दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
भेषराज पोखरेल
विराटनगर । प्राकृतिक नियम नै हो पुरुष कठोर र नारी कोमल हुनु, यदि पुरुष कोमल भयो भने नारीको रोजाइमा पर्दैन त्यस्तै नारी कठोर भइन् भने पुरुषको रोजाइमा पर्दिनन्। प्रकृतिले पुरुष र नारीका हरेक अङ्ग, संवेदना र अनुभूतिलाई भिन्न बनाएको छ, आवाजमा पनि भिन्नता हालिएको छ। शृङ्गारको शोभा नारीमा जति धेरै खुल्छ त्यही अनुपातमा गर्ने हो भने पुरुष पूर्ण रूपले अशोभनीय र भद्दा देखिन्छ ।
यसैगरी पुरुषको स्वभाव केही आक्रामक र दम्भसहितको हुन्छ भने नारीको स्वभावमा सहनशीलता ज्यादा हुन्छ। यही कारण सन्तान जन्माउने र हुर्काउने अभिभारा पनि प्रकृतिले नारीलाई दिएको छ। यही कुरालाई मनन गरेर होला अस्पतालमा नर्स पनि नारीलाई नै बनाइएको हुनुपर्छ, शिशु स्याहार केन्द्रमा पनि नारीकै भूमिकालाई निर्विकल्प मानिएको हुनुपर्छ।
नारीले शृङ्गारिक हुनु वा हुन चाहनुमा पनि पुरुष नै केन्द्रमा रहेको देखिन्छ। एक पटक एउटा रियालिटी सो मा अमिताभ बच्चनले माधुरी दीक्षितलाई एकोहोरो हेर्दा उनले आपत्ति जनाएकी थिइन्। यसको प्रतिक्रियामा अमिताभले भनेका थिए, तपाईं जस्ती सुन्दरीलाई हामी जस्ता पुरुषले हेरेनौ भने तपाईंको सुन्दरताको अपमान भएन र <
एउटा प्राकृतिक सत्य के पनि हो भने प्रशंसाको भोक नहुने मान्छे नै हुँदैन। कुनै शृङ्गारिक महिलालाई तपाईंले हेर्नु भएन वा देखेर पनि नदेखे जस्तो गर्नु भयो भने उनले तपाईंको व्यवहारबाट ठुलै अपमानको बोध गर्न पुग्छिन्। यही आशा पुरुषले पनि महिलाबाट राखेको हुन्छ। तरपनि महिलाको तुलनामा पुरुष मात्रै किन बढी बदनाम हुने गर्छ <
यो प्रश्नको उत्तर जति अनुभूतिसँग जोडिएको छ त्यत्तिकै सामाजिक लोकलाजमा निर्भर रहेको छ। वास्तवमा कुनैपनि पुरुषले महिलालाई हेर्दा कुन आशयले हेरेको हो भन्ने कुरा नारीले तत्कालै अनुभूत गर्न सक्छिन्। मनसाय गलत भन्ने अनुभूति हुनासाथ उनको प्रतिक्रिया अप्रिय हुन्छ भने मनसाय सही भन्ने अनुभूत भएमा मुस्कानसहितको प्रतिक्रिया प्रकट हुन्छ। तर मनसाय राम्रो भएपनि सामाजिक लोकलाजबाट आफूलाई जोगाउन र आफ्नो चरित्र सही छ भनेर देखाउन कतिपय नारीहरूले पुरुषमाथि सबै दोष थोपर्ने गरेको पनि पाइन्छ।
अर्को कुरा पुरुष स्वभावैले आक्रामक हुने हुनाले पनि बढी आक्षेप बेहोर्न बाध्य देखिन्छ। कुनैपनि समाज नारी र पुरुषको सन्निकटताबाट मुक्त हुनै सक्दैन। नारीसौन्दर्यको विषयमा बोलेर बदनाम हुने पुरुषहरूभन्दा मौन रहेर सर्वप्रिय देखिने पुरुषहरू धेरै घातक हुन्छन्।
अपवादको रूपमा केही नारीहरूमा पनि पुरुषप्रतिको आकर्षणको प्रकटीकरण अप्राकृतिक नै रहेको पाइन्छ। तर नारीमा विद्यमान प्राकृतिक स्वभावको आडले गर्दा पुरुष निर्दोष हुँदाहुँदै पनि समाज र कानुनको सम्पूर्ण सहानुभूति चाहिँ नारीप्रति नै पोखिन जान्छ र पुरुष बदनाम हुन पुग्दछ। यो भनेको चाहिँ ठुलो बाहन र सानो बाहन ठोक्किँदा गल्ती सानोले गरेको भएपनि सजाय केवल ठुलोले नै भोग्नु जस्तै हो।
नारीले बुझ्नै पर्ने कुरा के पनि हो भने कुनै पुरुषले आफ्नी श्रीमतीलाई अरुले हेर्दा जति धेरै आपत्ति व्यक्त गर्दछ आफूले गर्ने यही कार्यलाई उसले त्यत्तिकै जायज ठानेको हुन्छ। अन्तमा माथि विश्लेषण गरिएका कुरामा कसैले विमति राख्नुहुन्छ भने पनि त्यो उहाँको नैसर्गिक अधिकार हो। मेरा विचारहरू नै अन्तिम सत्य हुन् भन्ने भ्रमबाट म स्वयं मुक्त हुन चाहान्छु। उल्लिखित पौरुषीय कमजोरीहरूबाट म पनि अछुतो छैन भन्ने कुरालाई निसंकोच स्वीकार गर्दछु।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...