नेपालमा मौद्रिक नीतिको अभ्यासका विषयमा अन्तरक्रिया

नेपालमा मौद्रिक नीतिको अभ्यासका विषयमा अन्तरक्रिया

 राष्ट्रिय डेली

विराटनगर ÷ उद्योग संगठन मोरङले वित्तीय स्थायित्वमा आइपर्ने चुनौतीको सम्भावना, मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय क्ष्ँेत्रको निरीक्ष्ँण र सुपरीवेक्षणका साथै समकालीन आर्थिक विकासका विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
संगठनका पूर्वअध्यक्ष्ँ महेन्द्र गोल्छाको १२ औं स्मृतिको अवसर पारेर उद्योग संगठनले नेपालमा मौद्रिक नीतिको अभ्यासर समकालिन आर्थिक विकास विषयक अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले वित्तीय क्ष्ँेत्र स्थिर नभएकाले दीर्घकालीन महत्व बोकेका परियोजनाहरूको लगानीमा प्रभाव परिरहेको बताए । उनले वित्तीय स्थितरताका लागि निरीक्षण र सुपरीवेक्षण आवश्यक भएको बताए । उनले भने, “स्वस्थ्य वित्तीय प्रणालीको विकास एवं सवलीकरण गरी सामाजिक जवाफदेहितासहित सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नुपर्ने विचार व्यक्त गर्दै मौद्रिक नीतिको समीक्षा गरी विद्यमान वित्तीय संकटको दीर्घकालीन समाधान गर्न सुझाव दिए ।
कार्यक्रममा प्रमुख वक्ता नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले कर्जा, पूँजी र निक्षेपको अनुपातलाई ध्यानमा राखी लगानी गर्नुपर्ने सुझाव दिँदै वित्तीय क्षेत्रमा असहज अवस्था सिर्जना हुँदा नेपाल राष्ट्र बैंकले रिपो जारी गर्दै आएको बताए । उनले वित्तीय जोखिम व्यवस्थापनका लागि कर्जा निक्षेप अनुपात, कर्जा धितो मूल्य अनुपात, कर्जा सीमा र तरलता अनुपातमा केन्द्रीय बैंकले निर्देशन जारी गर्ने गरेको बताउँदै बैंक तथा वित्तीय क्षेत्रको सूक्ष्म विश्लेषण गरी आफ्नो क्षेत्रबाट निजी क्षेत्रले खबरदारी गर्न सुझाव दिए ।
पूर्वकार्यकारी निर्देशक थापाले मौद्रिक नीति तय गर्दा आधारभूत सिद्धान्त, निर्देशन, योजना र प्राविधिक पक्षलाई आधार मानेर निर्धारण गरिने बताउँदै समीक्षा अवधिमा नीतिले लिएको लक्ष्य प्राप्त भएको कि भएन, के कस्ता कमी कमजोरी भए त्यसलाई सच्याउँदै परिमार्जन गर्नुपर्नेमा जोड दिए । समकालीन आर्थिक विकासले मौद्रिक नीतिको दिशा र दायरालाई तय गर्ने बताउँदै देशको समसामयिक आर्थिक विकासको विश्लेषण गर्दा राष्ट्रिय नीतिलाई केन्द्रमा राखेर गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा टिप्पणी गर्दै अर्थशास्त्री डा. अर्जुन बरालले मौद्रिक नीति राज्यको आर्थिक नीति निर्धारणका लागि महत्वपूर्ण पाटो भएकाले कर्जा व्यवस्थापन र व्याजदर निर्धारणमा मौद्रिक नीतिको सान्दर्भिककता बढिरहने बताए । उनले मौद्रिक नीतिको तर्जुमा गर्दा कार्यन्वयनको गहनतालाई र त्यसको परिणामलाई प्रभावकारितामा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा एकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय स्नात्तकोत्तरमा अध्ययनरत पाँच छात्र तथा छात्रालाई विभिन्न विद्यामा अनुसन्धान तथा शोधका लागि बढीमा पचास हजार सहयोग गर्ने घोषणा महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रका संयोजक विजु थपलियाले गरे ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...