जनताबाट उठेको करको एक पैसा तल–माथि हुन नदिने मेयरको प्रतिबद्धता

जनताबाट उठेको करको एक पैसा तल–माथि हुन नदिने मेयरको प्रतिबद्धता

 राष्ट्रिय डेली

 

विराटनगर÷ विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ््नुका साथै कर संकलन अभियान सुरु गरेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।

चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो । विराटनगर–४ स्थित ढाटबाट महानगरका मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको र फोहोरको सदस्य बने÷नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो । “महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,” उनले भने, “आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।” उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तल–माथि हुन नदिने प्रस्ट्याए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए ।

कर संकलन नभएसम्म जनताको अपेक्षाअनुसार विकास निर्माण हुन नसकेको मेयर कोइरालाले बताए । उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको उनले उल्लेख गरे । “बैंकिङ कारोबारका लागि मात्रै व्यवसायीहरू करको दायरामा आएको पाइयो,” उनले थपे, “अब सबैलाई करको दायरामा आउँछौं । खाली हामी कर मात्रै संकलन गर्दैनौं उठेको करलाई विकास निर्माणमा लगाउँछौं ।” मेयर कोइरालाले उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।

उपमेयर कार्कीले अभियानअन्तर्गत जनताका समस्या पनि बुझ्ने जानकारी दिइन् । उनले खानेपानी, सरसफाई, विद्युतलगायतका समस्या बुझ्ने र सम्भव भएसम्म तत्काल सम्बोधन गर्ने बताइन् । “यो अभियान कर संकलन गर्ने मात्रै होइन जनताका समस्या पनि बुझ्ने अभियान हो,” उपमेयर कार्कीले भनिन्, “आजै पनि विद्युतको समस्या टिपाउनु भएको थियो हामीले तत्कालै सम्बोधन ग¥यौं ।” अभियानको पहिलो दिन मंगलबार ढाट आसपास सञ्चालित किराना पसलसहित विभिन्न व्यवसायको अनुगमन गरिएको थियो । सो क्रममा महानगरका कर्मचारीहरूले सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको, फोहोरको सदस्य बने÷नबनेको हेरेका थिए । दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको थियो । अभियानकै एउटै उद्देश्य राजस्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । अभियान महानगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए । पहिलो दिन व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “व्यापारी र व्यवसायीबाट राम्रो रेस्पोन्स आएको छ । दर्ता र नवीकरण नगरेका व्यवसायीहरूले दुई–चार दिनमै गर्ने कमिटमेन्ट गर्नु भएको छ ।”

अभियानअन्तर्गत सरसफाई, फोहोरको व्यवस्थापन, बिजुलीबत्ती, खानेपानीलगायतका समस्याका विषयमा समेत जानकारी लिइनेछ । महानगरको अभियान अत्यन्तै सकारात्मक भएको व्यवसायीहरूले बताएका थिए । महानगरको अभियानमा आफूहरूको साथ रहने व्यवसायी रञ्जित रोकाले बताए । “जनप्रतिनिधिहरूको अहिले नै कमेन्ट गर्ने समय भएको छैन,” रोकाले भने, “उहाँहरू जितेर गएको पनि धेरै भएको छैन । तर उहाँहरूले सुरुवात राम्रो गर्नु भएको छ । राम्रो कामका लागि व्यवसायीको सधैं साथ रहन्छ ।” गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...