साताको साहित्य : रोशन परियारका तीन कविता

साताको साहित्य : रोशन परियारका तीन कविता

 राष्ट्रिय डेली

पाख्रिबास नगरपालिका – ४ धनकुटाका रोशन परियारले छोटो समयमा एक शसक्त कविको परिचय बनाएका छन् । ‘सियोको दुरविन’ कविता सङ्ग्रह प्रकाशन गरिसकेका परियार पाख्रिबास कला साहित्य समाजमा समेत आबद्ध छन् । वि.स. २०७२ सालदेखि नेपाली कला र साहित्यको क्षेत्रमा चिनिएका परियारले छोटो समयमा युवाहरूमाझमा लोकप्रियता कमाएका हुन् । मोफसलमा कलम चलाइरहेका परियारले ‘सियोको दुरविन’ कविता सङ्ग्रह मार्फत नेपाली कविताको क्षेत्रमा गहकिलो छाप छाडेका छन् । उनै परियारका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

…………………

पाठ

कैंची जस्तो मन बनाउनु
काटी रहन्छ, टुक्राई रहन्छ

सियोमा गुलाफ बेर्नु
चोटै चोटको धागो उन्नु
अनि
उध्रेको जिन्दगीलाई
धैर्यताको कलमा राखेर
बिस्तारै – बिस्तारै सिलाउँदै जानु

दुखाईहरू मीठा हुन्छन
दुख्न थाले पछि !!
………………..

एक्ली आमा

आमा एक्लिए पछि
गोठु गाईले आँखा तर्न थाल्यो
आँखामा कसिङ्गर पर्न थाल्यो
पैतला सम्म जिन्दगी झर्न थाल्यो
अनि रहरहरूले बसाँई सर्न थालेको हो

आमा एक्लिए पछि
कुप्रिएको डउँठे निगुरोले पनि मुन्टो उठाउन खोजेको हो
तिते करेला र फर्सीका मुन्टाहरूले बार नाघ्न खोजेको हो
अभावले नगद भन्दा ज्यादा बाँकी माग्न खोजेको हो
नाम्लोले डोको भन्दा ज्यादा घाँटी बाँध्न खोजेको हो

जब चिसो हिउँ खस्छ आमा खुशी हुन्छिन
किनकी बर्ष भरी चिसिएको मन
हिउँ सँग मिसाउँछिन
र भन्न चाहिँ जाडोले कठ्याङग्रिएको नि भन्छिन
तात्न त मजेत्रोले मन के पो तातिन्थ्यो होला र

जब बाक्लो बादलले ढाक्छ आमा खुशी हुन्छिन
किनकी बर्ष भरी लागेको डर
बादल सँग मिसाउँछिन्
र भन्न चाहिँ अँध्यारोले आङ फुलेको नि भन्छिन्
दिन त अभरले डर भन्दा अरु के पो दिन्थ्यो होला र

जब बेस्सरी हुरी चल्छ आमा मुस्कुराउँछिन
किनकी बर्ष भरीको थकान
हुरी सँग मिसाउँछिन्
र भन्न चाहिँ खुई काढेको नि भन्छिन
दिन त कामले आराम कैले पो दिन्थ्यो होला र

जब ठूलो चट्याङ पर्छ आमा मुस्कुराउँछिन
किनकी बर्ष भरी उठेको रिस
चट्याङ सँग मिसाउँछिन्
र भन्न चाहिँ दाँत दुखेर दाह्रा किटेको नि भन्छिन
गर्न त कसले पो मायाले रिस गथ्र्याे होला र

जब मुसलधारे पानी पर्छ आमा हाँसी दिन्छिन
किनकी बर्ष भरी थामिएको आँशु
पानी सँग मिसाउँछिन
र भन्न चाहिँ आँखा पोलेर पानी झरेको नि भन्छिन
चिन्न त हाँसोले आँशु कहाँ पो चिन्थ्यो होला र

आमाले नउठाए सम्म रवी उठ्दै – उठ्दैन,
उदाउँदै – उदाउँदैन
आमाले नसुताए सम्म चाँदनी सुत्दै – सुत्दिनन,
निदाउँदै – निदाउँदिनन

