दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर / उद्योगी एवं समाजसेवी महेन्द्र गोल्छाको १२ औं स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उद्योगपति गोल्छाले औद्योगिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चासमेत गरियो ।
गोल्छाको स्मृतिमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयम रहेको गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गरे । गोल्छाले उद्योग÷व्यवसाय क्षेत्रको हित, व्यावसायिक एकतामा पु¥याएको योगदानलाई स्मरण गर्दै उनले तत्कालीन समयमा औद्योगिक विकासका लागि दीर्घकालीन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो–इण्डष्ट्रियल लिंकेज, नो वर्क–नो पे को अवधारणा अहिले पनि उत्तिकै महत्व रहेको बताए ।
संगठनका पूर्वअध्यक्ष दिनेश गोल्छाले संगठनले उद्योगी÷व्यवसायीको सामूहिक हितका साथै श्रमिकको हक एवं औद्योगिक क्षेत्रको सर्वाङ्गिण विकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनुपर्ने महेन्द्र गोल्छाले सदैव जोड दिने गरेको स्मरण गरे ।
बिहीबार नै उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उद्योगमा कार्यरत महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संगठनले सबै उद्योगहरूमा भेन्डिङ मेसिन राख्ने अभियान स्वरुप मोरङको टंकिसीनुवारीस्थित दुगड फुड एण्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन सञ्चालनमा ल्याई कार्यक्रमको शुभारम्भ गरेको छ ।
त्यसैगरी संगठनले यसअघि नै गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी गोल्छाको योगदानलाई चीरकालसम्म स्मरणीय बनाउन केन्द्रमार्फत आर्थिक विकासका विविध आयामहरूमा अध्ययन अनुसन्धानतथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्ताहरूलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कार्यक्रममा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य सुवोध कोइराला, सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, इन्द्र खत्री, पारस लुनिया, शौरभ सारडा, महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजु, सदस्यहरू प्रतिभा पौडेल, लक्ष्मी घिमिरे, सावित्रा ढकाल, गोल्छाका छोरा पारस गोल्छालगायत उद्योगीहरूको सहभागिता रहेको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...