विराटनगर । विराटनगर ९ स्थित इडेनवर्ग कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले सुप्रिया सिंहलाई द्वितीय घोषणा गरेको थियो । प्रतियोगितामा संजय साहलाई तृतीय र अल्ताप हुसेन सान्त्वना भए । नवोदितसहित कान्तिपुर कलेजका प्रिन्सिपल समेत रहेका आयोजक कजेका सञ्चालक भुवन नेपाल, शिक्षक वासुदेव शर्मा र शिक्षिका सीमा आचार्यसमेत सहभागी निर्णायक समितिले सबै पुरस्कृतहरुको नाम घोषणा गरेको थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले कार्यक्रमको समेत उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्णायक नवोदितले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले वक्तृत्वकलाले विद्यार्थीमा बोल्ने क्षमताको विकास गर्ने बताए । प्रतियोगिताको विषयप्रति सबै विद्यार्थीले न्याय गरेको उनको भनाइ थियो । कलेजका अध्यक्ष विष्णु दाहालले कजेलमा अध्ययनरत १३ सय विद्यार्थीमध्येबाट १७ जनाले सहभागिता जनाउनु नै जित भएको विचार राखे । अध्यक्ष दाहालले विद्यार्थीको चौतर्फी विकासका लागि कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेको बताए ।

प्रिन्सिपल दीपेन्द्रकुमार साह, संयोजक शम्भुकुमार महतो, सञ्चालक कृष्ण निरौला, संयोग पोखरेल, दिनेश पण्डितलगायतले रुची पहिचान गरी विद्यार्थीलाई अगाडि बढ्ने वातावरण कलेजले सदैव सिर्जना गर्ने गरेको प्रस्ट पारे । विजेता विद्यार्थीलाई प्रमुख अतिथि नवोदित, कलेजका अध्यक्ष विष्णु दाहाल, प्रिन्सिपल साहलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रिन्सिपल साहले कलेजले बेलाबेला कविता, वादविवाद, वक्तृत्व, हाजिरीजवाफ नृत्य, गायन, खेलकुद प्रतियोगितासहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको बताएका छन् । ।
Post Views: 175