विराटनगर महानगरको राजस्व संकलनमा जेनजी आन्दोलनको असर

विराटनगर महानगरको राजस्व संकलनमा जेनजी आन्दोलनको असर

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगर महानगरपालिकाको राजस्व संकलनमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको राजस्व संकलनको तथ्यांक हेर्दा निराशाजनक देखिएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा महानगरले १४ करोड २७ लाख ५४ हजार मात्रै आन्तरिक आम्दानी गर्न सकेको छ । यस अवधिमा महानगरले २२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा झण्डै ८ करोड कम राजस्व असुल गरेको छ । गत आवको यही अवधिमा महानगरले १७ करोड ९५ लाख ८८ हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको राजस्व संकलन गत आवको भन्दा करिब ३ करोडले कमी हो । गत आवमा यस अवधिमा महानगरले २१ करोड राजस्व संकलनको लक्ष्य राखेको थियो ।

गत आवभन्दा राजस्व असुली घट्नुमा जेनजी आन्दोलनको असर भएको महानगरको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सरोज गौतम बताउँछन् । उनका अनुसार करदाताहरू नै अन्यौलमा रहेका छन् । ‘राजस्व असुलीमा कमी आउनुमा आन्दोलनकै असर हो भन्न सकिन्छ,’ गौतमले भने, ‘आन्दोलन नभएको भए लक्ष्य भेट्टाउने सम्भावना थियो । किनभने समयमै कर तिर्नुपर्छ भन्ने सचेतना करदाताहरूमा विगतमा भन्दा जागृत हुँदै गएको छ ।’

सम्पत्ति कर, भूमिकर, मालपोत, बहाल कर, बहाल बिटौरी कर, सवार साधन कर साना सवारी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, व्यवसाय भुक्तानी गर्ने, अखेटोपहारमा लाग्ने कर, अन्य कर, विद्युत सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत, प्रदूषण नियन्त्रण शुल्क, व्यवसाय करलगायत विभिन्न शीर्षकबाट महानगरले राजस्व असुली गर्दै आएको छ ।

महानगरले चालु आर्थिक वर्षको साउन–कात्तिक मसान्तसम्म आन्तरिकसहित, संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँडबाट कुल ७९ करोड ७७ लाख ७९ हजार आम्दानी गरेको छ । जसमध्ये आन्तरिकतर्फ १४ करोड, २७ लाख ५४ हजार, संघीय सरकारतर्फ ३५ करोड ३५ लाख ७० हजार, प्रदेश सरकारतर्फ २ करोड ३० लाख ३८ हजार, राजस्व बाँडफाँडबाट १२ करोड ८५ लाख १५ हजार र नगद मौज्दात १४ करोड ९९ लाख २ हजार रहेको छ ।

यसै अवधिमा ४१ करोड ३३ लाख ६१ हजार खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार जसमध्ये चालुतर्फ ३४ करोड ७३ लाख ६१ हजार र पुँजीगततर्फ ६ करोड ५९ लाख ९९ हजार ८ सय खर्च भएको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० करोडको बजेट ल्याएको छ । जसमध्ये १ अर्ब ४० करोड आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखिएको छ । गत आवमा महानगरले १ अर्ब १० करोड लक्ष्य राखेकोमा ६२ करोड ८५ लाख ४९ हजार ९ सय रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।

मेयर नागेश कोइरालाले विराटनगर महानगरमा मात्रै नभएर सबै क्षेत्रमा आन्दोलनको असर परेकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले अझै ८ महिना बाँकी रहेकाले लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

यसैबीच, महानगरले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी टेन्टभित्रै सञ्चालन गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको गोष्ठीमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा। दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपद तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ । स्थान अभावकै कारण महानगरले समीक्षा गोष्ठी टेन्टभित्र आयोजना गरेको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...