उत्कृष्ट विद्यार्थीलाई ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति प्रदान

उत्कृष्ट विद्यार्थीलाई ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति प्रदान

 राष्ट्रिय डेली

विराटनगर / विराटनगरका वरिष्ठ उद्योगपति एवं समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति विभिन्न विद्यार्थीलाई प्रदान गरिएको छ ।
विराटनगर–१२ स्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभाका अवसरमा मोरङका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई ओमप्रकाश गोयल स्टार छात्रावृत्ति प्रदान गरिएको हो । गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रावृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ । छात्रावृत्तिको राशि जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । गोयलले आफ्ना दाजुका नाममा स्थापित छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, सहकारी संस्थाका अध्यक्ष रमेशकुमार पोखरेललगायतले माला लगाएर नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
छात्रावृत्ति पाउनेहरूमा विराटनगरस्थित महेन्द्र रात्री माध्यामिक विद्यालयका अजित उराव, मिल्स माविकी नेविनाकुमार राजवंशी, विनश राजवंशी, जनपथ माविकी पुनमकुमारी कामत, सीमा राय, सरस्वती मावि विराटनगरकी सुष्मा तामाङ, सदैव हुसेन छन् । यस्तै सत्यनारायण माविका रोशनकुमार ऋषिदेव, मिल्स माविकी पूजा राजवंशी, ज्योतिकुमारी केवट र देवी मावि ग्रामथानकी समीक्षा ढकाललाई छात्रावृत्ति प्रदान गरिएको सहकारीका डिल्ली पोखरेलले जानकारी दिए । कार्यक्रममा संस्थालाई लामो समयदेखि सहयोग गर्नेहरू हेमचन्द्र वस्ती, पर्शुराम प्रसाईंलाई पनि सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट ऋणी र बचतकर्ताहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सहकारीको माध्ययमबाट सहकार्य गर्न सजिलो भएको धारणा राखे । मुलुकको आर्थिक र समृद्धिको मूल आधार सहकारी भएको उनले बताए ।
सहकारीका अध्यक्ष अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थाले वार्षिक २ अर्बभन्दा बढीको कारोबार गरेको जानकारी दिए । २०५४ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ९ सय ७७ जना सदस्य छन् भने ३ करोड ९४ लाख ८७ हजार शेयर पूँजी छ । आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले कूल बचत ३० करोड ६१ लाख ४६ हजार, कर्जा लगानी ३० करोड १३ लाख ५३ हजार, विभिन्न कोषमा ३ करोड ५८ लाख ४८ हजार र बैंक मौज्दात ८ करोड ९७ लाख ५६ हजार रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...