कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ : सचिन पोखरेल

कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ : सचिन पोखरेल

 राष्ट्रिय डेली

सचिन पोखरेल
सहसचिव ,नेपाली कांग्रेस विराटनगर महानगर समिति

हालै सम्पन्न अधिवेशनमार्फत अत्याधिक मतका साथ विजयी हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ?
नेपाली कांग्रेस विराटनगर महानगर समितिमा सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएको छु । विजयी अन्य उम्मेदवारभन्दा बढी मत आउनु मेराका लागि सबैभन्दा बढी खुसीको क्षण हो । बढी मत ल्याएँ भनेर हौसिएको छुइँन । ममाथि थप जिम्मेवारी आइपरेको छ भन्ने मैले महसुस गरेको छु । नेपाली कांग्रेस विराटनगरका १९ वटै वडाका बुथ सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यहरूको विश्वास र भरोसालाई टुट्न दिने छुइँन । उहाँहरूले ममाथि देखाउनु भएको विश्वासलाई शिरमा राखेर पार्टीलाई माथि उठाउन अहोरात्र खट्नेछु ।

कांग्रेसभित्र गुटको राजनीति निकै मौलाएको छ, तपाईं पनि कुनै गुटको पछि लागेर नै त सहसचिवमा अत्यधिक मत ल्याउनु भएको होला नि होइन ?
चुनावको बेला गुट र उपगुट हुनुलाई अस्वभाविक मान्नु हुँदैन । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा हुँदा समूह अर्थात् गुट हुन्छ । तर निर्वाचन सम्पन्न भएसँगै गुट र उपगुटको अन्त्य हुनुपर्छ । जहाँसम्म विराटनगर कांग्रेसमा पनि सभापतिदेखि सहसचिव र सदस्यसम्मै प्रतिस्पर्धा भयो । केही सदस्यमा सर्वसम्मत पनि भयो । मलाई आएको मतबाटै म गुटमा थिएँ कि थिइन भन्ने प्रस्ट हुन्छ । कुनै एउटा गुटमा मात्रै भएको भए त्यति धेरै मत आउने थिएन । मलाई सबै नेताहरूको साथ थियो । मैले गुटबाट होइन कांग्रेसबाट जितेको हुँ ।

सहसचिवको कार्यसमितिमा पनि खासै भूमिका हुँदैन, पदका लागि पद त होला नि होइन ?
यही त सोचाइ गलत छ त हामीकहाँ । पद भनेको केही होइन । काम गर्नेका लागि सभापति नै हुनुपर्छ भन्ने छैन । सदस्यले पनि काम गर्न चाह्यो भने राम्ररी काम गर्दछ । भूमिका अरुले हातमा ल्याएर दिने होइन आफूले खोज्ने हो । मेरो सवालमा पनि त्यही हो । म आबद्ध भएको संस्थामा राम्रो काम गरेको छु । कांग्रेस महानगरमा पनि मैले राम्रो काम गर्नेछु भन्ने आत्मविश्वास छ । व्यक्ति भनेको केही होइन पहिलो संस्था महत्वपूर्ण हो । विगतमा के भयो र के गरियो त्यसतर्फ नलागौं । अब कांग्रेस महानगर समितिका हरेक गतिविधि पारदर्शी हुन्छ । हरेक काम सामूहिक भावनाका साथ अगाडि बढाउँछौं । हामीले गर्नुपर्ने धेरै काम छन् ती क्रमशः गर्दै जानेछौं ।

