दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर। भदौ २३ र २४ गते जेनजी समूहको अगुवाइमा भएको आन्दोलनले देशभर राजनीतिक तथा सामाजिक तरंग ल्याएको छ। आन्दोलनका क्रममा दर्जनौं नागरिकहरूले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन्। आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै व्यवसायिक समूहले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय चेन होटल हिल्टन सञ्चालनमा ल्याएको जगदम्बा हस्पिटालिटी ग्रुप, शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनपछिको घटनाक्रममा आफ्नो संस्थामाथि आइरहेका भ्रामक र कपोलकल्पित समाचारहरूप्रति गम्भीर आपत्ति जनाएको छ।
व्यवसायिक समूहका अनुसार, आन्दोलनको क्रममा उनीहरूको भर्खरै सञ्चालनमा आएको होटल हिल्टनमा आगजनी हुँदा करोडौंको क्षति पुगेको छ। यो केवल भौतिक क्षति मात्र होइन, यसले नेपालको व्यापार, पर्यटन र समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको छ विज्ञप्तिमा उल्लेख छ।
उक्त समूहले कोभिड महामारीको समयमा हामी नेपाल नामक संस्थासँग सहकार्य गरी मानवसेवामा सहभागी भएको स्पष्ट पार्दै हालको जेनजी आन्दोलन र त्यसका अगुवा सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको बताएको छ।
कोरोना महामारीका बेला हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हामी नेपाल’सँग सहकार्य गरेका थियौं, तर त्यसयता कुनै सम्बन्ध छैन, विज्ञप्तिमा भनिएको छ। व्यवसायिक समूहले पछिल्ला दिनमा सुदन गुरुङ, दीपक भट्ट इन्फिनिटी होल्डिङ्स र साहिल अग्रवाल शंकर ग्रुप सँग जोडेर आएका समाचारहरूलाई भ्रामक र मानका भरमा बनाइएका बताउँदै खण्डन गरेको छ।
उनीहरूले सञ्चारमाध्यमहरूलाई सत्यता पुष्टि नगरी समाचार प्रकाशन नगर्न आग्रह गर्दै भनेका छन्, कुनै पनि सञ्चारमाध्यमले प्रत्यक्षरूपमा हामीसँग सोधपुछ नगरी तथ्यहीन सामग्रीहरू प्रकाशित गरेका छन्, जसले भ्रम सिर्जना गरेको छ।
होटल हिल्टनमाथिको आगजनीलाई पूर्व नियोजित र कुत्सित मनसायुका आधारमा गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, हाम्रो उद्यमशीलता, लगानी, समय र श्रम खरानीमा परिणत भएको छ तर हामी विचलित छैनौं। फेरि उठ्नेछौं र देशकै लागि केही गर्नेछौं।
अन्त्यमा, समूहले सम्पूर्ण नेपाली नागरिकहरूलाई सामाजिक सञ्जाल तथा अनलाइनमा फैलिरहेका अपुष्ट र भ्रामक सामग्रीहरूमा विश्वास नगर्न अपिल गरेका छन्।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...