दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
काठमाडौं । आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो ।
सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३।५ प्रतिशत हुने अनुमान गरिएको छ ।
सर्वेक्षण अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन् । सर्वेक्षणमा सहागीहरुले निकट अवधिमा मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही अवधिपछि भने घट्ने अपेक्षा गरेका छन्।
सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४।७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७।४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२।३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४।९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।
यस्तै ९४।४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३।१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१।७ प्रतिशतले अहिलेकै हाराहारी र १९।५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् ।
२० देखि २७ असार २०७७ मा राष्ट्र २८ सहरका ३१ बजार क्षेत्रका ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।
‘गैर–खाद्य र सेवा तथा घरजग्गा ९आवास० बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा बढेको छ ,’ सर्वेक्षणमा भनिएको छ । त्यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश भने घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८।५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ । राष्ट्र बैंकले प्रकाशित गरेको मुद्रास्फीति र यो सर्वेक्षणमा अन्तर रहने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा। प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।
‘राष्ट्र बैंकले ६० वटा मार्केट सेन्टरबाट ४०० वटा भन्दा बढी वस्तुको वास्तविक मूल्य संकलन गरेर ल्याएर त्यसको आधारमा मुद्रास्फीतिको विवरण तयार गर्छ,’ उनले भने, ‘तर, सर्वेक्षण भने बजारमा उपभोक्तालाई केही वस्तुको मूल्य सोधेर तयार पारिएको हो । त्यसैले मुद्रास्फीति र सर्वेक्षणको तथ्यांक मेल खाँदैन ।’
आगामी दिनमा उपभोक्ताले मूल्य बढ्न सक्छ भन्ने अपेक्षा गरिरहँदा मुल्यवृद्धि नियन्त्रण गर्न सोही अनुसारको नीति लिन यसले सहयोग गर्ने उनले बताए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...