के छन् त्यस्ता तपाईंहरूले गर्ने धेरै काम ?
पहिलो त अहिले राजनीतिप्रति जनतामा निराशा छाएको छ । अघिल्लो कम्युनिष्ट सरकारका कारण मुलुकमा बढेको व्यतिथि, भ्रष्टाचार, अनुशासनहीनता, बलात्कार, महँगीलगायतका कारण आमनेपाली जनतामा नेताहरूप्रति वितृष्णा जागेको छ । यसलाई हामीले चिर्नुछ । मुलुकको विकास गर्ने भनेको राजनीतिमार्फत नै हो । राजनीति भनेको नीतिको पनि नीति हो । अहिले राजनीति धमिलिएको छ । यसलाई सङ्ल्याउनु छ । नेपालमा राजनीतिलाई पेशाका रुपमा अंगिकार गरेको पाइन्छ । राजनीति भनेको पेशा होइन सेवा हो । जबसम्म राजनीतिलाई सेवाका रुपमा आत्मसात गरिँदैन तबसम्म राजनीतिभित्रको विकृति हटेर जाँदैन । निराश जनतालाई आशा जगाउनु हाम्रो पहिलो काम हो । त्यस्तै अब लगातार स्थानीय, प्रदेश र संघीय निर्वाचन आउँदैछ । यही समितिले विराटनगरका १९ वटै वटासहित महानगरमा कांग्रेसको विजय सुनिश्चित गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । सँगै प्रदेश र संघीय निर्वाचनमा विराटनगरमा पर्ने ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउन हामी लाग्नेछौं ।

कम्युनिष्ट सरकारलाई दोष थोपर्नु भयो, अहिले त कांग्रेसकै सरकार छ त, कांग्रेसले चाहिं जनताका काम गरिरहेको छ त ?
अघिल्लो सरकार झण्डै दुई तिहाईको सरकार थियो । केपी ओलीको आफ्नै अहमका कारण सत्ताबाट बाहिरिनु परो । कांग्रेसले जबरजस्ती सत्ता लिएको होइन । कम्युनिष्टहरूले चलाउन नसकेपछि मात्रै कांग्रेसले सरकारको नेतृत्व गरेको हो । कहिल्यै पनि कांग्रेसले सत्तामा जाने हतारो गरेन । किन भने कम्युनिष्टलाई पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने जिम्मेवारी जनताले दिएका थिए निर्वाचनमार्फत । तर, जनताले दिएको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न र टुटफुट भए । कम्युनिष्टभित्रको आन्तरिक विवादका कारण केपी ओलीको सरकार ढल्यो । देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन बाध्यात्मक अवस्थामा कांग्रेस सरकारमा गएको हो । ओलीलाई जस्तो अहिलेको सरकारलाई सजिलो छैन । अहिलेको सरकार गठबन्धन सरकार हो । सबैको चित्त बुझाउनुपर्छ । त्यसो भएकाले काम गर्न गाह्रो छ अहिलेको सरकारलाई । अघिल्लो सरकारले बिगारेका कामलाई सपार्ने काम गरिरहेको छ यो सरकारले । सबै नेपालीलाई खोप लगाउने भनिरहेको छ । भ्रष्टाचारहरू घटेका छन् । कानुनी राज्यको महसुस भइरहेको छ । सीमित स्रोत साधनले जनताका असीमित चाहना पूरा गर्न एकैपटक गाह्रो छ । अघिल्लो सरकारले भन्दा तुलात्मक रुपमा यो सरकारले धेरै नै राम्रा काम गरिरहेको छ ।

अब चाँडै नै क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन हुँदैछ, तपाईं कुन गुटलाई सहयोग गर्नुहुन्छ ?
कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ । सक्षम र क्षमतावानलाई अवसर दिनुपर्छ । अहिलेसम्म कुनै अवसर नपाएका नेता कार्यकर्ता धेरै छन् पार्टीभित्र । त्यस्ता व्यक्तिहरूलाई अवसर दिनुपर्छ । नेताको नजिक भएकै कारण सीमित व्यक्तिले पटक–पटक अवसर पाउने तर पार्टीका लागि काम गर्नेले कहिल्यै पनि अवसर नपाउने अवस्थाको अन्त्य हुनुपर्छ । भिजन भएका नेताहरू अगाडि आउनुपर्छ । त्यसो भएकाले म गुटको विश्वास गर्दिन । चुनावमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भएकै आधारमा कांग्रेसमा गुट उपगुट भयो भन्न मिल्दैन । म हिजो पनि कांग्रेस थिएँ आज पनि कांग्रेस छु र भोलि पनि कांग्रेस नै रहनेछु । अधिवेशनमा म कांग्रेसलाई सहयोग गर्छु ।

 

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...