विराटनगर । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलले लक्की ड्रमार्फत १०५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा १० प्रतिशत देखी शत प्रतिशत छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयले विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष राहत पुग्ने उद्देश्यले पारदर्शी ढंगबाट लक्की ड्र कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम सार्वजनिक गरिनुका साथै उनीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो ।
विद्यालयले डीएसटीआई मोडलमा आधारित प्रविधिमैत्री पठनपाठन प्रणाली अपनाउँदै आएको छ । यस मोडलमार्फत विद्यार्थीको व्यवहारिक ज्ञान, सिर्जनात्मकता र विश्लेषणात्मक क्षमतामा वृद्धि गर्ने लक्ष्य लिइएको विद्यालय प्रशासनको भनाइ छ ।
यसै अवसरमा प्ले ग्रुपदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षाफलसमेत सार्वजनिक गरिएको थियो । कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक सीएम श्रेष्ठ, प्रिन्सिपल विजय डाँगी, को–अर्डिनेटर नारायण स्वर्णाकार तथा शिक्षक दिनेश ढकाललगायतले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
संस्थापक श्रेष्ठले छात्रवृत्ति कार्यक्रमले अभिभावकको आर्थिक भार कम गर्नुका साथै मेधावी तथा आवश्यकता भएका विद्यार्थीलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । “विद्यालयले शिक्षाको गुणस्तर मात्र होइन, पहुँच र अवसरलाई समेत समान रूपमा महत्व दिएको उनले बताएका छन् ।
Post Views: 189