विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब सिर्जना गरेको छ ।
प्रदेशभित्र सबैभन्दा बढी युवा झापाबाट २ हजार ५३३ जना विदेशिएका छन् भने मोरङबाट २ हजार २१२ जना बाहिरिएका छन् । त्यस्तै सुनसरीबाट १ हजार ७४८, उदयपुरबाट ८८४ र इलामबाट ६१९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् ।
पहाडी तथा हिमाली जिल्लाहरूबाट पनि उल्लेख्य संख्यामा श्रमिक बाहिरिएका छन् । खोटाङबाट ५६९, भोजपुरबाट ५६०, पाँचथरबाट ५०९, धनकुटाबाट ४५१, ओखलढुंगाबाट ३९९, संखुवासभाबाट ३९५, ताप्लेजुङबाट २८४, तेह्रथुमबाट २७३ र सोलुखुम्बुबाट २७२ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसरी उत्पादनशील उमेर समूहका युवाहरू ठूलो संख्यामा बाहिरिँदा कृषि, निर्माण तथा साना उद्योग क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुलिँदै गएको देखिन्छ ।
Post Views: 111