दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । आसन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई सभापति बनाउन कोइराला परिवार एकैठाउँ उभिएका छन् ।
१४ औं महाधिवेशनमा छिन्नभिन्न भएका कोइराला परिवार यस पटक भने एकैठाउँ उभिने निश्चित भएको छ । शेखरलाई सभापति बनाउने विषयमा डा. शेखर, डा. शशांक र सुजाताबीच आन्तरिक सहमति भइसकेको स्रोतले बताएको छ ।
यसअघि नै पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले डा. शेखरलाई सभापति बनाउन आफूले सहयोग गर्ने घोषणा गरिसकेकी छन् । शेखरको पक्षमा सुजाताले सार्वजनिक स्थलमा समेत खुलेर बोल्ने गरेकी छन् । उनी शेखरको सचिवालयमा समेत पुगेर नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने गरेको शेखर निकट एक नेताले बताए ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि शेखरलाई नै सभापति बनाउन सहयोग गर्ने आन्तरिक सहमति भएको स्रोतको दाबी छ । ‘यसपटक जसरी पनि शेखर दाइलाई सभापति बनाउने पक्षमा शशांक दाइ र सुजाता दिदीसमेत सहमत हुनुभएको छ,’ शेखरनिकट एक केन्द्रीय सदस्यले ब्रेकिङ नेपाल न्यूजलाई भने, ‘आउँदो महाधिवेशनमा कोइराला परिवारबाट शेखर दाइ नै सर्वसम्मत सभापतिको उम्मेदवार बन्नुहुनेछ ।’
शेखरलाई सभापति बनाउने संकेत डा. शशांकले दिइसकेका छन् । मंगलबार चितवनका सञ्चारकर्मीहरूसँगको कुराकानीमा शशांकले दाजु शेखर कोइरालासँग परामर्श जारी रहेको बताउँदै भने ‘दुईजनामध्ये एकजना मात्र सभापतिका उम्मेदवार बन्नेछौं । विगतको जस्तो यसपटक हुँदैन । जो सभापति भए पनि हामी एकठाउँमा हुनेछौं ।’
महाधिवेशन घोषणासँगै कांग्रेसलाई चलायमान बनाउन शेखर नै सभापति बन्नुपर्ने कार्यकर्तास्तरबाट समेत आवाज उठ्न सुरु भएको छ । कार्यकर्ताहरूले विभिन्न सामाजिक सञ्जालमार्फत शेखरलाई सभापति बनाउन अभियान सञ्चालन गरिरहेका छन् ।
१४ औं महाधिवेशनमा शशांकले शेरबहादुर देउवालाई सभापतिमा सघाएका थिए । सुजाता भने प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । पहिलो चरणमा सभापतिमा देउवा, कोइराला र सिंहले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको निर्वाचनबाट सिंह बाहिरिएपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला प्रकाशमान र सुजाताले देउवालाई नै सहयोग गरेका थिए । १५ औं महाधिवेशनमा कति जना बीच सभापतिमा प्रतिस्पर्धा हुने भन्ने टुंगो लागिसकेको छैन ।
कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी पुस २६ देखि २८ गतेमा १५ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशन घोषणा भएसँगै पार्टीभित्र नयाँ ध्रवीकरण सुरु भएको छ । हाल कांग्रेसको क्रियाशील सदस्य संख्या झन्डै ८ लाख ७५ हजार छ । त्यत्तिकै नयाँ सदस्यता वितरण गर्ने निर्णयसमेत केन्द्रीय समितिले गरेको छ ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...