साताको साहित्य : कृष्ण विश्वकर्माका तीन कविता

साताको साहित्य : कृष्ण विश्वकर्माका तीन कविता

 राष्ट्रिय डेली

भरतपुर – ११, चितवन निवासी कृष्ण विश्वकर्मा एक शसक्त युवाकविका रुपमा उदाउँदा छन् । हाल उनि संयुक्त अरब इमिरेट्स आबुधाबीमा रहँदै आएका छन् । उनले ‘भोकको लय’ कविता संग्रह, ‘अक्षरहरूको सगरमाथा’ संयुक्त गजल संग्रह र ‘इतर आवाज’ संयुक्त कविता संग्रहमा आफ्ना साहित्यिक रचनाहरू गहकिलो रुपमा प्रस्तुत गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु परेपनि नेपाली भाषा र साहित्यमा सक्रिय रुपमा कलम चलाइरहेका छन् । विश्वकर्मा सगरमाथा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष र सिर्जना वाचन डबलीका युएईका संस्थापक सदस्य समेत रहेका छन् । तिनै कृष्ण विश्वकर्माका तीन कविताहरू साताको साहित्य स्तम्भमा प्रस्तुत गरेका छौँ ।

भत्किनु

…………….

भत्किनु

नासिनु र बिग्रनु मात्रै होइन रहेछ
न हो रहेछ केवल कुरुप देखिनु

हेर्नुस् त !
कोपिलामा पुष्पदलहरू भत्केपछि
कति सुन्दर देखिन्छन हरेक फूलहरू

भत्किनु,
विलय पछिको उदय पनि त हो

जसरी,
क्रुर शासक दरबार भत्के पछि
शासित झुपडीहरूमा छाउँछन् उमङ्ग

जसरी,
भत्केपछि
‘मैँ अग्लो हुँ’ भन्ने बूढो रुखहरू
भुल्नेछन् भुइँ बुट्यानहरूले
होचो अग्लो हुनुको कुटिल भाष्य

जसरी,
भत्केपछि हरेक जातीय अहंहरू
बन्न सक्छ हरकोही बुद्धकै प्रतिबिम्व

म सोच्थें,
भत्कें भने खण्डहर भई जाउँला
भत्कें भने अश्रु दह भई जाउँला

ए छुत मान्छे !
तिम्रो विभेद र दलनले
भत्किदा भत्किदै
म त भई गएछु – ‘आगोको फूल’
………………….

छुनु

………………….

छुनु, सृष्टिको आरम्भ हुनु हो
कुनै उष्ण लाम्पुच्छ्रे ताराले नछोइदिएको भए
कहाँ आविष्कार हुन्थ्यो र यति सुन्दर पृथ्वी !

एउटा बीजले जब छुन्छ धर्तीको गर्भ
हेरिरहुँ लाग्ने बनिदिन्छ सुन्दर विरुवा

खोतल्दै खोतल्दै
कुटोले जब छुन्छ बन्जर जमीन
हराभरा सिँगारिएर मुस्कुराउँछ प्रकृति

उत्रेर खरो मन्थनमा
जब छुन्छ विचारले विचार
अन्ततः जन्मिन्छ निष्कर्षमा
एउटा शाश्वत जीवन दर्शन

कर्तव्यवोधसँगै
जब छुन्छ दिनले रात
फैलिन्छ भूगोलै भरि उज्यालै उज्यालो

छुनु – आविस्कार पनि त रहेछ ।
छुनु – अन्धकार निर्मूल हुनु पनि त रहेछ ।

ओठले छोए पछि नै हो
निस्किने – बाँसुरीबाट मीठो धुन

औंलाहरूले छोए पछि निस्किन्छन
सारंगी, तबला, हार्माेनियमहरूबाट
जीवन झुम्ने, नाँच्ने, नचाउने सरगमहरू
जीवन झुम्ने, नाँक्ने, नचाउने सुरतालहरू

जब पाइतालाहरूले छुन्छन बाटो
बाटोले मार्गप्रसस्त गरिदिन्छ – यात्रा
यात्राले तय गरिदिन्छ – जीवनको गति

छुनु – निर्वाण होइन, सृष्टि रहेछ ।
छुनु – विनिर्माण होइन, निर्माण रहेछ ।

कुनै कथा–व्यथाले
चस्स छोइदिन्छ कतै
र त मनले आँखालाई
करुणामा द्रवीभूत हुन सिकाउँछ

कुनै सुन्दर फूलले
आँखालाई सप्रेम छोइदिन्छ
र त मनले मान्छे मान्छेमै
खोजिरहन्छ फूल जस्तै सुन्दरता

छुनु – एक सिर्जनात्मक खोज पनि रहेछ ।
छुनु – उत्पत्तिको एक रुपान्तरण पनि रहेछ ।

लगाएर अहंकारको शास्त्रीय जलप
भूगोलको एक असामाजिक चेतना
लिप्तछ अझै
“नछुनूू” को जडगत अतिवादमा !!

सदियौंदेखि
भूगोलकै एक किनारा
अहंकारकै
दिग्भ्रमित व्याख्या र उपव्याख्याभित्र
बनेको छ एउटा व्याकरणीय – अपवाद !

ए बुद्धिमान मान्छे !
किनारालाई गरेर त हेर अंकमाल
बुझ्नेछौ पृथ्वी सन्तुलित अडिनुको राज
बुझ्नेछौ छुनुको तिलस्मी रुपान्तरणहरू
………………………

पसिनाको निगार

…………………………

इतिति पसिना,
अलिनो हावा र घामले लगे

इतिति पसिना,
भजाएर कर्मको शंखध्वनि
लिई गए तिर्खालु धर्महरूले

इतिति पसिना
पढाएर आदर्शको आदिम पाठ
लिई गए विचार, दर्शनहरूले

इतिति पसिना
हिँड्दा हिँड्दै
भोकाएका बाटोहरूले लगे

लिई गए
इतिति–इतिति पसिना
अग्ला अग्ला दरबारहरूले
सामन्त बन्जर जमीनहरूले
साघुरा उकाली–ओरालीहरूले
गाउँ, बेशी, शहर, सत्ताहरूले

ओहो !
हाम्रा पसिनाहरू
केवल नुनिलो मात्रै कहाँ हुँदो रहेछ र !

हुँदै हुँदै प्रशोधन
पसिनाका हाडखोरहरू
बन्दो रहेछ हजार मिष्टान्न–व्यञ्जन !
र त बन्नै नपाएको रहेछ
पसिनाको आफ्नै–छैठौं महासागर

खेर जान दिन्न अब
खेरा गएका हाम्रा पसिना

गर्छु जम्मा सबै पसिनाहरू
र, बनाउँछु पसिनाकै निगार

पिलाई दिन्छु
अलिकति पसिनाकै निगार
र, गर्न लगाउँछु
भोकलाई भोककै – उदण्ड नृत्य

पिलाई दिन्छु
अलिकति पसिनाको निगार
धर्म, विचार र दर्शनहरूलाई
र, बक्न लगाउँछु
पसिनाको हिसाब–किताब
दूधको दूध, पानीको पानी

हो, अब म
पसिनाको निगार बनाउँछु
मात्तिने गरि पिलाई दिन्छु
हरेक झुटहरूलाई
हरेक भ्रमहरूलाई

र, बक्न लगाउँछु कठघरामा
हाम्रो पसिनाको स्वर्णिम–गाथा
दूधको दूध पानीको पानी

ओ शासक !
तिमी पनि चाख्छौ कि अलिकति
हामीले बनाएको पसिनाको निगार

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...