मूल्य घटेपछि सुनको माग बढ्यो

मूल्य घटेपछि सुनको माग बढ्यो

 राष्ट्रिय डेली

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउँछन्।

ुबजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ। सस्तो भएपछि मान्छेले किन्न खोज्छन्ु, उनले भने। सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ। आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको थियो। त्यस्तै, आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ। उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो।

सुन आयातको अधिकार वाणिज्य बैंकहरूले पाएका छन्। भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छु, उनले भने। नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ। सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ। उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन्।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...