कांग्रेसको महाधिवेशन र अबको बाटो

कांग्रेसको महाधिवेशन र अबको बाटो

 नागेश कोइराला

नेपाली कांग्रेसको र प्रजातन्त्र एक–अर्काका पर्याय हुन् । नेपाली कांग्रेसकै कारण २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भयो । २०४६ मा कांग्रेसले आन्दोलन नगरेको भए पञ्चायती व्यवस्था त्यति छिट्टै ढल्ने थिएन । हरेक आन्दोलनमा नेपाली कांग्रेसको अग्रणी भूमिका रहँदै आएको छ । जंगलमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम पनि कांग्रेसले नै गरेको थियो । २०६२÷६३ को दोस्रो जनआन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भयो । त्यही आन्दोलनको जगमा टेकेर २४० वर्ष लामो राजतन्त्रको अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भयो । त्यतिमात्रै होइन स्थानीय, प्रदेश र संघीय निर्वाचन गरेर मुलुकलाई संघीयताको बाटोमा अगाडि बढायो । यो त भयो राजनैतिक नेतृत्वमा कांग्रेसको योगदान । मुलुकको आर्थिक विकासमा पनि कांग्रेसको अग्रणी योगदान रहेको कसैले पनि नकार्न सक्दैन ।

२०४८ सालपछि मुलुकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरेकै कारण मुलुक साँघुरो घेरालाई तोडेर अगाडि बढ्न सफल भयो । सञ्चारमाध्यमकै कुरा गर्ने हो भने २०४८ सम्म सरकार नियन्त्रित रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र थिए । अहिले सञ्चारजगत्ले जुन फड्को मारेको छ त्यो कांग्रेसले अघि सारेकै नीतिका कारणले हो । उदाहरीकरणको नीति लिएको थिएन भने अहिले पनि त्यही गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै सीमित हुन्थ्यो नेपाली सञ्चार क्षेत्र । अहिले सञ्चार क्षेत्रको विकास यति धेरै फड्को मारेको छ कि त्यो घाम जतिकै छर्लङ्ग छ । स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय क्षेत्रको विकासले पनि फड्को मारेको छ । भौतिक पूर्वाधारको विकास पनि निकै भएको छ । यदि २०५२ सालदेखि १० वर्षसम्म माओवादीको सशस्त्र द्वन्द्व नभइदिएको भए मुलुकको आर्थिक र भौतिक विकासले निकै उचाइ पाइसकेको हुन्थ्यो आज । माओवादी आन्दोलन नसकिँदै मधेस आन्दोलन, भूकम्प, भारतको नाकाबन्दी अहिले आएर कोभिड–१९ ले मुलुकको विकासमा अवरोध सिर्जना गरेको छ । यस्तो विसम परिस्थितिबाट मुलुक अगाडि बढिरहेको छ ।

यतिबेला नेपाली कांग्रेस सरकारको नेतृत्वमा छ । यही अवस्थामा कांग्रेसको महाधिवेशन हुँदैछ । पटक–पटक मिति घोषणा हुँदै स्थगित भएको महाधिवेशन यसपटक भने हुने पक्का भएको छ । सम्पूर्ण मुलुकको ध्यान अहिले कांग्रेसको महाधिवेशनतर्फ केन्द्रित भएको छ । स्थानीयदेखि केन्द्रसम्मको नेतृत्व कस्तो आउँछ भनेर कांग्रेसका कार्यकर्ता र शुभेच्छुक मात्रै होइन देश–विदेशमा रहेका सम्पूर्ण नेपालीले प्रतीक्षा गरिरहेका छन् । अबको कांग्रेस कस्तो हुनुपर्छ र नेतृत्व कस्तो आउनुपर्छ भन्ने विषयमा बेला–बेला बौद्धिकजगत्मा बहस र अन्तरक्रिया हुने गरेको छ । महाधिवेशन आउनु र नेतृत्वमा पुग्नु ठूलो कुरा होइन । नेतृत्वमा पुगिसकेपछि पार्टी र देशलाई कसरी अगाडि बढाउने भन्ने विषयचाहिं निकै महत्वपूर्ण जस्तो लाग्छ मलाई । अब राजनैतिकसँगै आर्थिक एजेण्डालाई प्राथमिकताका साथ कांग्रेसले बोकेर हिंड्नुपर्छ । आज ४० लाखभन्दा बढी युवा विदेशमा छन् । उनीहरूलाई कसरी नेपालमा फर्काउने र उनीहरू फर्किसकेपछि कसरी रोजगारी उपलब्ध गराउने भन्ने विषय कांग्रेसले उठाउनुपर्छ । युवाशक्तिलाई विदेश पठाएर मुलुक समृद्धि हुन सक्दैन । युवाको ऊर्जालाई देश निर्माणमै लगाउनुपर्छ ।

कम्युनिष्ट नेतृत्व सरकारका कारण चारैतिर व्यथिति बढेको छ । भ्रष्टाचार मौलाएको छ । आममानिसमा राजनैतिकप्रति वितृष्णा जागेको छ । यो सबै विगतको कम्युनिष्ट नेतृत्वको सरकारका कारण भएको हो । कांग्रेसको काँधमा ट्रयाक छाड्न लागेको अर्थतन्त्रलाई ट्रयाकमा लाउने जिम्मेवारी आएको छ । मुलुकमा सुशासन कायम गरेर जनतामा आशा जागृत गराउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । महाधिवेशनमार्फत आउने नेतृत्वले सरकारलाई सही बाटोमा अगाडि बढाउने क्षमता राख्नुपर्दछ । कांग्रेसले इतिहासमा गरेका योगदानलाई मात्रै भजाएर हुँदैन अब । कांग्रेसले ५, १० र १५ वर्षमा मुलुकलाई यो अवस्थामा पुर्याउनेछ भनेर स्पष्ट खाका प्रस्तुत गर्नुपर्छ । कम्युनिष्टप्रति जनताको भरोसा टुटेकाले ती जनतालाई कांग्रेसले बलियो भरोसा दिनुपर्छ । सरकारले पार्टी चलाउने होइन पार्टीले सरकार चलाउनुपर्छ । विगतको इतिहासलाई हेर्ने हो भने सरकारले पार्टी चलाएको अवस्था छ । पार्टीले अघि सारेका नीति, योजना र घोषणापत्रअनुसार सरकारले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ । महाधिवेशनबाट आउने नेतृत्वले त्यसका लागि अग्रसरता लिनुपर्छ ।

कांग्रेसको महाधिवेशन जति–जति नजिक आउँदैछ त्यति–त्यति गुट र उपगुटका चर्चा हुन थालेको छ । जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् । तर ती गुटहरू महाधिवेशन सकिएसँगै अन्त्य हुनुपर्छ । सिंगो पार्टी हुनुपर्छ । सबैको ध्यान कांग्रेसलाई बलियो बनाउनेतर्फ हुनुपर्छ । पार्टी र सरकार सञ्चालनमा गुट देखिनु हुँदैन भन्ने मेरो धारणा छ । महाधिवेशनमा अस्वस्त होइन स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । अनि मात्रै कांग्रेस र लोकतन्त्र बयिो हुन्छ । जय नेपाल ।
(लेखक– नेपाली कांग्रेस मोरङका सचिव हुनुहुन्छ ।)

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...