खेलकुदमार्फत युरोपमा रहेका नेपालीबीच भाइचारा बढाउने उद्देश्य छ

खेलकुदमार्फत युरोपमा रहेका नेपालीबीच भाइचारा बढाउने उद्देश्य छ

 राष्ट्रिय डेली

पासङ शेर्पा (अंग)
सल्लाहकार, नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)
पासङ शेर्पा (अंग) नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को सल्लाहकार हुनुहुन्छ । युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले संघ स्थापना गरिएको उहाँको भनाइ छ । खेलकुदले मान्छेका मन र मुटुलाई जोड्ने शेर्पाको भनाइ छ । विगत एक दशकभन्दा लामो समयदेखि अष्ट्रियाको तिरोलमा पर्यटन व्यवसाय गरेर बस्नुहुने सल्लाहकार शेर्पा संघको साधारणसभा गरेर छिट्टै नयाँ कार्यसमिति चयन गर्ने बताउनुहुन्छ । संघले खेलकुदसँगै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समेत प्रचारप्रसार गर्ने उद्देश्य रहेको बताउनु हुने सल्लाहकार शेर्पासँग संघले गरिरहेको कार्यलगायतका विषयमा केन्द्रित रहेर पत्रकार मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

नेपाली युरोपियन खेलकुद संघ (एनइएससी) अहिले के गर्दैछ ?
आदरणीय दाइ दिलकुमार घमालको नेतृत्वमा हामीले यो संघलाई गठन गरेका थियौं । संघलाई यहाँसम्म ल्याइपु¥याउन उहाँको धेरै नै ठूलो योगदान छ । अब हामी छिट्टै नै संघको साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गर्नेछौं । त्यसका लागि हामीले युरोपभरि रहनु भएका खेलप्रेमीलाई संघमा आबद्ध गराउने कोसिस गर्नेछौं । खेलकुदले राजनीतिले विभाजित भएको मन र मुटुलाई जोड्छ । खेल भनेको यस्तो क्षेत्र रहेछ जहाँ देशको कुनै सीमित हुँदैन, न त धनी, न त गरिब, न त धर्म, जात केहीको बन्देज हुँदैन । त्यसो भएकाले पनि यो पवित्र संस्थामार्फत हामीले युरोपमा रहेका नेपालीलाई जोड्ने प्रयत्न गरिरहेका छौं ।

नयाँ कार्यसमिति गठन गर्न किन आवश्यक पर्यो ?
कुनै पनि संस्थालाई चलायमान र लोकतान्त्रिक पद्धतिबाट सञ्चालन गर्न त्यसको साधारणसभा गर्नुपर्छ । अब हामी छिट्टै नै साधारणसभा गरेर नयाँ समिति बनाउँछौं । अहिलेसम्म संघले गरेका कार्यहरु साधारणसभामार्फत हामी सबैलाई जानकारी गराउनेछौं । नयाँ कार्यसमितिमा नयाँ र पुराना सबैलाई समेटेर चुस्त र दुरुस्त बनाउँछौं । जसले वास्तवमै यो संघलाई माया गर्नुहुन्छ उहाँहरुलाई समेट्छौं । यो संस्थामा राजनीति हुँदैन । हामी विशुद्ध खेलका मात्रै अझ भलिबल खेलको मात्रै कुरा गर्छौं । त्यसमै काम गर्छौं । अघि पनि मैले पनि राजनीतिले मान्छेका मन र मुटुलाई टुक्रा–टुक्रा पार्छ । तर, खेल क्षेत्रले टुक्रिएका मन र मुटुलाई पनि जोड्छ । यो त तपाईंहरुले पनि महसुस गरिरहनु भएको छ ।

तपाईंहरुले भलिबल प्रतियोगिता पनि गर्नुभयो, कस्तो भयो नि ?
हामीले भलिबल प्रतियोगिता गयौं। तर, केही व्यक्तिका कारण हामीले सोचेजस्तो हुन सकेन । तर अब छिट्टै नयाँ कार्यसमिति गठन गरेर भव्य र सभ्य रुपमा प्रतियोगिता गर्छौैं । यो प्रतियोगितामा युरोपमा रहेका विभिन्न देशमा बसोबास गर्ने नेपाली खेलाडी साथीहरुलाई सहभागी गराउने छौं ।

पहिलो प्रतियोगिता गर्दाका अनुभव कस्तो रह्यो ?
स्वभाविक रुपमा पहिलोपटक प्रतियोगिता गरेका कारण केही हामीबाट कमीकमजोर पक्कै भयो होला । त्यसलाई आगामी प्रतियोगितामा सुधार गर्नेछौं । हामी पनि मान्छे हौं, काम गर्दै जाँदा केही सानातिना कमजोरी भइहाल्छन् । तर, यो प्रतियोगिता गर्न धेरैको साथ र सहयोग पाएका थियौं । जस्तो कि पासाङ शेर्पा, सुनिल सुनार, खेम विक, देवता घमाल, राजु विक, देवी घमाल, लेवोन घमाल, रमेश थापा, प्रेम रसेइली, रुद्रा विक, अशोक गौतम, राम विश्वकर्मा, आन्जी एबेर्ल, विकास कार्की, मोमोनेस, शिवा खड्का, किरण श्रेष्ठ, ओमप्रकाश मगर, सुरेश क्षेत्री, दीपक क्षेत्री, दिलीप बारतौला, रुदी बाउर, रिन्जी लामा, प्रभातमान शेरचन र दबिन गुरुङको साथ र सहयोगलाई भुल्नै सकिँदैन । उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरुकै कारण हामीले प्रतियोगिता गर्न सक्यौं । आगामी दिनमा पनि उहाँहरुको साथ र सहयोग पाउने अपेक्षा राखेका छौं ।

