बाढी र पहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान

बाढी र पहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान

 राष्ट्रिय डेली

विराटनगर । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ ।

यसैगरी धनकुटामा दुई, इलाम र उदयपुरमा एक–एकजनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । एसएसपी दाहालका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिएर २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । यसैगरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको दाहालले बताए ।

यसैगरी फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घर नजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमै पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको छ । यता, धनकुटाको पाख्रीबास नगरपालिका–५ की ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको दाहालले बताए ।

उता, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । सोही वडाका वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो । अन्य तीनजनाको पहिचान अद्यावधिक भइरहेको दाहालले बताए ।

यता, उदयपुरको रौतामाई गाउँपालिका १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । यसअघि शुक्रबार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

‘बाढी र पहिरोमा परेर सबैभन्दा पाँचथरमा चार जना बेपत्ता भएका छन्,’ एसएसपी दाहालले भने, ‘अनपेक्षित रूपमा आएको बाढीका कारण धेरैजसो ठाउँमा पुलहरू पनि बगाएका छन् भने दर्जनौँ परिवार विस्थापित बनेका छन् । नेपाल प्रहरी २४ घण्टा नै उद्धारमा जुटिरहेको छ ।’ प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् ।

यसैगरी पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् । यता, झापाको गौरीगञ्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

यता, कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशीलाई बिहीबार रतुवा खोलाले बगाएको छ । उनी हालसम्म बेपत्ता छिन् ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...