विराटनगर ।मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा विष्णु डंगोल पुनः सर्वसम्मत चयन भएका छन्। विराटनगरमा शनिबार सम्पन्न ट्रष्टको तेस्रो वार्षिक साधारणसभाले डंगोलको नेतृत्वमा आगामी दोस्रो कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रल्हाद बस्नेत, महासचिवमा प्रवेश बानियाँ क्षेत्री, सचिवमा राजनकुमार खड्का र कोषाध्यक्षमा जितेन्द्रकुमार साह चयन भएका छन्।
यस्तै, समितिको सदस्यहरूमा राजेश व्यञ्जनकार, नरेश थापा, राजीव थापा, दीपेन थापामगर, कृष्णबहादुर राई, सुभाष घिमिरे, राजनराज बाँना र ज्योति कुमारी महतो रहेका छन्।
नवनिर्वाचित अध्यक्ष डंगोलले आफ्नो अघिल्लो कार्यकालका अनुभवलाई समेट्दै आगामी दिनमा मिल्स गोल्डकपलाई थप उचाइमा पुर्याउने र फुटबल खेलको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Post Views: 242