विराटनगर । विराटनगर २ मा रहेको लर्ड बुद्ध निकेतन स्कूलले सात दिने ईसीए कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सातै दिन विद्यालयका विद्यार्थीहरूले विभिन्न अतिरिक्त गतिविधिहरूमा उत्साहपूर्वक सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
सप्ताहभर सञ्चालन भएका चित्रकला प्रतियोगिता, कविता, राइम्स प्रतियोगिता, गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, क्विज प्रतिस्पर्धा तथा वाद–विवाद प्रतियोगिता जस्ता गतिविधिहरूमा कक्षा नर्सरि देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । । भिन्न भिन्न प्रतियोगितामा ३०० भन्दा बढी विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
समापन दिवसमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यालयका अनुसार विभिन्न अतिरिक्त गतिविधिका ५० जना उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयले पुरस्कृत गरेको थियो ।
विद्यालयको यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनात्मक क्षमता र नेतृत्व सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विद्यालयको रहेको छ ।
Post Views: 255