ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

 राष्ट्रिय डेली

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् ।

ग्रामथान गाउँपालीकामा हुन लागेको उपनिर्वाचनमा तिन ठुला राजनितिक दलको भिडन्त देखीन्छ । चुनावी माहोलमा प्रमुख तीन राजनीतिक दलबीचमा नै प्रतिस्पर्धा हुने अनुमान जनताहरुले गरेका छन् ।

ग्रामथानको साविक विजेता नेपाली कांग्रेस, निकटतम प्रतिस्पर्धी नेकपा एमाले र तेस्रो अवस्थामा रहेको दल नेकपा माओवादी केन्द्र गरी यिनै दलहरुको पक्षमा ग्रामथानको चुनावी माहोल तयार भएको स्थानीयहरु बताउँछन्।

हुन त राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस पटक चुनाव प्रचारप्रसारलाई अलि व्यवस्थित रुपमा अगाडि बढाइरहेको देखिएको छ।

त्यसले गर्दा पनि गत २०७९ मा सम्पन्न भएको निर्वाचनमा ती दलहरुले प्राप्त गरेको मतको हिसाब यस पटकको ग्रामथानको निर्वाचनमा ठ्याक्कै मेल नखाने सम्भावना पनि देखिन्छ।

कांग्रेस छोडेर एमाले गएका तुलसीराम विश्वास र नमोनारायण माझी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कारण पनि कांग्रेसलाई गत निर्वाचनमा प्राप्त भएको मत जोगाउन कठिन पर्नसक्ने अनुमान स्थानियहरुको छ।

कांग्रेस कार्यकर्तामाझ तुलसीराम र नमोनारायण माझी दुवै परिचित अनुहार भएका कारण उनीहरु दुवैले कांग्रेस मत प्रभावित गर्नसक्ने उनीहरु बताउँछन्।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा झण्डै १५ सय बढी मत कांग्रेस उम्मेदवारले प्राप्त गरेका थिए।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेको मत एमालेको भन्दा आधा र कांग्रेसले प्राप्त गरेको मतको करिब ३५ प्रतिशतमात्र थियो। त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४७ मतमात्र प्राप्त गरेको थियो।

त्यसो त चुनावी माहोल हेर्दा माओवादीका उम्मेदवार नमोनारायण माझीले नेकपा एमालेसँग प्रतिस्पर्धाको वातावरण बनाइसकेको देखिन्छ भने कांग्रेसको मतलाई आफूतिर आकर्षित गर्ने प्रयासमा उनले गरिरहेका छन्।

यो माओवादीका नेता अमनलाल मोदिको समेत क्षेत्र भएका कारण पनी माओवादी आक्रामक तरिकाले चुनाव प्रचार प्रसारमा लागि परेको छ । त्यसैले पनि आफ्नो दलको उम्मेदवारलाई विजयी बनाउने दौडमा मोदी आफैँ चुनावमा खटिरहेका छन्।

नेकपा एमालेलाई भने यस निर्वाचनमा अघिल्लो पटक स्थानीय तहमा प्राप्त गरेको मत जोगाउन सक्नु नै उपलब्धि हुने स्थानीयको तर्क छ।

गत निर्वाचनमा ४ नम्बर वडाबाट प्राप्त गरेको मत भने यसपटक एमालेले गुमाउनसक्ने स्थानीयको अनुमान छ। त्यस वडाका नेता शिवनारायण माझी उम्मेदवार बन्न नसकेका कारण उक्त वडाका एमाले मतदाताहरुको मत बाँडिएर जानसक्ने अनुमान स्थानीयको छ।

यद्यपि एमाले पनि कमजोर भने छैन। किनभने उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेर कांग्रेसको जनाधारलाई भत्काएको एमाले अहिलेको उपनिर्वाचन आफू जित्नेमा ढुक्क रहेको दाबी गर्छन्।

नेकपा माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बूले आफूहरुले चुनाव जित्ने दाबी गरे पनि ग्रामथानमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा भने राम्रो हुने चुनावी माहोलले देखाएको उनी बताउँछन्।

कांग्रेस र एमालेको केही मत घट्ने र माओवादीको मत बढ्ने अवस्थाले ग्रामथानमा तीन प्रमुख पार्टीबीच नै प्रतिस्पर्धा हुने उनको मात्रै होइन त्यस क्षेत्रका सरोकारवालाहरुको पनि अनुमान छ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...