ओली–लेखक पक्राउप्रति कोशी प्रदेशसभामा विरोध

ओली–लेखक पक्राउप्रति कोशी प्रदेशसभामा विरोध

 राष्ट्रिय डेली

 

विराटनगर । कोशी प्रदेशसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति तीव्र असन्तुष्टि व्यक्त भएको छ। प्रदेशसभाका सांसदहरूले दुवै नेताको तत्काल रिहाइको माग गर्दै घटनालाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्।

भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका ओली र लेखकको विषय आइतबारको बैठकमा प्रमुख एजेन्डा बन्यो। शून्य समयमा बोल्दै विभिन्न दलका सांसदहरूले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै गरिएको धरपकडले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको टिप्पणी गरे।

सांसदहरू डोल्मा तामाङ, सिर्जना राई, किशोरचन्द्र दुलाल, मीना श्रेष्ठ, गीतादेवी रेग्मी, खगेश्वरी पौडेल र होमबहादुर थापाले अनुसन्धानको नाममा राजनीतिक पूर्वाग्रह देखिएको आरोप लगाउँदै पक्राउ परेका नेताहरूको अविलम्ब रिहाइको माग गरे। उनीहरूले फरक विचार राख्ने नेतामाथि लक्षित कारबाहीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी पनि दिए।

उक्त घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनप्रति समेत सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रतिवेदन पूर्वाग्रही र एकपक्षीय रहेको उनीहरूको दाबी छ।

विशेष समय लिएर बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले राजनीतिक नेतृत्वमाथिको गिरफ्तारीलाई ‘अस्वीकार्य’ भन्दै विगतमा यस्ता संवेदनशील विषयहरूलाई दलहरूले संवादमार्फत समाधान गर्दै आएको स्मरण गराए। उनले छानबिन प्रतिवेदनले परिस्थितिलाई शान्त पार्नेभन्दा थप द्वन्द्व निम्त्याउने जोखिम बढाएको टिप्पणी गरे।

प्रदेशसभामा उठेको यो आवाजले केन्द्र सरकारको पछिल्लो कदमप्रति राजनीतिक वृत्तमा बढ्दो असन्तोषलाई संकेत गरेको छ। सांसदहरूले सरकारलाई संयमता अपनाउन र संवेदनशील विषयमा संवादमार्फत निकास खोज्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...