभन्दा पहिले, श्रीलंका एसियाका प्रथम देशहरूमध्ये एक थियो जसले चिनियाँ खोपहरूको पछाडि भएको राजनीतिलाई बुझ्यो र फलस्वरूप धेरै सुरक्षित र भरपर्दाे भारतीय खोप रोज्यो । सानो हिमालयन देशलाई चिनियाँ खोपहरू स्वीकार्न दबाब दिंदा हाम्रो उत्तरी छिमेकीले के गर्न सक्छ भन्ने कुराको लागि यसले जोड दिन्छ ।

महत्वपूर्ण कुरा, नेपालको नजिकको छिमेकी रहेको भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप पठाउन प्राथमिकता दिने पहिलो देश बन्यो । भारतले आफ्नै नागरिकहरूलाई आवश्यकता पर्दापर्दै नेपाललाई मित्रताको रुपमा र सद्भावनाको रुपमा नेपाललाई खोप पठायो । काठमाडौंमा भारतीय खोपहरूको आगमनले नेपालीहरूलाई ठूलो राहतको महसुस भयो । यद्यपि थप खोपहरु आपूर्ति गर्न भारत प्रतिबद्ध रहेको छ, कोभिड–१९ को सक्रिय बिरामी भारका कारण अचानक बढेको दोस्रो लहरले कमजोर बनाउँदा भारतको नेपाललाई खोप आपूर्ति गर्ने समयरेखा बिग्रियो । यसै आधारमा चीनले भारतीय उपमहाद्वीपमा खाली ठाउँ देखेर रणनीतिक चालमा स्वास्थ्य सेवाको शून्यता भर्नको लागि पछाडिको ढोकाबाट प्रवेश गर्यो र चीनले खोपहरू सानो हिमालयन राष्ट्रतर्फ धकेलिरहेको छ ।

यदि हामीले माथि उल्लेखित स्पष्ट भिन्नताहरूलाई हेरेमा वित्तीय विवेकको दृष्टिकोणबाट विचार गर्दा चिनियाँ खोपहरू भारतीयको तुलनामा धेरै महँगा हुन्छन्, जसमा उच्च व्यवस्थापन लागत र अन्तर्निहित आपूर्ति श्रृंखला अवरोधका मुद्दाहरू समावेश छन् । एक राम्रो उद्धारकर्ताको खोप खरिदलाई उदार आर्थिक सहयोग दिएर चीनले वास्तवमा गरिब देशहरुलाई ऋणको जालमा हाल्ने प्रयास गरिरहेको छ । सामान्यतया यसलाई खोप कूटनीति भनिन्छ, चिनियाँ खोप सकेसम्म धेरै देशहरुमा पुर्याउने कोशिस भइरहेको छ ।

यो स्पष्ट छ –चीन कोभिड–१९ को महामारीलाई पूँजीकृत गर्न चाहन्छ । संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, नेदरल्याण्ड्ज, स्वीडेन, दक्षिण कोरिया, फ्रान्स, अष्ट्रेलिया, क्यानाडाजस्ता नेतृत्वशाली देशहरु चिनियाँ खोपको नकारात्मक समीक्षा र मूल्यांकन गरिरहेका छन् । चाखलाग्दो कुरा यो छ कि हङकङ विश्वविद्यालयले गरेको एक सर्वेक्षणात्मक अनुसन्धान अनुसार लगभग ६१ प्रतिशत मानिसहरु चीनमा निर्मित खोप लगाउन चाहँदैनन् ।

यसले हामी सामुन्ने प्रश्न उभ्याउँछ– किन मानिस चिनियाँ खोप चाहँदैनन् ? जीवन हांकिम र सिद्धिराज बरालजस्ता मानिसको बारेमा हामीले किन कुरा गर्नुपर्छ र उनीहरु हाम्रो छलफलमा किन अगाडि छन् भने जीवन भारतीय खोप लगाउने मध्येका एक हुन् र उनी दोस्रो डोजको पर्खाइमा छन्, तर यो अहिले उपलब्ध छैन । उनको बेचैनी बढिरहेको थियो, तर विशेषज्ञहरुले कोभिशिल्ड लगाएको १२ हप्तापछि मात्र दोस्रो मात्रा लगाउनुपर्छ भनेपछि उनले राहत महसुस गरेका छन् ।

बराल शुरुमा खोपप्रति सकारात्मक थिएनन्, तर अहिले उनी खोप लगाउन व्याकुल छन् । उनी चिनियाँ खोपका सट्टा भारतीय खोपको प्रतीक्षामा छन् । चिनियाँ खोप त आइसकेको छ, तर उनी अहिले चिनियाँ खोपका लागि लामो लहरमा उभिन हतारिरहेका छैनन् । हंकिम र बराल दुबै उनीहरूको कुराकानीमा निष्पक्ष र सिधासादा थिए । ती दुवै व्यक्तिको स्पष्ट रूपमा चिनियाँ भ्याक्सिनको बारेमा स्पष्ट छन् । उनीहरु आशावादी छन् भारत कोभिड – १९ विरुद्धको खोपको पहिलो र दोस्रो डोज दुवै आपूर्ति गरेर तुरुन्तै प्रवेश गर्नेछ किनभने नेपाली जनताको ठूलो हिस्सा उत्सुकताका साथ भारतीय खोपको प्रतीक्षा गरिरहेको छ ।

भारत नै किन ?

यसै बीच एक विदेशी समाचार च्यानलले भारतीय खोप र नेपाल पृष्ठभूमिमा रिपोर्ट गरेको छ । ‘नेपालले उपलब्धता, विश्वसनीयता, सुरक्षा र सुहाउँदो र उचित मूल्य निर्धारणको आश्वासन, आपूर्तिको सहजता अनेक कारणले भारतीय खोपहरूलाई प्राथमिकता दिन्छ’, ‘भारतले नजिकैको छिमेकीहरूलाई खोपहरू आपूर्ति गर्ने वाचा गरेको छ’ लगायतका समाचार बढी आशावादिता जगाउने खालका छन् र सबै कोणबाट नेपालले भारतीय खोप लिनु बढी लाभदायक हुन्छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...