दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा मंगलबारदेखि मोबाइल वालेट ‘नमस्ते पे’ औपचारिक रूपमा सुरु हुँदैछ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार प्रारम्भिक चरणको व्यवसायिक सञ्चलन आज गर्ने र औपचारिक सेवा शुभारम्भसमेत गरिँदै छ । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा इन्टरनेटबिनै पैसा तिर्न मिल्नेगरी बहुप्रतिक्षित ‘नमस्ते पे’ वालेट सञ्चालनमा ल्याउन लागेको हो ।
नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । इन्टरनेटविनै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट नै पहिलो रहेको कम्पनीको दाबी छ । हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिए जस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ ।
तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयोग गर्नसक्ने छन् भने क्रमशः अन्य बैंकमार्फत पनि सेवा सुरु गरिने कम्पनीले जनाएको छ । ४० करोड रुपैयाँ चुक्ता पुँजीको यो कम्पनीमा टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ । ‘नमस्ते पे’ बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ ।
बिजुली, खानेपानी, इन्टरनेटलगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ । कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न सकिनेछ ।
टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत ०७७ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमतिसमेत पाइसकेको छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...