नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

 राष्ट्रिय डेली

 

विराटनगर। कतारमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कतार सरकारद्वारा जारी भएको नयाँ कानुनको बारेमा पनि श्रमिकलाई जानकारी दिने उद्देश्यले महत्त्वपूर्ण कार्यक्रम गरेको हो । श्रमिक कामदारहरुलाई कम्पनीको शोषणबाट मुक्त रहनको लागी कतारको नयाँ कानुन १७ र २०२१ र २०२३ को बारेमा श्रमिकहरुलाई जानकारी दिएको हो ।

कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी, उपकरण, सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ।

गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ । यसैगरी कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३स्३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ। श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ।

कानुनी बिभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गरेका थिए।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आयोगको यस प्रकारको भूमिकाको प्रसंशा गर्दै र बिगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्न जोड दिएका थिए।

यसैगरी राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूतहरुलाई समेत निमन्त्रणा गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिएका छन् । प्रोफेसर अलिले कतारमा कार्यरत नेपालीहरुलाई कुनैपनि किसिमका समस्या परेमा राष्ट्रिय मानव अधिकार कतार नेपाली डेस्कलाई खबर गर्न आग्रह गरेका छन।

कार्यक्रमका सहभागीहरुलाई आयोगको तर्फबाट आफ्नो अधिकार बारे सचेत रहने र सो बारे जानकारी उपलब्ध गराउने बुकलेट तथा अन्य लाभदायक सामाग्री प्रदान गरिएको थियोे।

कार्यक्रममा आयोगका महासचीव सुल्तान अल जमालीको प्रमुख आथित्यमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...