तिर्खाएका ताराहरुले आमाको पसिना पिउँछन् र अघाउँछन
निदाएका नदिहरुले आमाको तिर्खा सम्झिन्छन् र ब्युँझिन्छन

आमा एक्लिए पछि
संसारको मुखले लाज बेचेको भन्छ, चरित्र हिन् भन्छ
तर
सन्तानको मुखले अनाज किनेको भन्छ, पवित्र छिन् भन्छ

आमा एक्लिनु भनेको
पृथ्वीको कक्षमा सूर्य घुम्नु हो
आमाको विपक्षमा दुनियाँ झुम्नु हो

आमा एक्लिनु भनेको
आमाकै साथीले सौता ठान्नु पनि हो
आमाकै दुश्मनले देउता मान्नु पनि हो

आमा सुत्नु भनेको एउटा युग बितेर जानु हो
आमा उठ्नु भनेको एउटा युद्ध जितेर आउनु हो

आमा हिड्नु भनेको बाटो भेटिनु हो
आमा कुद्नु भनेको बतास मोडिनु हो
आमा उड्नु भनेको आकाश होचिनु हो
आकाश होचिनु भनेको आमा अग्लिनु हो
आमा अग्लिनु भनेको देश अग्लिनु हो ।।

………………..
नोकर

ढुङ्गामा ठोकियो कि सिसाले काट्यो
रगतका पाइला टैक्दै छोरो आएको छ
आँशुको औषधी बनाएर घाउ सफा गरिदिदै छु
गाउँको गोरेटो खुल्लै छ तर नेपालको बाटो बन्द छ
छोराको खुट्टा भन्दा धेरै मेरो कलेजो चोक्टिएको छ
कलेजो कै छेऊ च्यातेर घाउमा पट्टि बाँधि दिएको छु
हिक्क हिक्क गर्दै छोराको खबर सुनाएर
फोन राखिन
जति बेला मालिकको जुत्ता पालिस गर्दै थिएँ म
मन लाग्यो कि आँशुको मलमलले अझै टल्काई दिउँ

पापी हुन् ति अपराधी हुन्
यस्ती नाबालक छोरीको शरिर लुछेर
आफ्नो प्यास मेट्ने भोका कुकुरहरु
यति बोल्ने बित्तिकै फोन काटियो
जति बेला मालिकको घरमा पालिएको छाउरी कुकुरको अंगरक्षक भएर बसेको थिएँ म
मन लाग्यो कि
छाउरी कुकुरलाई छुने पापी बतासलाई पनि रोकिदिउँ

लट्टा परेका कपाल भित्र काँइयो छिर्दैन
सेउती खोलाको किनारमा साबुन पाइदैन
गुन्यु बेरेर नुहाउँदा घाम लजाउँछ
मेरो राजा म के गरुँ ?
मैले जवाफ दिन सकिन
जति बेला मालिक्नी साइबाको जुठो पेटिकोटमा साबुन दल्दै थिएँ म
मन लाग्यो कि पेटिकोटको इजारमा एउटा कहिल्यै नफूक्ने दरिलो गाँठो बाँधिदिउँ

ए राजा
सुन्नु न
छानो चुहिएर अगेनो चिसो भो
हुरीले झ्यापझुप्पै टुकी पनि निभाइदियो
वस्तिमा कोलाहल मच्चिएको छ
दुई जिउकी गोठु लाई कता सार्नु
सुत्केरी मने की आमालाई कहाँ लैजानु
ओथारा बसेकी डिम्बाकी माउको खोर भत्कियो
बाहाँ कसेका जुइनाहरु चुँडिन थाले
हामी के गरौं ?? कहाँ जाऔं ??

चट्याङ पड्केको आवाज आयो
फोन च्वाट्टै काटियो
मन च्यातिएर टाल्नै नमिल्ने गरी धुजा धुजा भयो
जति बेला मालिकको बैठक कोठामा
देशको सिङ्गो नक्शा टाँस्दै थिएँ म
मालिकले ईशारा गर्दै काँटी ठोक्न लगाउनु भो
मैले होशियारीका साथ काँटी भसाई दिएँ
जहाँ काँटी पूरै भासियो
हो त्यहीँ नेर मेरो घर थियो ।।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...