सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

 राष्ट्रिय डेली

 

पोखरा । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे ।

विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा दरबार चर्चामै थिए । अहिले राज्यको पुनःसंरचना भएको छ । देशमा गणतन्त्र आयो । राजसंस्थाका अवशेषहरू पनि विस्तारै हराउँदै छन् ।

नेपालमा राजतन्त्र छँदासम्म कहिलेकाहीँ पुरानो भूमि कास्कीकोटमा दसैं मनाउन राजपरिवार आइपुग्थे । राजसंस्था नभए पनि अघिल्लो वर्ष पूर्वयुवराज पारस शाह कास्कीकोटमै क्षमापूजा गरेर फर्किए । राजा नभएपछि शक्तिपीठहरूमा राष्ट्रपति आउनुपर्ने हो, जनप्रतिनिधि पुग्नुपर्ने हो । तर अहिलेसम्म कोही पुगेका छैनन् । राज्यको प्रतिनिधिका रूपमा भारद्धाज गोत्रका ठकुरीले परम्परा धानिरहेका छन् । कास्कीकोटमा ६ जना पुजारी छन् । अधिकारी, बराल, त्रिपाठी, तिमल्सिना दुईथरी र बास्तोलाले पूजा गर्ने चलन छ । बर्कामणि, फेवाली, कोटाले र राजा साहेवकर्ता हुन्छन् ।

 

यो चलन अहिले पनि जीवित छ । गणतन्त्र आउनुअघिसम्म टीका, जमरा र नवमीको बलि दरबार पठाउने चलन थियो । ‘पहिले राजाको दसैं भन्ने हुन्थ्यो । नवमीको दिन बलि दिइएको बोकाको दाहिने सपेटो दरबारमा पठाउने चलन थियो । हाम्रा हजुरबुबाहरूले दरबारमै पुगेर राजालाई टीका लगाइदिने चलन पनि थियो,’ कास्कीकोट दरबारका पुजारी ठाकुरप्रसाद त्रिपाठीले भने, ‘पछि हुलाकबाट पठाउन थालियो । अब अहिले कता पठाउने रु अलमल छ । राष्ट्रपतिलाई पठाउने कि कता पठाउने रु न सरकारले ध्यान दियो, न पठाउ भनेको छ ।’ सरकारले पूजाका लागि लाग्ने खर्च नपठाएका कारण आफूहरूले पनि चासो नदिएको उनले सुनाए ।

‘हुन त राज्यले पनि हामीलाई पैसा पठाएको छैन । जाँदाजाँदा हैरान भइसक्यो । पूजा खर्च भनेर सीडीओकोमा गएको पाँच हजार दिए । संस्कार धान्न गुठियारहरूले चलाइरहनुभएको छ । नत्र परम्परा उहिलै हराइसक्थ्यो,’ उनी भन्छन्, ‘राजा नभएपछि टीका जमरा अहिले राष्ट्रपतिलाई पठाउनुपर्ने हो । त्यसो गरिएको छैन ।’

 

परम्परा धान्नका लागि मात्रै आफूहरूले पूजा नछाडेको त्रिपाठी बताउँछन् । ‘परम्परा धान्नै पर्‍यो । ऋण खोजेर १७ वटा बोका र सातवटा राँगाको बलि अर्पण गर्दैछौं,’ उनले थपे, ‘हामीले समितिले ऋण खोजेरै भए पनि बलि दिन्छौं । कम्तीमा दुई लाख ३० हजार बलिमा खर्च हुन्छ । पूजाको अरु खर्च छुट्टै छ ।’ उनका अनुसार बलि दिन जातीय विभेद दरबारमा छैन । सबैले ढुक्कसँग बलि दिने व्यवस्था मिलाइएको दरबारले जनाएको छ ।

कास्कीकोट र अन्य दरबारमा पूजा परम्परा फरक नभएको त्रिपाठीले जानकारी दिए । ‘यो त ओझेलमा परेको ठाउँ हो । यहीँको सिको लमजुङ र लमजुङको सिको गोरखाले गरेको हो, उनी भन्छन्, ‘शक्तिपीठमा पूजाको परम्परा एउटै हो । बलिमा तलमाथि हुन्छ । उता धेरै सम्पत्ति छ, २१ वटा राँगा काट्छन् । हामीसँग पैसा छैन, सातवटा काट्छौं ।’

 

सरकारले हिजोआज शक्तिपीठलाई बजेट छुट्याउन छोडेको छ । यो वर्ष विश्व शान्तिको कामना तथा नेपालको उन्नति र रोगव्याधी हरणको निमित्त संकल्प गरेर पूजा गरिएको हो । ‘कोरोनाले अघिल्लो वर्ष राम्रो भएन । अहिले कोरोना पनि घटेको छ । सामाजिक दूरी कायम गरेर भक्तालु आउनुहुन्छ,’ उनी भन्छन्, ‘पूजा परम्परामा पनि कोभिडले थोरै असर गरेको छ । तर रौनक केही फेरिएको छैन, तरिका फेरिएको छैन ।’ शास्त्रीय पद्धतिअनुसार चल्ने भएकाले परिवर्तन नभएको बरु पहिले हराएका विधिलाई थपिएको उनको भनाइ छ ।

 

कास्कीकोटमा तान्त्रिक र वैद्धिक दुवै पूजा हुन्छ । बानदार ६ जना र पाला पुजार १२ गरी १८ जना दशमीका दिनसम्म दरबारमै बस्छन् । षष्टीको दिन त्रिपाठीहरू पोखराकै रामघाट गएर सप्तमीको दिन डोलीसहित फूलपत्र भित्र्याउने चलन छ । त्यसपछि नेपालकै पुरानो टुँडिखेल कुलमण्डन पार्कमा सरुन प्रवचनसहित अष्टमीमा राति कालरात्रीको महावलि पूजा गर्ने चलन छ ।

नवमीमा सबै भक्तजनका लागि पन्चवली पूजा हुन्छ । होम हुन्छ, वेद र चण्डी पाठ हुन्छ । दशमीको दिन टीका लगाएर वासपानी कुण्डमा लगेर विसर्जन गर्ने चलन छ । ‘मान्छेहरू उत्साही छन् । विशेष कारणले नआउने हुन सक्छ, तर उत्साह र प्रचलन घटेको छैन,’ पुजारी त्रिपाठी भन्छन्, ‘परम्परा नहराओस् भनेर नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न थालेका छौं ।’ कास्कीकोटसहित पोखराका विन्ध्यावासिनी, तालबाराही, केदारेश्वर जस्ता महत्वपूर्ण पीठहरूमा पनि परम्पराअनुसार दसैं पूजा हुँदै आएको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...