प्रज्ञा प्रतिष्ठान ऐन विरुध्द स्रष्टाहरू

प्रज्ञा प्रतिष्ठान ऐन विरुध्द स्रष्टाहरू

 राष्ट्रिय डेली

 

विराटनगर । प्रदेश १ सरकारले गठन गरेको प्रज्ञा प्रतिष्ठान ऐन २०७९ प्रति स्रष्टाहरू बिरोधमा उत्रिएका छन् । भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास गर्न भन्दै ल्याइएको ऐन प्रति स्रष्टाहरूले विरोध जनाएका हुन ।

ऐन संसोधन हुनुपर्ने माग राख्दै प्रदेश १ का स्रष्टाहरू एकबद्द भएका छन् । शंसोधन नभएमा चरणबद्द आन्दोलनमा उत्रीने समेत उनीहरूले चेतावनी दिएका छन् । बुधबार हिमालय दर्शन कलेजमा पत्रकार सम्मेलन गर्दै स्रष्टाहरूले प्रदेश प्रज्ञा प्रतिष्ठान स्रष्टाको भावना विपरितको भएको बताए ।

प्राज्ञ डा। टंक न्यौपानेले सरकार परिवर्तन भएपछि अलग्गै ढङ्गबाट काम भएको बताए । उनले भने, ‘हामीले सामाजिक विकास मन्त्रालयमा प्रतिवेदनका साथमा विधेयकको ड्राफ पनि दिएका थियौँ । पछि मन्त्रालय टुक्रियो । प्रज्ञा प्रतिष्ठान गठनको जिम्मा पर्यटन तथा संस्कृति मन्त्रालयमा गयो । मन्त्रालयले हामीले दिएको प्रतिवेदन पनि नहेरी गठन गर्यो ।’

मुख्यमन्त्री, मन्त्रीले संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा आफैँ कुलपति, सह–कुलपति, उपकुलपति र अन्य पद ओगटेर प्रतिष्ठान राजनीति नियुत्तीको भर्ती केन्द्र बनाउन खोजिएको उनीहरूको भनाइ छ ।

अहिको प्रज्ञा प्रतिष्ठान ऐनले प्राज्ञिक क्षेत्रको अपमान गरेको न्यौपाने बताउँछन् । उनले भने, ‘हामीले शैक्षिक योग्यता, उमेरको हदबन्दी तोकिएको थिएन । तर अहिले उमेरको हदबन्दी, शैक्षिक योग्यता तोकिएको छ । यो ऐन सरासर गलत छ । गलत मनसायबाट आएको छ । कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजिएको छ । यो संसोधन हुनुपर्छ । नभए हामीलाई मान्य हुने छैन ।’

प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया प्रदेश १ ले पहिला सुरु गरेपनि अरुभन्दा पछि परेको उनको भनाइ छ । ऐन संशोधन नभएसम्म आफुहरू प्रतिष्ठानको केही नबन्ने उनले बताए ।

प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा ल्याएको ऐनले पञ्चायती व्यवस्थाको झल्को दिएको प्राज्ञ खेम नेपालीले बताए । उनले राजनितीक व्यक्ति आफुखुसी घुसेर भाषा, कला, साहित्यलाई पछि पारेको बताए ।

प्राज्ञ गंगा सुवेदीले सरकारले ल्याएको यो ऐनको खुलेर विरोध गर्नुपर्ने बताउँदै राजनीति हावी हुन नदिन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताइन् ।

प्राज्ञ विवश पोखरेलले पञ्चायती शैली पनि यति क्रुर नभएको बताए । उनले भने, ‘प्रदेश सरकारले ल्याएको ऐनले भाषा, साहित्य, कलाका लागि लडेका स्रष्टाहरूको अपमान गरेको छ । यो त पञ्चायती शासन भन्दा पनि क्रुर भयो ।’

वर्षौँदेखि भाषा, कला, साहित्यका क्षेत्रको उत्थानका लागि लागिपरेको बताउँदै उनले ऐन शसंोधन गराएरै छाड्ने बताए । कुनै साहित्यकार लोभमा परेर ऐनलाई समर्थन गरेर जान्छ उसलाई बहिस्कार गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...