‘मोडर्न एरा लिटल च्याम्स’ सिजन ४ मा २४५ विद्यार्थीको सहभागि

‘मोडर्न एरा लिटल च्याम्स’ सिजन ४ मा २४५ विद्यार्थीको सहभागि

 राष्ट्रिय डेली

 

विराटनगर ।विराटनगरस्थित एक अग्रणी शैक्षिक संस्था मोडर्न एरा स्कूलमा ‘मोडर्न एरा लिटल च्याम्स’ सिजन ४ शुरु भएको छ। आज स्कूल परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरि प्रतिस्पर्धाको शुरुवात गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहेको बताए। उनले भने ‘मोर्डन एरा स्कूलले आफ्नो विद्यार्थीहरूको क्षमता र सिर्जनात्मकतालाई उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गरेर समाजमा एक सकारात्मक सन्देश दिएको छ ।’

यस सिजनको प्रतियोगितामा तीन प्रमुख विधाहरु सञ्चालन हुनेछ । जसमा नृत्य, गायन र मोडलिङ हुनेछ । प्रत्येक विधामा विद्यार्थीहरूले आफ्ना कला र क्षमतालाई प्रदर्शन गर्नेछन्। आजदेखि तीनवटै विधामा अडिसनको प्रक्रिया सुरु भएको जानकारी कार्यक्रमका संयोजक गीता अग्रवालले जानकारी दिइन् । उनले भनिन्, ‘गायन विधामा ५०, नृत्यमा १२५ र मोडलिङमा ७० विद्यार्थी गरि जम्मा २४५ विद्यार्थीहरूको प्रतिस्पर्धामा सहभागि हुनेछन्।’

प्रतियोगिताको फाइनल कार्यक्रममा तीनवटै विधामा विजेता चयन गरिनेछ। नृत्यमा १० जना, गायनमा ५ जना र मोडलिङमा १२ जना विद्यार्थी फाइनलमा पुग्नेछन्। प्रतियोगिता आगामी माघ २५ गते, अर्थात् अभिभावक दिवसको अवसरमा सम्पन्न हुनेछ। उक्त प्रतियोगितामा कक्षा २ देखि ९ सम्मका विद्यार्थीले भाग लिएका छन् ।

‘मोर्डन एरा लिटल च्याम्स’ प्रतियोगिता प्रत्येक वर्ष नियमित रूपमा आयोजना भइरहेको छ । यसले विद्यार्थीहरूलाई आफ्नो कला र क्षमताहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ। यस कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना सिर्जना गर्न साथै उनीहरूको आत्मविश्वास बढाउने काम गरेको स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए ।

यस प्रतियोगिताले विद्यार्थीहरुमा उत्साह र जोशको माहौल सिर्जना गर्ने स्कुलले जनाएको छ । यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो मनपर्ने क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै, विद्यालयका शैक्षिक उद्देश्यलाई अझ प्रगति र उन्नति गर्ने वातावरण तयार गरेको बताइएको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...