दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका हुन् । भारतले पाँच खेलबाट आठ अंक जोड्यो । पाकिस्तान ६ अंकसहित समूह उपविजेता बन्यो । समूह चरणको अन्तिम प्रतिस्पर्धामा नेदरल्यान्ड्सलाई हराउँदा दक्षिण अफ्रिका सहजै सेमिफाइनलमा पुग्ने थियो । नेदरल्यान्ड्स पराजित हुँदा एक खेलअगाडि नै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुने थियो ।
तर, नेदरल्यान्ड्स बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकामाथि जित निकाल्दा विश्वकपमा पुनः एकपटक अप्रत्याशित नतिजा आयो । दक्षिण अफ्रिका पाँच अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित निकाली अन्तिम चारको सम्भावना बलियो बनाएको थियो । लगातार दोस्रो हारले दक्षिण अफ्रिकाको विश्वकप यात्रा सुपर १२ सम्म मात्र सीमित भयो । दक्षिण अफ्रिका पाकिस्तानसँग चौथो खेलमा पराजित भएको थियो । नेदरल्यान्ड्स र बंगलादेशले समान चार अंक जोडेका छन् । तीन अंक जोडेको जिम्बावे समूह चरणबाटै बाहिरिएको छ ।
दक्षिण अफ्रिकालाई समूहको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइन पुग्ने सुनौलो अवसर थियो । तर, एडिलेडमा नेदरल्यान्ड्सलाई १३ रनले नजिता सुम्पिँदा दक्षिण अफ्रिका लज्जास्पद हार बेहोर्न बाध्य भयो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रन मात्र बनाएको थियो ।
साहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै अन्तिम चारको स्थान बनायो । बंगलादेशले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य पाकिस्तानले १८।१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सको जितले एक खेलअघि नै सेमिफाइनल पुगेको भारतले अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित ग¥यो । एक सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनमा समेटिएपछि भारत शीर्ष स्थानमा रहने पक्का भएको थियो ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...