राष्ट्र बैंकले २ खर्बको ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले २ खर्बको ऋणपत्र जारी गर्ने

 राष्ट्रिय डेली

विराटनगर। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। बुधबार सम्पन्न समिति बैठकबाट कुल २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरिएको हो। राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताएका छन् ।

२ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत भएको छ । तर २ खर्ब रुपैयाँ नै एकैपटक जारी हुँदैन,’ डेपुटी गभर्नर मिश्र भन्छन्, ‘बजारमा तरलताको अवस्था हेरेर एक पटकमा बढीम ५० अर्ब र न्युनतम २० देखि २५ अर्ब रुपैयाँको ऋणपत्र जारी हुन्छ।’ बजारमा कर्जाको माग नहुने तर निक्षेप निरन्तर बढ्दा अधिक तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गरिरहेको छ । केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत अल्पकालीन र मध्यमकालीन अवधिका लागि निरन्तर तरलता प्रशोचन गरिरहेको हो ।

त्यसले पनि मौद्रिक नीति ‘लिक्विडिटी ट्याप’ मा परेर मौद्रिक औजारको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि केन्द्रीय बैंकले ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत दीर्घकालीन अवधिका लागि तरलता प्रशोचन गर्ने भएको छ । २ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएको हो । अब खुला बजार कारोबार समितिले स्वीकृत ऋणपत्र निकाष्सनको लागि निष्कासन तालिका तयार पार्नेछ ।ल्बदष् िद्यबलप द्दण्डद्द द्ययह

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै राष्ट्र बैंक ऋणपत्रमार्फत बजारमा अधिक तरलता भएको रकम प्रशोचन गर्ने घोषणा गरेको थियो । केन्द्रीय बैंकले मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुनेगरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको थियो ।

तर, आर्थिक वर्षको दोस्रो त्रैमास सकिन लाग्दा पनि उक्त लक्ष्य हासिल गर्न नसकेको देखिन्छ । खुला बजार कारोबारका औजारहरूमध्ये केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल प्रयोगमा ल्याएको छ । त्यसले संरचनागत प्रकृतिको तरलता व्यवस्थापन प्रभावकारी बनाउन सकेको देखिँदैन ।

गत असार अन्तिम साता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशत र करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरेको थियो । साथै नीतिगत दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको लक्ष्यअनुसार भारित औसत अन्तरबैंक दर पनि ४.५ प्रतिशतको आसपास हुनुपर्ने थियो ।

दशैं र तिहारको समयमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल पनि नगर्दा २।७५ प्रतिशत हाराहारी रहेको भारित औसत अन्तरबैंक दर त्यसको करिब पनि रहन सकेन । पछिल्लो केही समययता भने फेरि भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशतको करिब रहेको देखिन्छ ।

तर, यसले पनि मौद्रिक नीतिको लक्ष्य कायम हुन नसकेको र अन्तरबैंक ब्याजदर निरन्तर घटेको तथा निक्षेपको ब्याजदर पनि निरन्तर घटेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमा गरेको घोषणा अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको थियो । यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । सोही अनुसार बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त ऋणपत्र जारी गर्न स्वीकृत गरेको हो ।

बजारमा लगातार अधिक तरलता बढ्दै गएको छ । केन्द्रीय बैंकले पछिल्लो ३ आर्थिक वर्षदेखि नियमित रूपमा तरलता प्रशोचन गर्दै आएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा र सोही दरलाई कटअफ दर मानेर निक्षेप संकलन उपकरण बोलकबोल पनि गर्दै आएको छ । जसले गर्दा निरन्तर अधिक तरलता हुँदा पनि अन्तरबैंक ब्याजदर निक्षेप संकलन दर २.७५ प्रतिशतको वरिपरि मात्रै रहेको देखिन्छ ।

अब केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र जारी गरेर तरलता प्रशोचन सुरु गरेपछि भने भारित औसत अन्तरबैंक दरसमेत बढ्न सक्छ । त्यसले बैंकहरूले बचतको ब्याजदर समेत बढाउने र ब्याजदरमा थप गिरावटबाट रोकिने अवस्था आउन सक्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको पुस ८ गतेको तथ्यांकअनुसार अधिक तरलता भएर बैंकहरूले राष्ट्र बैंकको निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत राष्ट्र बैंकमा जम्मा गरेको रकम ८ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ थियो । ९ पुसमा उक्त रकम ५ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ छ ।

सम्बन्धित समाचार

दोहोरो अकंले बढ्यो शेयर बजार

  काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...

नेपालगञ्जमा ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...

सुनको मुल्य बढयो

विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...

साउन १ यता बर्डफ्लु शून्य भएको विभागको दाबी

  काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...

लम्की रोगको जोखिम घटाउन विराटनगर महानगरको विशेष खोप अभियान

  विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

  विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...

विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीद्वारा उध्दार

  विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...

दोहोरो अकंले घट्यो नेप्से

  काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...

बागमतीमा एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

  हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...

अण्डाको मूल्य बढ्यो

विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...