खेलकुद मात्रै हो कि अन्य पनि उद्देश्य छन् संघका ?
नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को सबैभन्दा ठूलो उद्देश्य भनेको भाइचारा अभिवृद्धि गर्ने र स्वास्थ्यप्रति आमनागरिकलाई सचेतना जगाउने हो । अहिले भाइचारा हराउँदै गएको छ । एउटा नेपालीसँग अर्को नेपाली नबोल्ने अवस्था छ । हाम्रो उद्देश्य भनेको सबै नेपालीलाई खेलकुदका माध्यमबाट एउटै सूत्रमा जोड्ने हो । अझ भनौं संघ एउटा धागो हो यो धागोले खेलकुदको सियोले नेपाली रुपी फूललाई जोडेर एउटै माला बनाउने हो । हाम्रो यो अभियान पनि हो ।

विदेशमा बस्ने नेपालीहरूमा पनि राजनीति हुन्छ भन्छन्, यसमा पनि होला नि त ?
तपाईंले सही कुरा उठाउनु भयो । अहिले हरेक क्षेत्रमा राजनीति हाबी भएको छ । विदेशमा बस्ने नेपालीहरू चारजना भए भने संस्था खोल्नै पर्ने र त्यहाँ राजनीति गर्नैपर्छ भन्ने सोचाइ छ । यसलाई चिर्नका लागि हामीले एनइएससी खोलेका हौं । यसमा आबद्ध हुन जात, धर्म, सम्प्रदाय, विचारभन्दा माथि हुनुपर्छ । यसमा हामी राजनीति हुन दिंदैनौं । तपाईंले भनेजस्तै गैरआवासीय नेपालीहरूमा राजनीति हुने गरेको छ । राजनीति नगर्ने व्यक्तिचाहिं संस्थामा आबद्ध नहुने । विचार आफ्नो ठाउँमा छ । तर, विदेशमा बस्ने अनि राजनीतिका नाममा नेपाली–नेपाली झगडा गर्ने र बोलचाल पनि नगर्ने अवस्था छ । यस्तो परिस्थितिलाई खेलकुदले मात्रै चिर्छ भन्ने हाम्रो ठम्याइ छ । यो संस्थामा राजनीतिको ‘र’ पनि हुन दिंदैनौं ।

अबको प्रतियोगिता कहिले गर्दै हुनुहुन्छ ?
संघ स्थापना भएको दुई वर्ष पुगिसकेको छ । कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हो । अब छिट्टै नयाँ कार्यसमिति बनाउँछौं । समितिमा बस्न चाहने महानुभावले सम्पर्क गर्न पनि म अपिल गर्दछु । पहिला नयाँ कार्यसमिति गठन गर्छौैं अनि प्रतियोगिता गर्छौैं । यसपटक तिरोलमा भव्यताका साथ प्रतियोगिता गर्ने योजना बनाइरहेका छौं । यहाँसम्म हाम्रो योजनालाई सफल बनाउन सबैको साथ र सहयोग पाउनेछौं भन्ने आशा लिएका छौं ।

सम्बन्धित समाचार

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको...

ग्रामथानमा पत्रकार धम्क्याइएको घटनामा छानबिन माग

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलनका क्रममा पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति विरोध जनाउँदै पत्रकारहरूले प्रशासनसमक्ष छानबिनको माग गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र...

सामान्य अंकले घट्यो शेयर बजार

विराटनगर । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको...

विराटनगर जेसीजद्वारा “टुगेदर फर अटिजम” कार्यक्रम सम्पन्न

  विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल उद्देश्यका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम अपाङ्गता पनि समाजको एक अभिन्न अङ्ग भएकोले अटिजम भएका व्यक्तिहरूले...

लालीबजार फिल्म रोकिएपछि माइतीघरमा उत्रिए चलचित्रकर्मी

  काठमाडौं । लालीबजारको प्रदर्शन रोक्ने उच्च अदालत पाटनको अन्तरिम आदेशविरुद्ध चलचित्रकर्मीहरू माइतीघर मण्डलामा सडकमा उत्रिएका छन्। वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई अदालतले सुनुवाइ नसकिँदासम्म प्रदर्शन नगर्न आदेश दिएपछि निर्माण टिम र...

दोहोरो अंकले घट्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको...

अन्तरप्रदेश यातायात भाडा पुनः ५ प्रतिशतले वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव सार्वजनिक यातायातमा परेको छ । सरकारले अन्तरप्रदेश सार्वजनिक सवारी तथा मालवाहक सवारीको भाडादर पुनः बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार स्वचालित ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडादर समायोजन...

प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ७ सयले बढेको हो । महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ५ सयमा...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

  काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु...

कोशी प्रदेशबाट एक महिनामै ११ हजारभन्दा बढी युवा विदेशिए

  विराटनगर । कोशी प्रदेशबाट मात्रै एक महिनाको अवधिमा ११ हजार ७०८ युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशका १४ जिल्लाबाट निरन्तर रूपमा भइरहेको यो बाहिरिने दरले श्रम बजार मात्र होइन, उत्पादनमुखी अर्थतन्त्रमै गम्भीर दबाब...

वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छः प्रधानमन्त्री बालेन

विराटनगर। प्रधानमन्त्री बालेन शाहले देशभर रहेका लाखौं सुकुमवासीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर व्यवस्थित समाधान अघि बढाइने स्पष्ट पारेका छन्। हाल सरकारद्वारा काठमाडौंका विभिन्न सुकुमवासी बस्तीहरू...

प्रतितोला २ हजार २ सयले घट्यो सुनको मूल्य

  विराटनगर। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार २ सयले घटेको हो । महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ७ सयमा...