दोहोरो अकंले बढ्यो शेयर बजार
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
विराटनगर । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ का अवसरमा विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूलाई समाजका जीवित इतिहास, अनुभवका भण्डार र मूल्य–मान्यताका मार्गदर्शकको रूपमा चित्रण गर्दै उनीहरूको योगदानकै कारण राष्ट्र सभ्य, सचेत र उत्तरदायी बन्दै गएको बताएका छन् ।
ज्येष्ठ नागरिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मेयर कोइरालाले कठिन संघर्ष, त्याग र समर्पणबाट सिंचित ज्येष्ठ नागरिकको जीवनयात्राले नयाँ पुस्तालाई कर्म, इमानदारी र धैर्यताको पाठ सिकाएको उल्लेख गरेका छन् । उनका अनुसार ज्येष्ठ नागरिकसँग रहेको अनुभव, ज्ञान र सीप विगतको स्मृति मात्र नभई वर्तमानको मार्गनिर्देशक र भविष्यको बलियो आधार हो ।
महानगरपालिकाले ज्येष्ठ नागरिकलाई बोझका रूपमा होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएको छ । ज्येष्ठ नागरिकको सुझबुझ, व्यवहारिक ज्ञान र जीवन दर्शनलाई सामाजिक विकाससँग जोड्न सके समाज अझ सुदृढ, समावेशी र न्यायपूर्ण बन्ने मेयर कोइरालाको धारणा छ ।
विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम र संरचनामार्फत उनीहरूको आत्मसम्मान, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकको अनुभव र सीपलाई समुदाय र स्थानीय विकाससँग जोड्दै उनीहरूलाई सामाजिक रुपान्तरणका साझेदारका रूपमा अघि बढाइने महानगरपालिकाले जनाएको छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ का अवसरमा मेयर कोइरालाले विराटनगर महानगरवासी सम्पूर्ण ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै उनीहरूको आशीर्वाद, अनुभव र मार्गदर्शनले विराटनगरसहित देशलाई उज्यालो भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं। बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको...
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार ८०० थान भारतीय...
विराटनगर । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ। महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन...
काठमाडौं । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण अहिले नियन्त्रणतर्फ उन्मुख भएको छ। संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा देखिएको सङ्क्रमणका कारण केही समयदेखि पन्छीपालक किसान समस्यामा परेका थिए। तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता...
विराटनगर । पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ । महानगरपालिकाको...
विराटनगर । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा...
विराटनगर । झापाको दमक नगरपालिका १ सिरपालीमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा...
विराटनगर । विराटनगरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको तत्काल हस्तक्षेपका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय...
काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.९५ अंकले बढेर २७१२.५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य...
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले बागमती प्रदेश संसदीय...
विराटनगर । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ।...
विराटनगर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२र८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१र८२ को...