दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् ।
०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका थापा आफैंले अर्गानिक रूपमा तरकारी खेती गर्दै आएका छन् । ६ वर्षदेखि नेपाल सरकारको करारको रूपमा जागिर गर्दै आएका उनी यतिबेला तरकारी खेतीमा सक्रिय छन् । बिदाको समयमा थापा आफ्नै तरकारी खेतीमा व्यस्त हुन्छन् ।
लसुने बजार नजिकै पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका थापाले अर्गानिक तरकारी उत्पादनलाई जोड दिँदै आएका छन । समुद्री सतहदेखि करिब २३ सय मिटर उचाइमा उनले नेचुरल हाइटेक निर्माण गरी अर्गानिक तरकारी खेती सुरु गरेका हुन् ।
कृषि प्राविधिकको रूपमा लामो समय काम गर्दै आएका थापाले आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोगमा ल्याएको बताए । ‘मसँग भएको दक्षता र क्षमतालाई प्रयोग गरी अर्गानिक रूपमा तरकारी खेती गर्दै आएको छु । मानव स्वास्थ्यका लागि स्वास्थकर हुनुको साथै बजारमा पनि राम्रो मूल्य पाउने भएकाले अर्गानिक तरकारी खेती गर्दै आएको छु,’ उनले भने ।
फिर्के साना किसान उघुउद्यम कृषि सरकारी संस्थामा आबद्ध थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत सहकारीको समन्वयमा पन्ध्र प्रतिशत आफ्नो लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गर्दै आएका छन । उनले हाइटेकमा गोलभेडा, रायो, अकबरे, सयपत्री फूल, लसुनलगायतका तरकारी लगाएका छन्। हाइटेकमा बेमौसमी गोलभेंडा फलाउँदै आएका छन् । यस वर्ष एक सय ३० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडा बिक्री भएको थापाले बताए ।
उनकी श्रीमती सम्झनाले घरमै अनिस कृषि भण्डार सञ्चालन गर्दै आएकी छन् । घरमै रहेको कृषि भण्डारसँगै तरकारी खेतीमा पनि उनी सक्रिय छिन् । सम्झना भन्छिन्, ‘घरमै कृषि भण्डार सञ्चालन गर्दै आएकी छु । यो सँगै तरकारी खेती हाम्रो मुख्य आम्दानीको स्रोत हो । बजारमा घर भए पनि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी लिँदै आएका छौं ।’ तेह्रथुममा पछिल्लो समय अन्नबालीभन्दा पनि नगदेबालीलाई किसानहरूले जोड दिँदै आएका छन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...