अमेरिकी सैन्य कारबाहीमा पक्राउ पछि मादुरोलाई न्यूयोर्क लगियो, भेनेजुएलामा अमेरिकाले शासन गर्ने

अमेरिकी सैन्य कारबाहीमा पक्राउ पछि मादुरोलाई न्यूयोर्क लगियो, भेनेजुएलामा अमेरिकाले शासन गर्ने

 राष्ट्रिय डेली

 

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको जनाएको छ। नयाँ सरकार गठन नभएसम्म भेनेजुएलाको प्रशासनिक जिम्मेवारी अमेरिकाले सम्हाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अमेरिकी सेनाले शनिबार राजधानी काराकाससहित प्रमुख शहरहरूमा लक्षित कारबाही गरेको र त्यस क्रममा मादुरो दम्पतीलाई अमेरिकी सेनाको विशेष इकाइ डेल्टा फोर्सले पक्राउ गरेको दाबी गरिएको छ। डेल्टा फोर्स अमेरिकाको प्रमुख आतंकवादविरोधी इकाइ मानिन्छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मादुरो नियन्त्रणमा रहेको फोटो सार्वजनिक गर्दै पक्राउको औपचारिक जानकारी दिएका हुन्। सार्वजनिक तस्बिरमा मादुरो हतकडीसहित देखिन्छन्। यसपछि फ्लोरिडास्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले “सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेल भेनेजुएलाको शासन अमेरिकाले सम्हाल्ने” स्पष्ट पारे।

न्यूयोर्कमा मुद्दा दायर हुने

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गरिने तयारी छ। उनीहरूमाथि लागूऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाइएको छ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समा मादुरोमाथि अमेरिका विरुद्ध ‘नार्को–आतंकवाद’, कोकिन आयात षड्यन्त्र तथा खतरनाक हतियारसम्बन्धी अभियोग रहेको उल्लेख गरेकी छन्। उनकी पत्नीमाथि लाग्ने अभियोगबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकी कारबाहीको रूस, चीन र कोलम्बियासहितका देशहरूले निन्दा गरेका छन्। रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथिको सशस्त्र आक्रमण गम्भीर चिन्ताको विषय भएको बताएको छ। कोलम्बियाले संयुक्त राष्ट्रसंघको चार्टरअनुसार एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने धारणा व्यक्त गरेको छ।

कारबाहीबाट भएको क्षति र हताहतको आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार केही स्थानमा विस्फोट र धुवाँ देखिएको थियो।

भेनेजुएलाको प्रतिक्रिया

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारले औपचारिक जानकारी नपाएको जनाउँदै दुवै जीवित रहेको प्रमाण माग गरेकी छन्। रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशभर सुरक्षा सतर्कता बढाइएको र विदेशी सैनिक उपस्थितिको विरोध गरिने चेतावनी दिएका छन्।

स्पेनी भाषामा जारी सन्देशमा उनले हालसम्मकै ठूलो आक्रमण भएको दाबी गर्दै राष्ट्रिय एकताको आह्वान गरे। “हामीमाथि आक्रमण भएको छ, तर हामी झुक्ने छैनौँ,” उनले भने।

अमेरिकी कदमले भेनेजुएलाको राजनीतिक र आर्थिक स्थायित्वमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...