दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । नेपाली युरोपियन खेलकुद संघ एनआइएससीको आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस अली ३, ५०२० साल्बु्रङमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न टिमको सहभागिता रहनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई १ हजार युरो र द्वितीय हुने टिमलाई ३ सय युरो पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने एनआइएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए ।
उनका अनुसार लगातार ३ वर्ष विजयी हुने टिमलाई नगद २ हजार युरोसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता हुने टिम दर्ता अक्टुबर २५ तारिखभित्र गरिसक्नुपर्ने अध्यक्ष घमालले बताए । घमालका अनुसार तोकिएको समयभित्र उपस्थिति नहुने टिमले प्रतियोगितामा सहभागिता हुन पाउने छैन ।
“खेलकुदका माध्यमबाट युरोपमा रहेका नेपालीहरूबीच चिनजान हुनुका साथै विदेशमा रहेर पनि नेपालीहरूले मुलुकको कला र संस्कृतिको विकासमा योगदान दिइरहेका छन् भन्ने प्रस्ट हुन्छ,” अध्यक्ष घमालले भने । , “प्रतियोगितामा सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुनेछ । जहाँ बसेर जे गरे पनि जन्मभूमि र कर्मभूमिकै लागि गरिरहेका हुन्छौं ।” खेलकुदलाई आत्मसात गरेमा मान्छेले महँगो हिरा, मोती, सुन, चाँदी लगाउनै नपर्ने घमालको भनाइ छ । खेलकुदलाई पनि गहनाका रुपमा आत्मसात गरेमा जीवन सार्थक हुने उनको विचार छ । “खेलकुदले मानिसको शारीरलाई स्वस्थ राख्न मद्दत गर्छ,” अध्यक्ष घमाल भन्नुहुन्छ, “यदि मानिसको शरीर नै स्वस्थ छैन भने अर्बौं धनसम्पत्ति भएर पनि के गर्नु रु अर्कातर्फ खेलकुदले आपसी सम्बन्ध बढाउनुका साथै मनलाई शान्ति प्राप्त हुन्छ ।”
टिमलाई निमन्त्रण, खेल स्थानको टुंगो, पुरस्कार र ट्रफीको व्यवस्थापनलगायतका कामहरू अन्तिम चरणमा पुगेको घमालले बताए। कार्यक्रममा उपस्थित जनाएर आयोजक र खेलाडीलाई हौसला प्रदान गर्न युरोपमा रहेका नेपालीलाई आह्वानसमेत उनले गरे।

आयोजकका तर्फबाट खेलाडीको टुंगोसमेत लागिसकेको छ । प्रतियोगितामा आयोजकका तर्फबाट अध्यक्ष घमालसहित राजु विश्वकर्मा, अंग शेर्मा, प्रेम रसाइली, ख्याम विश्वकर्मा, रोहित विश्वकर्मा, गर तेम्बा शेर्मा, इल्विन हुम्यान मैदानमा उत्रिनेछन् । यसैबीच, एनआइएससीको रिक्त रहेको सचिवमा शिव खड्कालाई मनोनीत गरिएको छ । घमालको अध्यक्षतामा एक वर्षअघि गठन भएको एनआइएससीमा सचिव पद रिक्त रहेको थियो । केही समयअघि बसेको एनआइएससीको बैठकले खड्कालाई सचिवमा मनोनीत गरिएको घमालले जानकारी गराए ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...