पूँजीबजारका संरचना प्रदेशस्तरमा विस्तार गर्न माग

पूँजीबजारका संरचना प्रदेशस्तरमा विस्तार गर्न माग

 राष्ट्रिय डेली

 

विराटनगर ÷ पूँजी बजारका संरचनाहरूलाई प्रदेशस्तरसम्म विस्तार गर्न माग गरिएको छ ।
शनिबार विराटनगरमा आयोजित प्रदेश स्तरीय पूँजीबजार सचेतना कार्यक्रममा सहभागिहरूले धितोपत्र बोर्ड नेप्से, मर्चेन्ट बैंक लगायतका संरचना प्रदेशस्तरमा पनि विस्तार गर्न सरोकारवालाहरूले माग गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले पूँजी निजी क्षेत्रले सिर्जना गर्ने बताए । उनले प्रदेश–१ मा पूँजी सृजना गर्ने पर्याप्त आधारहरू रहेको बताए । काठमाडौं बाहिर पूँजी उत्पादन कार्यमा तदारुकता नदेखाएको उनको गुनासो छ । उहाँले सहकारीको लगानीलाई संरक्षण गर्न सके पूँजीको विस्तार संगठित रुपमा अघि बढ्ने बताए ।

 

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश–१ का सल्लाहकार अविनाश बोहराले नेपालको पूँजीबजारको साइज ३६ खर्बको रहेको जानकारी दिए । उनले नियमनकारी निकायको पारदर्शिताको अभावले पूँजीबजार धेरै अस्थिर रहेको बताए । उनले देश संघीयतामा गए पनि पूँजीबजार अझै काठमाडौं केन्द्रित रहेको गुनासो गरे ।
कार्यक्रममा नेपाल धितोपत्र वोर्डका कार्यकारी निर्देशक निरज गिरीले पूँजी बजारको साइज बढे पनि नेपाली शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको बताए । उनले नेपालको शेयर बजारमा उत्पादनमूलक क्षेत्रलाई ल्याउन उपयुक्त नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको धारणा राखे ।

 

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले राज्यको निती पूँजीबजारमैत्री रहेको बताउनुभयो । उनले ३ खम्बे अर्थनितीले पनि निजी क्षेत्र र पूँजीबजारलाई सँगै लिएर जाने स्पष्ट पारेको बताए । उनले नेपालको आर्थिक अवस्थालाई हेर्दा पूँजीबजारको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे । आर्थिक पत्रकार संघ र नेपाल मर्चेन्ट बैंकर एशोसियसनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रदेश १ का पूँजीबजारमा क्रियाशिल लगानीकर्ताहरू, उद्योगी व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...